Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, March 27, 2011

‘हाम्रो शान-लुम्बिनी बुद्धको जन्मस्थान’ – विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ

Posted by rajshrestha2002 on August 20, 2010
लुम्बिनीको शान्तिदीप चीनको साङ्घाईमा भइरहेको वल्र्ड एक्स्पोमा प्रदर्शनका लागि लैजाने क्रममा लुम्बिनीबाट बिहीबार दीप प्रज्ज्वलनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्बिरः लक्ष्मण पौडेल/गोरखापत्र
(Source : http://www.gorkhapatra.org.np/)
भैरहवा, भदौ ३ गते । चीनको साङ्घाईमा सञ्चालन भइरहेको साङ्घाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा प्रदर्शनका लागि लुम्बिनीमा अवस्थित विश्व शान्तिदीपलाई बिहीबार विशेष कार्यक्रम आयोजना गरी र्‍यालीका साथ त्यसतर्फ लगिएको छ ।

गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्छ भनी विश्वव्यापी रूपमा प्रचारप्रसारका लागि गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ लगिएको हो । साङ्घाई एक्स्पोमा नेपाल पेभेलियनको आयोजक इम्प्िलमेन्टिङ एक्सपर्ट गु्रप -आईआईजी)ले शान्तिदीपलाई त्यहाँ लग्ने व्यवस्था मिलाएको हो । बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट शान्तिदीपलाई विशेष प्रकारले बनाइएको पानसमा प्रज्ज्वलित गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शुभारम्भ गर्नुभयो ।

लुम्बिनीमा बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, चीनलगायत विभिन्न मुलुकका भिक्षुभिक्षुणीहरूले शान्तिदीप प्रज्ज्वलित गरी मायादेवी मन्दिर परिसरमा लगिएको थियो ।

शान्तिदीप प्रज्ज्वलित गर्दै मन्त्री कोइरालाले यसले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धको विश्वस्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने बताउनुभयो । शान्तिदीप प्रज्ज्वलितपछि दीपका साथ परराष्ट्रमन्त्री, भिक्षु सङ्घका वरिष्ठ भिक्षुहरू, आयोजक, विभिन्न देशका बौद्ध अनुयायी, चिनियाँ दूतावासका प्रतिनिधि सहभागी बाजागाजासहितको टोली मायादेवी मन्दिर पुगेको थियो । त्यहाँ विशेष पूजाआजा भएको थियो ।


विभिन्न कार्यक्रमका साथ शुभारम्भ भएको शान्तिदीप बिहीबार बुटवल हुँदै पाल्पा पुगेको छ । शान्तिदीपलाई शुक्रबार स्याङ्जा हँुदै पोखरा पुर्‍याइनेछ । ५ गते पोखराबाट दमौली हुँदै र्‍याली काठमाडौँ पुग्ने कार्यक्रम छ । शान्तिदीपलाई नेपाल सरकारले चीन सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरी चीन सरकारका प्रतिनिधिहरूले हवाईमार्ग हुँदै शान्तिदीपलाई ७ गते साङ्घाईमा पुर्‍याउनेछन् ।
‘हाम्रो शान-लुम्बिनी बुद्धको जन्मस्थान’ मुख्य नारासहित शान्तिदीप र्‍याली लुम्बिनीदेखि सुरु गरिएको हो ।
विश्व शान्तिदीपलाई भदौ १७ गतेसम्म साङ्घाईको प्रसिद्ध लोङ्गहृवा गुम्बामा चिनियाँ सर्वसाधारणको अवलोकनका लागि राखिने र भदौ १८ गते नेपाल पेभेलियन डेको समुद्घाटनको अवसर पारेर नेपाल मण्डपमा राखिने भएको छ ।
लुम्बिनी शान्तिदीप साङ्घाई विश्व प्रदर्शनी अवधिभरि नेपाल मण्डपमा प्रज्ज्वलन गराई राखिने र यसबाट बुद्ध जन्मस्थल लुम्बिनीबारे अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि थप मद्दत पुग्ने आयोजकको भनाइ छ ।

No comments: