Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, May 17, 2011

भेनकुवरमा २५५५ सौं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न

युथ फ्रेण्डली सेन्टर भेनकुवर र कपिलवस्तु दिवस विश्व अभियानको आयोजनामा भेनकुवरमा २५५५ सौं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न भएको छ। युथ फ्रेण्डली सेन्टर भेनकुवरकी संस्थापक अध्यक्ष एलिस पौडेलको बिशेष सकृयतामा बुद्धको जीवनि, नेपाल र विश्वमा बुद्धमार्गीहरुको स्थितिमा केन्द्रित रहेर ३० भन्दा बढि दर्शकहरुका माझ आयोजाना गरिएको हाजिरी जवाफ प्रतियोगितामा नेपाली, भारतीय र भुटानी मूलका युबाहरुका छ वटा समूहहरुले भाग लिएका थिए। 

अनन्त पौडेल र बिनोद राईले संचालन गरेको उक्त कार्यक्रममा, समय राख्ने काम शिवाङ्गी हमालले र संख्या जोड्ने काम सिता बाल्कोटीले गरेका थिए। PACE Canada College र Progressive Nepali Forum in Americas (PNEFA) को आर्थिक सहयोगमा संचालित कार्यक्रमा प्रथम हुने गंगा सुबेदी र गोकर्ण बानियाको समूह, दोश्रो हुने इन्द्र बानिया र अम्बर मत्राको समूह लगायत संपूर्ण सहभगिहरु, स्वयम सेवकहरु, र जजहरुलाई PNEFA का उत्तर अमेरिका संयोजक अबि शर्मा र NCSBC का अध्यक्ष सरद सेरचनले पुरस्कार तथा प्रमाणपत्रहरु बितरण गर्नु भएको थियो।

संजय रेग्मी, कृष्ण सुबेदी र पद्मराज न्यौपानेले जजको महत्वपूर्ण भूमिका निभाउनु भएको थियो।

No comments: