Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, May 16, 2011

अस्ट्रेलियामा कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 16, 2011
 
Rate This
यही अप्रिल १५ तारीखका दिन २५५५ औं बुद्ध जयन्ती मनाउँदै सिड्नीको क्यानटेबरी सामुदायिक हलमा बसेको सिड्नीका सामुदायिक अगुवाहरुको भेलाले ११ सदस्यीय कपिलवस्तु दिवस रास्ट्रिय समिति, आस्ट्रेलियाको गठन गरेको छ  ।
समितिको आगामी बैठकहरुले क्रमश: अन्य स्टेटका प्रतिनिधिहरुलाई पनि रास्ट्रिय  समितिमा समाबेश गर्दै लाने गरी हाललाई  समितिका सदस्यहरुमा निम्न ब्यक्तिहरु चयन गरिएको छ :
१. निमा शेर्पा                        राष्ट्रिय संयोजक
२. डा नारायण प्रधान               संयोजक
३. चित्र तुम्बाहाम्फे                 संयोजक
४. लील गुरुंग                      संयोजक
५. भीमसेन सापकोटा              संयोजक
६. सुजन नेउपाने                   संयोजक
७. सानु घिमिरे                     संयोजक
८. यादब देवकोटा                  संयोजक
९. गंगा सापकोटा  ( पर्थ )       संयोजक
१०. सुदीप गौचन                  संयोजक
११. चंचल ढकाल                  संयोजक
यही में १५ तारीखका दिन आयोजना गरिएको २५५५ औ बुद्ध जयंती समारोहमा अस्ट्रेलियाका न्यू साउथ वेल्सका लागी नेपालका महाबाणिज्यदूत महामहिम दिपक खड्काले यो कार्य समितीको घोषणा गर्नु भएको थियो । कार्यक्रममा बुद्ध र बुद्धको जन्मस्थल बिषयमा कपिलवस्तु दिवस बिश्व अभियान समिती अस्ट्रेलिया संयोजक सानु घिमिरेले श्रब्य दृश्य सहितको कार्यपत्र पेश गर्नु भएको थियो । कार्यक्रममा अभियानका अस्ट्रेलिया संयोजक सुजन न्यौपानेले कपिलवस्तु दिवस बिश्व अभियानको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो  । नब गठित कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया रास्ट्रिय समितिका राष्ट्रिय संयोजक नीमा शेर्पाले यो अभियानलाई अस्ट्रेलिया भरि फैलाउन आफू र आफ्नो टीम लागी पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरु तथा भारत, लेबनान लगायत देशका प्रतिनिधिहरुले नब गठित समितिलाई शुभकमाना दिदै बुद्धको जन्मस्थलको बारेमा गरिएको भ्रामक समाचारको बिरोध गर्नु भएको थियो ।

No comments: