Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, May 18, 2011

दुई जापानीलाई बुद्ध शान्ति पुरस्कार प्रदान

३ जेठ, रुपन्देही । नेपाल सरकारले पहिलोपटक गौतम बुद्ध अन्तर्राष्ट्रिय शन्ति पुरस्कार प्रदान गरेको छ । द्धितीय बिश्वयुद्धमा आणविक विष्फोटको चपेटामापरेका जापानका नागासाकी र हिरोसिमाका पूर्व मेयरद्धयलाई यो पुरस्कार प्रदान गरिएको हो ।
बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा मङ्गलबार भएको समारोहमा राष्ट्रपति डा. रामवरण यादवले विश्वशान्तिका लागि योगदान गरेबापत डा. तादातोसी अकिवा र तोमिहिसा ताउलाई सम्मान गरेका हुन् ।
पुरस्कारको राशि ५० हजार अमेरिकी डलर रहेको छ । पुरस्कारको रकमसँगै उनीहरुलाई स्वर्णपदक र प्रमाणपत्र प्रदान गरियो । समारोहमा सहभागीता जनाउन दुबैजना सोमबार नै काठमाडौँ आइपुगेका थिए ।
लुम्बिनी विकाश कोषको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले आजको विश्व परिस्थितिमा भगवान गौतमबुद्धले प्रतिपादन गर्नुभएको सत्य-ज्ञानको महत्व शान्ति, अहिंसा, मानवीय दुखःकष्टहरुलाई न्यूनीकरण गर्ने मानव एक्यबद्धतालाई प्रवर्द्धन गर्नु अझ बढी र सान्दर्भिक भएको बताउनुभयो ।

उहाँले शान्ति प्रवर्द्धन तथा हातहतियार निशस्त्रीकरणको क्षेत्रमा मानवीय दुःखकष्टको न्यूनीकरण बौद्ध दर्शनको रचनात्मक तथा व्यावहारिक कार्यान्वयनबाट द्वन्द्व र तनावलाई शान्तिपूर्णरुपमा समाधान गर्ने दिशामा योगदान पुर्‍याउने पुरस्कृत व्यक्तित्वहरुलाई धन्यवाद दिनुहुँदै बुद्ध नेपालमा जन्मे तापनि विश्वको नागरिक हुनुभएको विचार व्यक्त गर्नुभयो ।


उहाँले हालै जापानको आणविक दुर्घटना र सुनामीबाट भएको धनजनको क्षतिको स्मरण गर्दै विश्वका राष्ट्रहरुले आणविक शक्तिमा जोड दिँदा शान्तिलाई ध्यानदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले बुद्धको सन्देश सारा विश्वमा फैलाउनुपर्ने विचार व्यक्त गर्दै शान्ति र अहिंसाका लागि पुरस्कार प्राप्त गर्न सफल व्यक्तित्वलाई धन्यवाद दिनुभयो ।
@Onlinekhabar

No comments: