Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, March 27, 2011

कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीलाई अन्तरवार्ता

Posted by Ram Kumar Shrestha on September 1, 2010
३१ अगस्ट, २०१०, काठमाडौं। कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै अस्वीकृत साहित्य आन्दोलन र कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको उहाँको कृति ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा हुने भएको छ। नेपाल रहनु हुँदा कपिलवस्तु दिवस अभियान सार्क र नेपाल कमिटी गठनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ भने हंगकंगमा रहनु हुँदा हंगकंग कमिटी गठन गरी अभियानलाई अझ गति दिने उहाँको कार्यक्रम रहेको पनि सोही अन्तरवार्तामा उहाँले जानकारी दिनुभयो। उहाँ आजै हंगकंगतर्फ प्रस्थान हुनु हुने भएको छ। यो अन्तरवार्ता नेशनलटिभीको वेबसाइटhttp://www.nationaltvnepal.tv मा हेर्न र सुन्न सकिने छ।

No comments: