Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, May 17, 2011

बुद्ध जयन्ति

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान
आज २५५५ औं बुद्ध जयन्ति
परम्परागत चल्दै आछ  
दिनहुं बुद्ध र उनका उपदेशहरु 
विश्वभर लोकपि्रय हुंदै आछ 
तर उनको जन्मभूमीबारे 
मौनता र ओझेलमा राखियाछ 
त्यसैले यस सवालमा निकै नै
प्रचार प्रसार गर्नै पर्ने भाछ । 

किनकि  
आज यी विश्व धरोहरको जन्मस्थानबारे 
विश्व जनमा भ्रम छरि धावा बोिलंदै छ 
भारतबाट नक्कली कपिलबस्तु निर्माण गरी 
पर्यटकहरुलाई स्वागत कक्ष खोलिंदै छ  
के यो मानव अधिकारको ठाडै हनन् हैन त  
के यो बुद्धको जन्मस्थान कपिलबस्तु नेपाल र 
बुद्धका उपदेशहरुको खिल्ली उडाइएको हैन त?
के अब त साँच्चै नै 
विश्वभरका बुद्ध धर्मालम्बीहरु र अनुयायीहरु 
एकै स्वरमा बोल्नु पर्ने बेला हैन र  
के सारा नेपालीहरु पनि 
रास्ट्रियताको सवालमा एकजुट हुनु पर्ने बेला हैन र    
कहिले कांही आवाज नगुन्जने पनि हैनन् 
तर सुन्ने र गर्ने धेरै भएनन् 
किनकि हाम्रा केही राष्ट्र्घातिहरु
आफ्नो स्वाभिमान उँचो राख्न तयार थिएनन् ।

त्यसैले
अब यसको सहयोगका लागि 
कपिलबस्तु दिवस अभियानको पनि जन्म भाछ  
यसको छोंटो कार्यकालमा उपलब्धि राम्रै आछ  
आशा गरौं हाम्रा सोंच विचारले काम गर्नेनैछ 
अनि त नक्कलि कपिलबस्तु धरासयी पर्नेनैछ । 

"बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी"
१७ मे २०११ 

No comments: