Posted by Ram Kumar Shrestha on May 22, 2011

ताइपेई ताइवानबाट डा. हरिकुमार श्रेष्ठ मे २२ २०११ । मे १५ २०११ का दिन कपिलबस्तु दिवस अभियान रास्ट्रिय कार्य समिति र ताइवानबासी नेपालीहरुको आयोजनामा ताइपपेई सिटी ङिङ्गमापा ओग्यन धर्म केन्द्र सिङ्गलोङ्ग ताइपेईमा गै बुद्ध धर्म परम्पराअनुसार २५५५ औं बुद्ध जयन्ति मनाए । कार्यक्रममा बौद्धधर्मावलम्वी र शुभेच्छुकहरुको उपस्थिती थियो । नेपाली ताइवानी र इण्डोनेशियनहरु सहभागी उक्त कार्यक्रममा लामा गुरु भेन खेम्पो ङवाङ् राब्गा रिम्पोचेबाट तिब्बेतीयन भाषामा धर्मग्रन्थ वाचन गरी नेपाली र चिनीया भाषामा पनि उल्था गर्नु भएको थियो ।उक्त कार्यक्रममा विशेषरुपमा श्री सोनाम शेर्पा श्री कसा्रंग लामा श्री िमंगमा शेर्पा फूर्वा शेर्पा लगायत अन्य साथीहरुको योगदान पनि विशेष रह्यो भने कार्यक्रममा लागेको खर्चमध्ये श्री सोनाम शेर्पा र श्री कसा्रंग लामाबाट क्रमशः प्रसादको लागि लाग्ने खर्च ताइवान डलर ३०००.०० र छेमी बत्तिको लागि लाग्ने खर्च ताइवान डलर २०००.०० पनि सहयोग गर्नु भएको थियो । कार्यक्रममा फलफूल, मथेको चियाको साथै अन्य हल्का खाने परिकार पनि उपलब्ध गराइएको
थियो । कार्यक्रममा सहभागीहरुबाट विभिन्न जिज्ञासाहरु पनि राखिएको थियो । जसमध्ये बुद्धको जन्मस्थान लुम्बिनी नेपालको बारेमा पनि कुरा उठाइएको थियो । गुरुबाट बुद्धको जन्मस्थान नेपाल नै भएकोले कसैले भ्रामक प्रचार प्रसार गर्दैमा त्यो सफल हुनेछैन भन्नुभयो ।

थियो । कार्यक्रममा सहभागीहरुबाट विभिन्न जिज्ञासाहरु पनि राखिएको थियो । जसमध्ये बुद्धको जन्मस्थान लुम्बिनी नेपालको बारेमा पनि कुरा उठाइएको थियो । गुरुबाट बुद्धको जन्मस्थान नेपाल नै भएकोले कसैले भ्रामक प्रचार प्रसार गर्दैमा त्यो सफल हुनेछैन भन्नुभयो ।कार्यक्रम सकिएपछि गुरुबाट त्यहां उपस्थित सबैजनालाई खाता लगाइ दिनु भै धन्यवाद ज्ञापन गर्नुभएको थियो भने आयोजक तथा सहभागीको तर्फबाट डा. श्रेष्ठबाट पनि गुरु त्यस धर्म केन्द्रका अध्यक्ष र टीम अनि अरु सहभागीलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो ।
No comments:
Post a Comment