Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, May 10, 2011

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । 
अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबस मनाइने निर्णय गरिएको हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध हुन र उनी जन्मेको स्थान पत्ता लागेको सो दिनलाई महत्व दिइनु न्याय संगत नै देखिन्छ । गौतम बुद्धले २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा ब्यतित गर्नु भएको कपिलबस्तुको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले यस क्षेत्रको बिकास गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो ।
 
१ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइएपस्चात यस्लाई निरन्तरता दिनका लागि संस्थागत गरी अगाडि बढ्ने क्रममा पहिलो कपिलबस्तु दिवसमा सकृय भूमिका निर्बाह गर्नेहरुलाई समेटेर ११ मइ २०१० मा १९ सदस्यीय कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति सार्वजनिक गरियो राष्ट्रिय अन्तरराष्ट्रिय संचार माध्यम मार्फत जस्मा तीन ठूला पार्टीको समेत प्रतिनिधित्व हुने गरी ५ जना नेपाली र २ जना बिदेशी गरी ७ जनाको सल्लाहकार मण्डल बनाइएको थियो । सामान्यत: के गर्ने भन्ने कुराको निर्क्यौल भएपस्चात तदनुरुपका उद्धेस्यहरु तय गरेर संस्था स्थापना गरी कार्य अगाडि बढाइने गरिने भए तापनि कपिलबस्तु दिवसको सन्दर्भमा भने पहिला काम गरेर गरिएको कामलाई निरन्तरता दिनका खातिर अभियानको सूत्रपात भएको देखिन्छ । कपिलबस्तुका संपूर्ण सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुख पदेन सल्लाहकार हुने ब्यबस्था गरिएको छ । १६ सेप्टेम्बर २०१० मा २ जना थपेर बिस्व कार्य समितिलाई पूर्णता दिनुका साथै बिस्व कार्य समितिको सल्लाहकारमा अन्तरराष्ट्रिय ब्यक्तित्वकी धनी आनी श्री छोइङ्ग डोल्मालाई थपी आठ जना पुर्याइएको छ । नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट तथा नेपाल सरकारले पर्यटन बर्षको दूतको रुपमा समेत घोषणा गरिएका नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महतलाई कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा गरेर सम्मानित गरेको छ ।  त्यसरी नै गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्यलाई अभियानको सार्कको सल्लाहकारमा राखिएको छ ।

सीमित साधन र श्रोतका कारण बिशेषत: अन लाइन मार्फत नै भने पनि गुगलमा बुद्धको जन्म स्थल भारत देखाउने गरिएकोमा त्यस्लाई सच्याउनेजाकारीयाको दुस्प्रयासको बिरोध गर्ने, बिस्वभरका ११५ मिलियन जनताको बीचमा जान समर्थ ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल PBS द्धारा बुद्धसम्बन्धी गलत जानकारी सहितको फिल्म सार्वजनिक गर्ने बेलामा त्यस्लाई सच्याउन दबाब दिने, नक्कली लुम्बिनीका कारण सिर्जित भ्रम निबारणका लागि सरकारद्धारा गरिनु पर्ने कामको लागिप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, थोरै समयमा नै सत्य तथ्यलाई सार्वजनिक गरिने किसिमका सामग्रीहरु अन लाइन मार्फत यथेस्ठ रुपमा प्राप्त गर्न सकिने बातावरण तयार गर्ने, नेपालीहरु बीच नै यसबारे जानकारी नभएकोले यसबारे जन चेतना जगाउने जस्ता थुप्रै महत्वपूर्ण कामहरु भएका छन । अभियान स्थापना भएको यो एक बर्षको छोटो समयमा नै स्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क र नेपाल गरी आठ देशमा राष्ट्रिय समिति गठन गरिएका छन भने छिट्टै केही देशमा राष्ट्रिय समिति गठन हुने तयारीमा छन ।

बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । यो अभियानको यो नै अत्यन्तै महत्वपूर्ण पक्ष हो र बुद्ध सबैको साझा भएको कारण यो बिबाद निरर्थक भनेर भन्नेहरु यहींनेर चुकेको देखिन्छ । प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ निरर्थक बिबादको नभएर बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थल दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याउँदै उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको नभएर विस्वब्यापी महत्व भएकाले उनको जन्मस्थलबाट नाजायज किसिमले फायदा लिन बिस्वब्यापी दिग्भ्रम सिर्जना गर्ने प्रबित्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो ।
 
अन्तमा, सीमित साधन र श्रोतका बाबजूद पनि यति छोटो समयमा नै अभियानलाई यो उचाइमा पुर्याउन सहयोग गर्नु हुने संपूर्ण नेपाली एबं बिदेशी मित्र, बुद्धिजीबि र संचारकर्मी मित्रहरुप्रति अभियान धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्छ र आगामी दिनमा यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा राख्दछ ।    

रामकुमार श्रेष्ठ
बिस्व संयोजक
कपिलबस्तु दिवस अभियान
Date: 10th May, 2011
  

No comments: