Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, May 23, 2011

यसरी मनाइयो पेरिसमा बुद्द जयन्ती

● तस्विर : निजू श्रेष्ठ / पेरिस
विश्वकै सात आश्चर्य मध्येको एक पेरिसको आइफल टावर अगाडिबाट हिजो नेपालीहरुले भगवान गौतम बुद्दको २५५५ औं जयन्ति मनाए । न राजनीति, न वर्ग, न कुनै जात जाति र समूह । शान्तिका दूत, अहिंसाका प्रवर्तक गौतम बुद्द सबैका साझा । विश्वले मान्ने यीनको सन्देशलाई फैलाउन पाउनु यसैपनि नेपालीका लागि गौरवको कुरो हो । त्यसैले आज सबैजसो संघसंस्थाका नेपाली जम्मा भएका थिए ।
हात हातमा बुद्दका शान्ति र अहिंसाका उपदेश, सन्देशहरु थिए । सुन्दर शहर पेरिसको अझ सुन्दर धरोहर आइफल टावर हेर्न हजारौं पर्यटकको भिड लागेको थियो । त्यसमा विश्वभरीका थुप्रै देशका पर्यटक थिए । ति सबैलाई गौतम बुद्दको शान्तिको सन्देश आज बाँडेर विश्वभरि फैलाए नेपालीले ।

विश्व शान्तिका लागि कामना गर्दै ठूलो ब्यानर बनाइएको थियो जसले पर्यटक र भ्रमणकर्ताहरुको ध्यान तानेको थियो । उनीहरुले बुद्द जयन्तिको अवशर पारेर गरिएको यस शान्ति र्‍यालीलाई महत्व दिएका थिए ।
ब्यानरको अगाडि गजदम्म बसेका बुद्दको मूर्ती विशेष आकर्षण बनेको थियो । कार्यक्रममा मूल आयोजक पेरिस स्थित नेपाली दूतावास र नेपाली एकता समाज थिए । शान्ति र्‍यालीलाई नेपालमा यो मनाइरहेको पर्यटक वर्षको प्रचार प्रसार गर्नपनि सदूपयोग गरियो ।पेरिसमा बुद्द जयन्ति गत सालपनि यसैगरि शान्ति र्‍याली गरेर मनाइएको थियो 
@Nepalplus

No comments: