Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, May 19, 2011

राष्ट्रसंघ महासचिव मुनसंगै बुद्व जयन्ती मनाइयो


न्युयोर्क, जेष्ठ ५ - २५५५ औं बुद्व जयन्ती सयुक्त राष्ट्र संघको महासभा कक्षमा मनाइएको छ । सन २००० देखि हरेक बर्ष बुद्व जयन्तीको अवसरमा राष्ट्र संघको महासभा कक्षमा कार्यक्रम आयोजना हुँदै आएको छ । यसपटकको कार्यक्रम, राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले गरेको थियो । कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अथिती थिए । विभिन्न देशबाट आएका सयौं बौद्व भिक्षु एवं भिक्षुणीहरुले सामूहिक बुद्व प्राथना र बन्दना संगैं कार्यक्रम संचालन गरिएको थियो ।
बुद्व जयन्तीलाई सम्बोधन गर्दै महासचिव मुनले तीन बर्ष नेपाल भ्रमणको क्रममा आफू बुद्व को जन्मस्थल लुम्बिनी पुगेको स्मरण गर्दै भने ‘शान्ति र मानवअधिकारको सम्बन्धमा राष्ट्र संघ र बुद्वको सिद्वान्त समानता छ ।’
कार्यक्रमलाई नेपाली स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले बुद्वको जन्मस्थल लुम्बिनीको संरक्षण र प्रर्वद्वनका लागि नेपाल सरकारको तत्परता उल्लेख गरेका थिए । भारतीय राजदुत हरिदिप सिंह पुरीले बुद्वको जन्मस्थलबारे केहि नबोलेपनि बुद्वले भारतमा ज्ञान प्राप्त गरेको एवम बुद्व दर्शन सम्बन्धी तिर्थ स्थलहरु भारतमा रहेकोले उपस्थित सबैलाई भारत भ्रमणको निम्तो दिएका थिए । कार्यक्रममा आयोजक राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगका राजदुत डा पालिथा टि भी खोनाले पनि बोलेका थिए ।
@ekantipur

No comments: