Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, March 24, 2011

बौद्ध अजिमाको रूप फेरियो

Posted by Ram Kumar Shrestha on June 29, 2010
ekantipur
By जितेन्द्र साह
काठमाडौ, अषाढ १५ – राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ ।
२०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् ।
‘पर्यटकीय, धार्मिक र ऐतिहासिक रूपले महत्त्वपूर्ण बौद्ध क्षेत्रको यी ओझेलमा परेका प्राचीन धरोहरबारे युवा पुस्ता र पर्यटक दुवैले जानुन् भन्ने उद्देश्य हो,’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष दीपेन लामाले कान्तिपुरसँग भने, ‘पर्यटक र शोधकर्ताको ओइरो लाग्ने यो थलोमा अजिमा खोज र अध्ययनको सशक्त विषय हो ।’ तिब्बती भाषाको पुस्तक ‘काथाङ घुइपा’ का अनुसार सातौं शताब्दीमा विश्वको आठ पवित्र स्थलमा अजिमाको स्थापना गरिएको थियो । तीमध्ये तिब्बत, भारत र नेपालका दुई/दुई स्थलमा, श्रीलंका र मलेसियाका एक/एक स्थलमा यो मूर्तिको प्राण प्रतिष्ठापन गरिएको थियो । काठमाडौंको स्वयम्भुको हारतीमा अजिमाको अर्को मूर्ति छ ।
तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदी र संसारभरि ‘मम््’ को नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा बज्यै हुन्छ ।
‘बौद्ध धार्मिक मान्यताअनुरूप स्तुपाको संरक्षण र स्थानीयवासीको कल्याणका लागि यसको स्थापना गरिएको हो,’ बौद्धका प्रमुख लामा ७८ वषर्ीय ज्ञानीबज्र लामाले कान्तिपुरसँग भने । उनका अनुसार बौद्धबासी (तामाङ भाषामा झेरुङ खस्यौरबीच) परदेश जाँदा, बिरामी पर्दा, व्यवसाय गर्दा, सन्तान प्राप्ति, रक्षा र मुक्तिका लागि यो प्रतिमालाई पुज्ने चलन छ । ‘कुनै नयाँ काम सुरु गर्दा माताको दर्शन गर्छु,’ बौद्धकी सजना लामाले भनिन्, ‘परिवारको आरोग्यता र कल्याणका लागि पूजा गर्न म मासिकरूपमै जान्छु ।’

ढुंगाकै प्राकृतिक स्वरूपमा रहेको यस प्रतिमालाई संरक्षण गरेर लाने क्रममा सुरुमा पित्तल, त्यसपछि चाँदीको पाता र सुनको लेप लगाइएको बौद्धका प्रमुख पुजारी ज्ञानीबज्र लामाले बताए । वषौर्ंसम्म ढुंगे मूर्तिलाई पुज्दै आएकोमा नेपाल सम्वत् १०११ सालमा पित्तलको  पाता लगाइएको थियो ।
समितिका अध्यक्ष लामाका अनुसार स्वदेश र विदेशबाट आउने बौद्ध अध्यनार्थीबीच उक्त स्थल निकै दर्शनीय छ । प्रत्येक गुम्बामा स्वदेश र विदेशका सयदेखि ५ सय भिक्षु- भिक्षुणीहरू बौद्ध धर्मबारे विद्या आर्जन गर्न आउने गर्छन्् । बौद्ध क्षेत्रमा ४० वटा गुम्बाहरू निर्माण भइसकेका छन् र केही निर्माण हुने क्रममा छन् ।

No comments: