Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, May 22, 2011

लुम्बिनीमा लट्ठिएका जापानी

Posted by Ram Kumar Shrestha on May 22, 2011
माधव ढुंगाना
भैरहवा, जेष्ठ ८ – जापानी नागरिक नोबुओ कासाई हरेक बुद्धजयन्तीमा लुम्बिनी आएकै हुन्छन् । नियमित आउने तीर्थालु अरू पनि धेरै होलान् । तर उनको आगमन अरूकोभन्दा निकै फरक छ ।उनी बुद्धजयन्ती समारोहमा सरिक हुन वा लुम्बिनीको दर्शन गर्न मात्र आउने होइनन् । पाँच वर्षदेखि उनले बुद्धजयन्तीका दिन लुम्बिनी आउने हजारौं सर्वसाधारण दर्शनार्थीलाई लाखौं रुपैयाँ खर्चेर निःशुल्क भोजन गराउँछन् । ‘म रहेसम्म हरेक बुद्धजयन्तीमा लुम्बिनी आएर सर्वसाधारणलाई खाना खुवाइरहने छु,’ जापानको टोकियो निवासी ६५ वषर्ीय कासाईले भने ।
जापानमा गएको भूकम्प र सुनामीका बेला महिनौंसम्म उद्धार र घाइतेको सेवामा समर्पित कासाईले यस वर्ष लुम्बिनीमा आएर मृतकको चीरशान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्यको प्रार्थना गरे ।
त्यति मात्र कहाँ हो र ? जापान बुद्धिस्ट फेडरेसनका केन्द्रीय सदस्य कासाईले ३७ करोड रुपैयाँ खर्चेर लुम्बिनीमा तीनतारे स्तरको ‘होटल कासाई’ सञ्चालनमा ल्याएका छन् । यो व्यापारका लागि होइन । यसले कमाएको मुनाफा स्थानीयवासीको खुसी र लुम्बिनीको विकासमा समर्पण गर्ने उनले घोषणा गरेका छन् ।
बीस वर्षअघि लुम्बिनी आउँदा बस्ने होटल नपाएपछि रिक्साबाट फर्केर भैरहवा पुग्नुपरेको थियो उनले । ‘त्यही भएर लुम्बिनीमा होटलको सबैभन्दा ठूलो आवश्यकता महसुस गरी सञ्चालन गरेको हुँ,’ उनले भने । यहाँ होटल निर्माण गर्ने संकल्प पूरा गर्न कासाईले जापानमा व्यक्तिगत सम्पत्तिसमेत बेचेका थिए । ‘यो होटल लुम्बिनीका निम्ति मेरो उपहार हो,’ कासाईले भने ।
@ekantipur

No comments: