Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

उत्तर अमेरिकामा कपिलवस्तु दिवस भव्यरुपमा सफल

श्रोत: भानु पौड्याल, क्यानडा
उत्तर अमेरिकामा रहेका राष्ट्रभक्त नेपालीहरु र शान्ती, सामाजिक न्याय र उत्पदनका साधनहरुको समानुपातिक बितरणको चाहना राख्नेहरुले कपिलवस्तु दिवस भव्य रुपमा सफल पारेका छन। प्रत्येक कार्यक्रमहरुमा सहभागीहरुको समानता , शान्ति, राष्ट्रिय अक्षुणताको चाहना प्रष्ट रुपमा झल्किएको थियो।
बिस्तारित टोरोन्टो क्षेत्रका नेपालीहरुले यो कार्यक्रम दुई चरणमा सम्पन्न गरेका थिए। पहिलो चरणमा नोभेम्वर २९ तरीखमा बिभिन्न चर्च तथा मठ मन्दिरमा गइ पर्चा बितरण गरिएको थियो भने दोस्रो चरणमा डिसेम्बर १ तारिखका दिन ब्राम्टन र मिसासागामा रहेका बुद्ध मन्दिरहरुमा भिक्षुहरुलाई भेटेर पर्चा बितरण गर्ने र अन्तरकृया गर्ने कार्यक्रम भएको थियो।
मिसासागाको मन्दिरमाको अन्तरकृया कार्यक्रमको अध्यक्षता संबिधान सभाका सभासद भिक्षु आनन्दले गर्नु भएको थियो। अध्यक्षको आसनबाट भिक्षु आनन्दले बिदेशमा रहेका नेपालीहरुले यति महत्वपूर्ण कार्यक्रम गरेकोमा खुसी ब्यक्त गर्नु भयो। सभासद आनन्दले कपिलबस्तु र साक्यमुनी बुद्धलाई अन्तरराष्ट्रिय रुपमा अझ बढी चिनाउन सरकार र कुटनैतिक निकायहरुले दर्बिलो भूमिका खेल्नुपर्ने कुरा औंल्याउंदै यस्ता कार्यक्रम स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु र सरकारी निकायहरुले एकिकृतरुपमा सन्चालन गर्नु आवश्यक भएको कुरा दर्शाउनु भयो। कार्यक्रमका अन्य बक्ताहरुमा PNEFA का महासचिव चन्द्र राई, सुवास बि क, गोविन्द शिवाकोटी र झलक पौडेल हुनुहुन्थ्यो।
यसैगरी PNEFA का अध्यक्ष अवि शर्माको संचालनमा नोवेम्वर २९ तारिखमा भेनकुवरमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो। ऊक्त कार्यक्रममा उपस्थित सबैले छलफलमा सकृय रुपमा सहभागी हुंदै बुद्ध र कपिलवस्तु सम्ब्धमा जानकारी आदान प्रदान गरेका थिए। कार्यक्रमका निचोडहरु सन्जय रेग्मीले लिपिबद्ध गर्नु भएको थियो। भेनकुभरको कार्यक्रमको निचोड र तय गरेका आगामी योजनाहरु निम्न प्रकारका छन:
निचोडहरु
१.       बुद्ध नेपाली राष्ट्रिय एकताका धेरै प्रतिकहरुमध्ये प्रमुख एक हुन सक्दछन।
२.      कपिलवस्तु दिवसलाई एक गैह्र राजनैतिक बिषयको रुपमा अगाडि बढाइनु पर्दछ।
३.      कपिलवस्तु र बुद्धको बारेमा अनुसन्धानहरुलाई निरन्तर अगाडि बढाईनु पर्दछ।
४.      कपिलवस्तु दिवसलाई विश्व भरिका नेपालीहरुको माझमा अझ भव्यताका रुपमा एकिकृत रुपमा मनाइनु पर्दछ।
५.     कपिलवस्तु दिवसको निरन्तरता र एकिकृत कार्यक्रमका लागि  एउट गैह्रनाफा मूलक संस्थाको आवश्यकता छ।
कार्ययोजना
  • भेनकुवर भरिका मठ, मन्दीर र गुम्वाहरुमा पर्चा बितरण गर्ने।
  • बुद्ध जयन्तिमा बढीभन्दा बढी कोठे बैठकहरु गर्ने।
  • नया बर्षको भोजमा बुद्ध र कपिलवस्तुसम्बन्धी निबन्ध तथा बक्तृत्वकला प्रतियगिताहरु आयोजना गर्न स्थानिय समुदायीक संस्थाहरुलाई अनुरोध गर्ने।
  • डिसेम्बर १ मा घर घरमा दिपावली गर्न सथीहरुमा सचेतनता जगाउने।
  • कपिलवस्तु दिवसको facebook मा सदस्य बन्ने।
नोवेम्बर २९ कै दिन थ्राङ्गु वज्र विद्या बौद्ध संघ गुम्बा भेनकुवरमा लामा पेमाले कपिलवस्तु र लुम्बिनिको बारेमा विशेष प्रवचन दिनुभएको छ।
ब्रिटिस कोलम्विया विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनले अध्यक्ष  उमेश फुयाल, एलिस पौडेल र कुसुम पौडेलको सकृयतामा बिभिन्न ठाउंमा कपिलवस्तु र बुद्धसम्वन्धी जानकारीमूलक पर्चा बितरण गर्ने तथा पोस्टर टांस्ने काम गरेका छन। त्यसैगरी नित्यानन्द खनाल, वहांको परिवार र साथीहरुको सकृयतामा सास्केटुन शहरमा विश्वविद्यालय कलेज तथा शहरका बिभिन्न शैक्षिक निकायहरुमा पर्चा बितरण र पोस्टर टांस्ने काम गरेका
छन।
होमराज आचार्यको सकृयतामा वासिङ्टन डि सि मा र राजेन्द्र न्यौपानेको सकृयतामा विक्टोरिया, ब्रिटिस कोलम्बियामा अन्तरकृया कार्यक्रम हुनेकुरा जानकारीमा आएको भए पनि बिस्तृत बिवरण आउन बांकी नै छ।
कार्यक्रमका फोटोहरुको लागि यहाँ क्लिक गर्नु होस ।
Published links:
http://nepalisamachar.com/?p=5806
http://nepalarab.com/news_view.php?id=4038
http://www.gorkhaonline.net/news.php?cid=2066
http://www.dcnepal.me/news_prabasi.php?nid=9878

No comments: