Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, March 12, 2011

विश्व साइकल यात्री ढाकेश्वर क्षेत्रीलाई स्वागत एबं सहयोग कार्यक्रम

मार्च ५, आसफोर्ड, केण्ट, वेलायत । ५४ बर्षीय विश्व साइकल यात्री ढाकेश्वर क्षेत्री विश्वका ३९ वटा मुलुकको भ्रमण पुरा गरी ४०औ मुलुकको भ्रमण गर्ने क्रममा वेलायतको आसफोर्ड आइपुगेको अवसरमा गुरुङ समाज केण्ट, वेलायत र कपिलबस्तु दिवस अभियानद्धारा संयुक्त रुपमा स्वागत र सहयोग कार्यक्रम आयोजना गरियो । समयाभाबका कारण गुरुङ समाज, केण्टका पदाधिकारी, फोल्कस्टोनका काउन्सिलर धन गुरुङ र कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र परिवारको उपस्थिति थियो इण्टरनेशनल हाउसमा आयोजित उक्त कार्यक्रममा । दुबै संस्थाहरुद्धारा  बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले अहिलेसम्म गर्नु भएको सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनका कार्यक्रम अझ सहज र सफल रहोस भनी आ-आफ्नो संस्थाका तर्फबाट छुट्टाछुट्टै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा गुरुङ समाज केण्टका तर्फबाट २१५ पाउण्ड र कपिलबस्तु दिवस अभियानका तर्फबाट १५१ पाउण्डको चेक सहयोग स्वरुप बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीलाई हस्तान्तरण गरियो ।

मन्तब्य ब्यक्त गर्ने क्रममा कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले ब्यक्तिगत खुशीदेखि बिस्व शान्तिसम्मका लागि बुद्धका सन्देश र बिधिहरु आजको बिस्व सन्दर्भमा अत्यन्त नै उपयोगी र आबस्यक भएकोले अभियानका बिभिन्न उद्धेस्यहरुमध्ये एउटा प्रमुख उद्धेस्य बुद्धका सन्देशहरुलाई प्रचार प्रसार गर्नु पनि भएको र बिस्व साइकल यात्रीको बिस्व भ्रमणको उद्धेस्य पनि संसारमा सगरमाथा र बुद्धको देशको रुपमा नेपाल तथा नेपालीलाई चिनाउँदै विश्व शान्ति र बन्धुत्वको भावनालाई फैलाउनु भएकोले अभियानको उद्धेस्य र बिस्व साइकल यात्रीको उद्धेस्यको भावनात्मक सम्बन्ध भएको कारण आफू पुगेको ठाउँमा अझै धेरैको बीच पुग्नु पर्ने यो नयाँ अभियानबारे पनि जानकारी दिन आग्रह गर्नु भयो । भारतले सन २०१२ सम्ममानक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले जोडतोडका साथ लाग्दा पनि हाम्रोतर्फबाट देखिएको सर्ब पक्षीय मौनताका कारण यो अभियान गत बर्षदेखि शुरु गरिएको बताउनु हुँदै छोटो समयमा नै पनि अभियानले धेरै उपलब्धी हासिल गरेको बताउँदै अभियानअले गरेका कार्यहरुको फेहरिस्त संक्षेपमा प्रस्तुत गर्नु भएको थियो । बिभिन्न कारणबश बुद्धको जन्मस्थल जान चाहने बिस्वका पर्यटकहरुलाई झुक्याएर भारतको नक्कली लुम्बिनीमा पुर्याउने कार्यले ती पर्यटकहरुको मानब अधिकारको समेत हनन भएको उल्लेख गर्दै उनीहरुको मानब अधिकार हनन हुनबाट जोगाउन समेत यो अभियानको आबस्यक भएको चर्चा गर्नु भयो ।
बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले आज देशबारे चिन्तित हुनेहरुको अभाब देखिएको यस्तो बेलामा बिदेशमा बसेर पनि देशप्रति चिन्तनशील भएको नेपाली र अभियानहरु देखेर आफू उत्साहित भएको बताउनु भयो ।
कार्यक्रम सन्चालन गुरुङ समाज केण्टका सचिब गम गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुरुङ समाज केण्टका अध्यक्ष चित्र बहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष गुरुङले विस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले नेपाल र नेपालीलाई विश्वमा चिनाउने जुन उदाहरणीय र अनुकरणीय काम गर्नु भएको छ त्यो अत्यन्तै प्रसंशनीय भएको र त्यसबाट प्रत्येक नेपालीले शिक्षा लिनु पर्ने बताउनु हुँदै आगामी दिनको उहाँको कार्यक्रम सफल होस भन्ने शुभ-कामना ब्यक्त गर्नु भयो ।

सन् २००४ को डिसेम्बरबाट विश्व साईकल यात्रा शुरु गरेका ढाकेस्वर क्षेत्री झापा दमकका हुन् र २०१३ मा साइकल यात्रा पुरा गर्ने लक्ष लिएका उनी वेलायतपछि आयरल्याण्ड, स्पेन, पोर्तुगल हुँदै अफ्रिका जानेछन ।
Published links:

No comments: