Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

अप्प: दिपो भब: ( आफ्नो दियो आफै बनौ )

By सानु घिमिरे, अस्ट्रेलिया

युद्धले  ग्रस्त संसारमा
शांतिको  दियो  उचालेर
तिमीले  सिकाएको  अंहिसाको पाठ
तिमीले  देखाएको  प्रेमको  मार्ग
र  ब्यूझाउन  खोजेको
मान्छे  भित्रको  बुद्दत्व
तिम्रो  शालीन  मुद्राको  परम  सन्देश
अप्प:  दिपो  भब:
भौतिक  उन्नतिले  उन्मत्त  मान्छे
बिलाशिताले  रंगिएको   मान्छे
बेचैन  मनसंग  टुक्रिरहन्छ
तिमीले गरेको   प्रार्थना
आऊ  एकैछिन   आफैलाई  खोजौ
मनको  बिज्ञानमा  आफूलाई  प्रयोग  गरौ
अप्प:  दिपो  भब:
मोक्षको लागि  छटपटिएको  आत्मा
प्रेमको लागि  तडपिएको  मन
नि:शर्त  प्रेमको  सरिता  बगाऊ
आफू  भिजौ  अरुलाई   भिजाऔं
दुखका  कारणहरुको  फेहरिस्तमा
असीमित  चाहनाको  गुलाम  नबन
ज्ञान  मुद्रामा  शान्त  तिमी
तिम्रा  स्थिर  चक्षुहरुको  मौन  भाका
अप्प:  दिपो  भब:
मूर्ति  पूजाका  बिरोधी  तिमी
आफै  भित्रको  भगवान  पूज   भन्छौ
धार्मिकताको  सन्देश  दिदै
तिमी अनन्त मुक्तिको  बाटो  देखाउँछौ
म  सारा  पाखण्डको  बिरोध  गर्दै
तिम्रो  शुद्धताको  वकालत  गर्छु
तिम्रो पदचाप  पहिल्याउन  खोज्छु
शान्तिका दूत ए गौतम  बुद्ध !
मनका बैज्ञानिक ए महा आत्मा !
तिमीले  दिएको  स्वर्णिम सूत्र
तिमीले दिएको अंतिम  मन्त्र
म दोहोर्याई रहन्छु
अप्प:  दिपो  भब:
अप्प:  दिपो  भब:

No comments: