Posted by Ram Kumar Shrestha on September 3, 2010
By भिम गुरुङ
१७ ,भाद्र,देवदह- भगवान गौतम बुद्धसंग सम्बन्धीत सबै ठाउँहरु भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा
भगवान बुद्धको मावली स्थल देवदहबाट भग्नावशेस खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी भएका छन् ।
भगवान बुद्धको मावली स्थल देवदहबाट भग्नावशेस खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी भएका छन् ।रुपन्देहीको देवदह स्थित कन्यामाई मन्दिरको परिसरबाट देवदहसंग सम्बन्धीत बस्तुहरु गए राती अज्ञात समूहबाट मन्दिर परिसरको पूर्वी घोलाको छेउ भागमा रहेको भग्नावशेस खनेर चोरी लगेका हुन् । भग्नावाशेष रहेको भित्ता र घोलामा तिन फीट खनी पुराना र चाक्ला ईट्टाहरु, ठूला र चाक्ला कुदिएका ढुङ्गाहरु र पुरिएको अवस्थामा रहेका मुर्तिहरु लगेको बैरीमाई जनकल्याण क्लबका पुर्व अध्यक्ष चुरामणि गैरेले जानकारी गराउनु भएको छ ।
मन्दिरको पछिल्लो भागमा कसैले नदेख्ने ठाउँमा रहेको सो स्थलबाट राती लगभग एघार बाह्र बजेको समयमा मोटर साइकलमा आइ लगेको हुन सक्ने वहाँले अनुमान गर्नु भएको छ ।
भगवान गौतम बुद्ध भारतमा नै जन्मेको र लुम्विनी, देवदह , रामग्राम पनि भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा उनीहरुको इसारामा यो चोरी भएको आशंका गरिएको छ । भगवान बुद्धको मावली देवदहबाट यसरी भग्नावशेष खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी हुनुमा राज्यको बेवास्ता र स्थानीय संघ संस्थाहरुको गैर जिम्मेवारी व्यवहार रहेको बैरीमाई कन्यामाई संरक्षण समितीकी अध्यक्ष मन कुमारी काफ्लेले बताउनु हुन्छ ।

चोरी भै सके पछि थाह पाएका मन्दिरका पण्डित दुर्गा प्रसाद पौडेलले प्रहरीलाई खबर गरे पनि खासै चासो नदेखाएको बैरीमाई जनकल्याण क्लबका अध्यक्ष राम प्रसाद देवकोटाले बताउनु भएको छ । लगभग दस बर्ष पहिला पनि भग्नावशेस स्थल बाटै पुराना मुर्तिहरु चोरी लगेको स्थानिय महिला समाजसेवी युवती पन्थले जानकारी गराउनु भएको थियो ।
उत्खनन्को पर्खाइमा रहेको देवदहका पुरातात्विक महत्वका बस्तु हरु राज्यले उत्खनन् शुरु गर्नु भन्दा अघि नै समाप्त पारिएको अवस्थामा साच्चै नै देवदह खोज्न भारत नै जानु पर्ने अवस्था नआउला भन्न सकिदैन । बर्षे झरिको रुपमा जन्मने अनि मर्ने, फुल्न फल्न नसक्ने देवदह साग नाम जोडेर खोलिएका संस्थाहरु आ आफैमा जुगाको लडाई लडि रहेको अवस्थामा देवदहका यस्ता बस्तु चोरी निकासी हुने मौका खुव मिलेको अवस्था रहेको छ ।
देवदहमा रहेका र खोलीएका संस्थाहरुमा एकापासमा आधिकारीक समितीको बारेमा विबाद भई रहने र देवदह तथा केरवानी गाउँ विकास समितीले पनि खासै उल्लेखनिय पहल गर्न नसक्नु अनि लुम्विनी विकास कोषले लुम्विनीबाट अन्य सम्वन्धीत स्थलतिर एक पाइला पनि बढाउन नचाहनु पनि उत्तिकै जिम्मेवारी देखिदैन र ?
No comments:
Post a Comment