Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, March 27, 2011

गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्य कपिलबस्तु दिवस अभियान सार्क र नेपाल समितिको सल्लाहकारमा रहनु हुने

Posted by Ram Kumar Shrestha on August 18, 2010
१८ अगस्ट, २०१०। आज गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार र बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्यज्यूको कुलेश्वर आवासस्थित निवासमा उहाँसँग कपिलबस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क संयोजक राज श्रेष्ठ र नेपाल संयोजक लक्ष्मण पुरी बीचको भेटघाट र कुराकानी अभियानको नेपाल समिति गठन गर्ने सिलसिलामा   उत्साहप्रद र फलदायी रह्यो । श्री केदार शाक्यज्यूलाई यस अभियानको सार्क समितिमा सल्लाहकारको रुपमा बसी दिन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै यस अभियानले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रको समाचार टेलिभिजनमार्फत सुनेर आफू अत्यन्त प्रभावित हुनु भएको उहाँले बताउनु भयो। यस अभियानलाई आफूले हरतरहले सक्दो सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो। उहाँले गोरखापत्र दैनिकको सम्पादकको रुपमा ३० वर्षसम्म काम गरिसक्नु भएको छ भने उहाँका भगवान् बुद्ध र बौद्ध धर्मसम्बन्धी दर्जनौं लेख प्रकाशित भइसकेका छन्। लुम्बिनी विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रही सक्नुभएका प्राध्यापक शाक्यबाट यस अभियानलाई महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गर्न सकिन्छ ।

श्री शाक्यज्यूबाट डा. कवितारामज्यूबाट विश्व सल्लाहकारमा राख्न उपयुक्त हुन्छ भनी प्रस्ताव गर्नु भएका आनी छोइङ्ग डोल्मासँग सम्पर्क गरी उहाँसँग भेटने समय मिलाइ दिनु भएको छ । अन्तरराष्ट्रिय स्तरमा सुपरिचित आनी छोइङ्ग डोल्मा यस अभियानका सल्लाहकारको रुपमा रहँदा अभियानलाई राम्रै प्रसिद्धि मिल्नेछ भन्ने आशा गर्न सकिन्छ ।
श्री शाक्यज्यूबाट यस अभियानलाई गति दिन सामाजिक क्षेत्रमा क्रियाशील, राजनीतिक चेतना भएका र धार्मिक चित्तवृत्ति भएका सक्रिय व्यक्तिको खाँचो छ भन्नु हुँदै त्यस्ता व्यक्तिलाई सदस्यको रुपमा राख्न जरुरी भएको बताउनु भयो । उहाँसँग राम्रो सम्पर्कमा रहनु भएका महानुभाव मध्ये पत्रकार तथा लेखक श्री वसन्त महर्जन, अनुसन्धानकर्ता तथा पुरातत्वविद् श्री हरेराज जोशी, सम्बन्धित क्षेत्रमा राम्रो दखल भएका श्री सूर्यभक्त सांगाछें, ललितपुर जिल्लाका पूर्व मेयर श्री बेखारत्न शाक्य, समाजसेवी श्री धर्मरत्न शाक्य जस्ता व्यक्तित्वहरु हाम्रो अभियानका लागि उपयुक्त हुने सुझाव दिनु भयो। ती मध्ये श्री वसन्त महर्जनज्यूको गोरखापत्रमा प्रकाशित नेपालमा थप दुई बुद्ध नामक लेख अभियानको ब्लगमा पनि प्रकाशित छ भने उहाँका लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक र पुरातात्विक लेखहरु रहेको एउटा पुस्तक पनि प्रकाशित छ । उहाँलाई पनि शुक्रवार बेलुका नै आनी छोइङ्ग डोल्मासँगको भेटघाटमा आमन्त्रण गरिने भएको छ । सोही समयमा उहाँहरु दुबैलाई यस अभियानको सल्लाहकार र सदस्यको रुपमा बसी दिन अनुरोध गरिने कार्यक्रम छ ।
डा. कविताराम श्रेष्ठज्यूबाट यस अभियानका सल्लाहकार सदस्यहरु र पत्रकार मित्रहरुलाई पनि साथमा लिएर लुम्बिनी कपिलवस्तु क्षेत्रको स्थलगत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको श्री केदार शाक्यज्यूलाई जानकारी गराउनु भयो ।
आजको यस भेटघाटमा देवदह संरक्षण प्रतिष्ठानका अध्यक्ष श्री रामचन्द्र पाण्डेसंग पनि भेटघाट भयो । उहाँ देवदहका स्थानीय व्यक्तित्व हुनुहुन्छ र पुरातत्व विभागलाई देवदह वरपरको पुरातात्विक क्षेत्र अन्वेषणमा सहयोग पुर्‍याउँदै आउनु भएको छ । लुम्बिनीको मायादेवी मूर्तिकै सदृष्य देवदहमा पनि अर्को मूर्ति स्थापना गरी मायादेवीको मन्दिर निर्माणको क्रममा स्तुप निर्माण अहिले पाटनमा हुँदै गरेको र सोही स्तुप लिन उहाँ काठमाडौं आउनु भएको कारण उहाँसंग भेटघाट गर्ने अबसर मिलेको थियो । उहाँलाई पनि नेपाल कमिटीका सल्लाहकारको रुपमा बसिदिन गरिएको अनुरोध  उहाँले सहर्ष स्वीकार गर्नु भएको छ । सोही संस्थाका अर्का सदस्य श्री विराज पाण्डे इन्टरनेट प्रविधि क्षेत्रमै सक्रिय रहनु भएको हुँदा उहाँलाई पनि हामीले सदस्यमा आमन्त्रण गरिएको छ । गएको दस वर्षदेखि देवदहका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको संरक्षणमा सक्रिय रहनु भएका श्री रामचन्द्र पाण्डेजीबाट सो क्षेत्रमा पुरातत्वदि्हरु र इतिहासविद्हरुको सम्मेलन गरी संरक्षण गर्न खोजेपनि उपलब्धि नभएपछि स्थानीयतहबाटै संरक्षणका लागि उठेको र उत्खनन गरिएका पुरातात्विक बस्तुको सुरक्षा गर्न समेत कठिनाइ रहेको अनुभव सुनाउनु भयो ।

No comments: