Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, March 27, 2011

लुम्बिनीमा विदेशी लगानीका ठूला होटल

Posted by Ram Kumar Shrestha on August 16, 2010
माधव ढुंगाना
भैरहवा , श्रावण ३१ -  पर्यटक आगमन वृद्धिसँगै लुम्बिनीमा आधुनिक होटल निर्माण बढ्न थालेको छ । पछिल्लो समयमा यहाँ होटेल तथा रेस्टुराँ खोल्न विदेशी लगानीकर्ता आकषिर्त भएका छन् । जापानी लगानीमा दुई र श्रीलंकाली लगानीमा एक होटल निर्माण भएर सञ्चालनको तयारीमा छन् । चिनियाँ लगानीमा पाँचतारे होटल थप्ने योनजासमेत रहेको व्यवसायीले बताए ।
जापानी निजी क्षेत्रको लगानीमा निर्माण भएको ‘लुम्बिनी होटेल कासाई’ हालसालै सञ्चालनमा आएको छ । उद्घाटनको तयारीमा रहेको होटेल जापानी र युरोपेली शैलीमा निर्माण गरिएको छ । जापानका बौद्ध धर्मावलम्बी नोर्बु कासाईले करिब ४ करोड रुपैयाँ -५ लाख अमेरिकी डलर) को लागतमा आधुनिक होटल सञ्चालनमा ल्याएका हुन् ।
‘बुद्धको जन्मस्थलमा आउने तीर्थालु तथा पर्यटकलाई लक्षित गरी होटल निर्माण र सञ्चालन गर्न आकषिर्त भएका हौं,’ लुम्बिनी होटल कासाईका प्रबन्ध निर्देशक जापानी नागरिक केन्टा नागाईले भने, ‘यो लगानी व्यावसायिक दृष्टिले भन्दा लुम्बिनीको कारणले केन्दि्रत छ । बुद्धको जन्मस्थलमा होटल सञ्चालन गर्न पाउँदा हामी खुसी छौं ।’
सन् २०११ मा नेपाल पर्यटन वर्ष मनाउने योजनाले पनि लगानीकर्तामा थप आत्मविश्वास देखिएको हो । त्यसबाहेक लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तयारीका कारण सीधै अन्तर्राष्ट्रिय उडान हुने देखिएकाले पनि होटलको लगानी आकर्षक बन्दै गएको छ । एसियाली विकास बैंकको लगानीमा दक्षिण एसिया उपक्षेत्रीय सहयोगअन्तर्गत विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने र नाकाको आवागमन सहज बनाउने योजना कार्यान्वयनको क्रममा छ । श्रीलंका, थाइल्यान्ड, जापान र भारतबाट लुम्बिनीमा सीधा उडान हुने अपेक्षा गरिएको छ ।
श्रीलंकाली सरकारको लगानीमा निर्मित ‘श्रीलंकन पिल्गि्रम रेस्ट’ नामक अर्को आधुनिक होटल पनि सञ्चालनको तयारीमा छ । केही वर्ष अगाडि सञ्चालनमा आएको होटल नेपाली पक्षको फितलो व्यवस्थापनका कारण बन्द हुन पुगेको थियो । अब सीधै श्रीलंकाली सरकारकै व्यवस्थापनमा होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आउन लागेको हो ।
ज्ाापानकै होक्के क्लबको लगानीमा पूर्ण रूपमा उतैको शैलीमा ‘होक्के होटल’ निर्माण भएको छ । यसबाहेक काठमाडौंका निजी पर्यटन व्यवसायीद्वारा निर्मित लुम्बिनी ब्याम्बो रिसोर्ट प्रालि, बुद्धमाया र क्रिस्टल सञ्चालनमा आइसकेका
छन् । एक वर्षअघिसम्म लुम्बिनी क्षेत्रमा दुई/तीन वटा मात्रै स्तरीय होटल सञ्चालनमा थिए । स्तरीय होटल नहुँदा पर्यटक २२ किमि टाढा भैरहवा बस्नुपर्ने बाध्यता थियो । ‘तर अब त्यस्तो परिस्थिति छैन,’ लुम्बिनी विकास कोषका कर्मचारी हरिध्वज राई बताउँछन्, ‘पर्यटक आगमनसँगै स्वदेशी र विदेशी आधुनिक होटल धमाधम निर्माण हुँदै गएका छन् ।’ लुम्बिनीकै महिलवार क्षेत्रमा पनि स्थानीयको लगानीमा दुई स्तरीय होटल निर्माणाधीन छन् । लुम्बिनी बिकास कोषका संरक्षण अधिकृत सुनिल दाहालले चिनियाँ निजी कम्पनीले पनि लुम्बिनी क्षेत्रमा एउटा पाँचतारे स्तरको होटल निर्माण गर्ने योजना राखेको बताए ।
विश्वकै बौद्ध धार्मावलम्बीको प्रमुख गन्तव्य लुम्बिनी हुनु र यसका निम्ति निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस क्षेत्रमा होटल लगानीमा स्वदेशी र विदेशी लगानीकर्तालाई आकषिर्त गरेको छ । दस वर्षसम्म युद्धमा होमिएको माओवादी जनयुद्ध समाप्त भई राजनीतिको मूल धारमा आउनाले पनि यो व्यवसाय फस्टाउन थालेको हो । ‘होटल सञ्चालनका निम्ति जमिन खरिद र अन्य निर्माण कार्य गर्दा पनि माओवादी द्वन्द्वले गर्दा धेरै कठिनाइ बेहोर्नुपरेको थियो,’ लुम्बिनी ब्याम्बो रिसोर्टका जुजुभाइ शाक्यले भने, ‘अब होटल लगानी प्रोत्साहित भएकाले रिसोर्टमा स्विमिङ पुलसहितको अन्य निर्माण विस्तार गर्न थालेको छु ।’ लुम्बिनी विकास कोषको तथ्यांकअनुसार २०१० को जुलाईसम्ममा लुम्बिनीमा ४२ हजार ५ सय ५८ पर्यटक आएका छन् । सन् २००९ मा ८२ हजार ४ सय ४५, सन् २००८ मा ८२ हजार ७५ र २००७ मा ७१ हजार ५३ जना आएका थिए । Nepalkuwait.com

No comments: