Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

कपिलबस्तु दिवस: वेलायत कार्यक्रमको सूचना

Posted by Ram Kumar Shrestha on November 20, 2010
नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थललगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली लुम्बिनी बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । आगामी डिसेम्बर १ मा दोस्रो कपिलबस्तु दिवस मनाउने तयारी बिभिन्न देशमा आ-आफ्नै किसिमले भैरहेको सन्दर्भमा वेलायतमा भने महामहिम राजदूतको प्रमुख आतिथ्यमा आगामी नोभेम्बर २७ शनिबारका दिन so asia Slough मा प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको महामहिम राजदूतबाट बिमोचन गरिने, अभियानको इ-स्मारिका महामहिम राजदूतद्धारा रिलिज गराइने तथा अभियानको पुस्तिका दूताबासको भिसा शाखामा भिसा तथा अन्य प्रायोजनको लागि आउने बिदेशीको जानकारीको लागि राखिदिनको लागि हस्तान्तरण गरिने लगायतका कार्यक्रम सहित मनाउने किसिमले कार्य भैरहेको छ । उक्त कार्यक्रममा उपस्थित हुनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ ।
समय: उपस्थिति समय बिहान ११ देखि १२ बजे र कार्यक्रम शुरु हुने समय १२ बजे
स्थान : sa asia Slough
277 High Street
Slough
Berkshire
SL1 1BN
Kapilvastu Day Movement UK National Committee

अस्ट्रेलियामा बुद्ध धर्मं प्रबचन सम्पन्न

Posted by Ram Kumar Shrestha on November 14, 2010
Nepalisrael
सिड्नी बिगत २/३ बर्षदेखि बुद्ध धर्मको बारेमा संलग्न बुद्ध दर्शन समितिले गत ७ नोबेम्बरमा बुद्ध धर्मं प्रबचन कार्यक्रम संपन गरेको छ ! सिडनीको नेपाली समुदयामा संभवता प्रथम पटक खोटांग हलेसी/मारातिका गुम्बाका प्रमुख लामा  धर्मं गुरु खेन्पो कर्म वान्छु शेर्पाबाट प्रबचन संपन्न गरिएको उकता कार्यक्रममा शेर्पा, गुरुरंग, तमांग हेल्मो लगायत अन्य नेपाली समुदय र अस्ट्रेलियनहरुको सहभागिता रहेको थियो !
बुद्ध धर्मंप्रति आफूलाई अर्पण गर्न एकपल्ट ठूलो लामा गुरुको शरणमा परेर आफुले बचन बद्धता जाहेर गर्नु पर्ने, जुनसुकै अवस्थामा रहे पनि ॐ मनी पद्मे हु ऋ उच्चारण गर्नु पर्ने जस्ता कुराहरुबाट शुरु गरिएको प्रबचन, अत्यन्त शान्त, सरल, र समधुर ढंगमा करीब ३ घटासम्म सहभागीहरुलाई मंत्र मुग्ध गराइएको थियो भने  कार्यक्रमको अन्तिम चरणमा सातओटा आसनको ध्यान/ मेडीटेसन गराइएको थियो !  उक्त   कार्यक्रममा सहभागी हरुले आफ्नो मनमा लागेको कुराहरुलाई सोधेर तृष्णा मेटायेका थिए ! सो कार्यक्रममा बिपस्वी तथा आदिबासी जनजाति मंच. अस्ट्रेलियाका सभापति श्री गणेश तमांगले पनि आफ्नो भनाई राख्नु भएको  थियो !  कार्यक्रममा बुद्ध दर्शन समितिका जनसंपर्क अधिकारी श्री सुदीप गौचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने प्रबिधिमा मोहन राइले सहयोग गर्नु भएको थियो !  आगामी दिनहरुमा पनी प्रबचन लाइ नियमित गर्ने समितिले सोच बनाएको छ ! कार्यक्रमबाट बिदा हुन अगाड़ी खेन्पोबाट सुंग्दी (जन्तर) मिन्दुप (पबित्र दाना) सहित आशीर्बाद दिनु भेएको थियो ! क्रयाक्रमको संचालन  बुद्ध दर्शन समितिका संयोजक  नीमा ग्याल्जे शेर्पा गोपर्माले गर्नु भएको थियो !

कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on November 11, 2010
नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन – सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली कपिलबस्तु बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन कार्य तीब्र गतिमा अगाडि बढने क्रममा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन गर्ने यूके तेस्रो मुलुक हुन पुगेको छ । यसरी राष्ट्रिय समिति गठन गर्नेमा स्पेन पहिलो र बेल्जियम दोस्रो देश हुन ।
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ ।
अभियानलाई ब्यापक रुप दिन र यस्का गतिबिधिहरुलाई सहज बनाउनका लागि पछि बिस्तार गर्ने किसिमले हालमा यूकेमा भएका ठूला संस्थाहरु  र तीन ठूला राजनीतिक पार्टीका भातृ संगठनका प्रमुखहरु गरी हालमा आठ जनालाई पदेन सल्लाहकारको रुपमा राखिने निर्णय गरिएको छ । सल्लाहकारमा राखिने संस्थाहरु: एनआरएनए यूके, बिसिसी युके, पासा पुच्च, तमुधीं, यति र तीन ठूला राजनीतिक पार्टी एनेकपा माओबादी, नेपाली कांग्रेस र एनेकपा एमालेका भातृ संगठनका प्रमुखहरु छन ।

तारे होटलको आम्दानी लुम्बिनीको विकासमा खर्चिने जापानीको घोषणा

Posted by Ram Kumar Shrestha on November 6, 2010
ekantipur By माधव ढुंगाना
भैरहवा, कार्तिक २० – बुद्ध जन्मस्थल लुम्बिनीको नाममा आफ्नो दुनो सोझ्याउने व्यक्तिको कमी छैन । बुद्धको नाममा सहजै सहयोग जुटाउन सकिने भएका संस्था खोलेर चन्दा माग्ने प्रवृत्ति विदेशमा समेत विस्तार हुँदै छ । एक जापानी नागरिकले भने लुम्बिनीप्रति समर्पित हुँदै त्यसको विकासमा सघाउन करोडौं खर्च गरेर तीन तारे होटल सञ्चालनमा ल्याएका छन् ।
जापानको टोकियो निवासी ६५ वर्षीय नोबुओ कासाईले लुम्बिनी परिसरमा खोलेको तीन तारे ‘होटल लुम्बिनी कासाई’ को सबै मुनाफा लुम्बीनीको विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।
‘होटलबाट प्राप्त हुने सबै नाफा लुम्बिनीको विकासमा खर्च गर्छु,’ उनले भने, ‘म लुम्बिनीको नाममा व्यापार गर्न आएको
होइन । मलाई नेपालबाट पैसा कमाएर लैजानु पनि छैन । उनले यो होटल आफ्नोतर्फबाट लुम्बिनी र स्थानीय बासिन्दाका लागि उपहारका रूपमा रहने बताए । ४० वर्ष उमेरको छँदा तीन-चार वर्षसम्म मुटुको बिरामी भएर जीवनमरणको दोसाँधमा रहेका बेला बाँचेको खण्डमा लुम्बिनीमा केही गर्ने संकल्प गरेको कासाईले बताए । ‘त्यही संकल्प पूरा गर्न होटल बनाएको हुँ,’ उनले भने ।
कासाई जापानमा रियलस्टेटको कारोबार गर्ने धनाढ्य व्यवसायी हुन् । जापानमा सबैभन्दा धेरै कर तिर्ने दस हजार व्यक्तिमध्येका कासाई एक भएको उनलाई जापान छँदैदेखि नजिकबाट चिन्ने स्थानीय डा. तारा सापकोटाले बताए । कानुनमा वातावरणसम्बन्धी विद्यावारिधि गर्न जापानको नागोया विश्वविद्यालयमा रहेका सापकोटासँग कासाईको भेट भएको थियो । त्यसपछि उनी नेपालमा लगानी गर्न उत्साहित भएका थिए ।
लुम्बिनीमा होटल सञ्चालनका निम्ति कासाईले सुरुदेखि १ अर्ब १ करोड येन -करिब ३६ करोड रुपैयाँ) खर्च गरेका छन् । ‘होटलले निरन्तरता पाओस् भन्ने उनको चाहना छ,’ सापकोटाले भने, ‘यसका कामदारलाई समेत उनी सन्तुष्ट राख्न चाहन्छन् । त्यसका लागि कासाईले व्यक्तिगत धेरै सम्पत्ति बेचेर नेपाल ल्याएका छन् ।


कतारमा कपिलबस्तु दिवस भब्यतापूर्वक मनाउने तयारी

Posted by Ram Kumar Shrestha on November 3, 2010
दोहा, कतार: युनेस्कोले समेत विश्व सम्पदा सूचिमा राखेको विश्वका एक नक्षत्र र एसियाको ज्योति गौतम बुद्धको जन्मस्थान नेपालमा अवस्थित लुम्बिनीको कपिलबस्तुलाई केही समय यता सन् २०१२ मा निर्माण कार्य सम्पन्न गर्ने गरी नेपालको सीमा नजिकै पिपरहवामा कपिलबस्तु जस्तै संरचनाको निर्माण गरी वास्तविक कपिलबस्तुलाई विवादमा ल्याउने र सांस्कृतिक रुपमा हस्तक्षेप गर्न लागि परिरहेको सन्दर्भमा विश्वभर गौतमबुद्धको जन्मस्थल लुम्बिनी कपिलबस्तु नेपालमा नै रहेको तथ्यलाई दह्रोसंग स्थापित गर्नु आबस्यक भएको महसूस बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले गरे । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण भएकोले यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । र १ डिसेम्बर २००९ मा पहिलो पटक बिस्वभर छरिएर रहेका नेपालीहरुले बिभिन्न देशमा बिभिन्न किसिमले कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाए ।
कपिलबस्तु दिवसलाई निरन्तरता दिन अभियानको रुपमा संस्थागत गरिनु आबस्यक देखिएको र भारतद्धारा सिर्जित दिग्भ्रमले बिभिन्न तवरबाट बिस्वब्यापी रुप लिएको कारण अभियानको प्रकृति बिस्वब्यापी हुनुपर्ने महसूस गरी कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति निर्माण कार्य पुरा गरी अब क्षेत्रीय र राष्ट्रिय समितिहरु निर्माण गर्ने क्रम तीव्र छ भने १ डिसेम्बरलाई कपिलबस्तु दिवसको रुपमा मनाउन विश्वभरका नेपालीहरु उत्साहित देखिएका छन । यसै क्रममा कपिलबस्तु दिवस अभियानका मध्यपूर्व संयोजक हरि नेपालीको उपस्थिति तथा कतार राष्ट्रिय कार्यसमितिका संयोजक श्रीकृष्ण भट्टराईको विशेष सक्रियतामा कतारमा कार्यरत विभिन्न २८ वटाभन्दा बढी संघसंस्थाहरुको दोहाको मुन्ताजा पार्कमा यही अक्टोबर ३० मा बसेको भेलाले व्यापक छलफल र अन्र्तकि्रयापश्चात डिसेम्बर ३ का दिन कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कपिलबस्तु दिवस भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि भेलाले मान बहादुर साँवा लिम्बुको संयोजकत्वमा कार्यक्रम आयोजनाको लागि मुल समारोह समितिको समेत निर्माण गरेर तयारीको कामलाई तीव्रता दिएको छ । समितिका अन्य सदस्यहरुमा श्रीकृष्ण भट्टराई, कमल रेग्मी, बुद्धिराज अर्याल, भुपराज दवाडी, मुक्तिप्रसाद अधिकारी, तिलविक्रम थेवे, राधाकृष्ण देव, सुन्दर लामा, याकुव इब्राहिम र राम सुयाल रहेका छन् । जसले विभिन्न उपसमितिहरु बनाई कार्यविभाजन सहज र व्यवस्थित बनाउने समेत निर्णय भएको छ ।

कपिलवस्तु दिवस अभियानको बेल्जियम समिति गठन

Posted by Ram Kumar Shrestha on October 28, 2010
सन्तोष न्यौपाने दामोदर प्रसाद आचार्य, बेल्जियम: नेपालको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको विश्व संपदा सूचिमा (लिंकमा जान यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट लिपिबद्ध छ ।
यद्यपि केहिवर्ष यता भारतले नेपालको सिमा नजिकै रहेको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरी गौतम बुद्धको जन्मस्थल कपिलवस्तुलाई नै विवादको विषय समेत बनाएका कारण विश्वभर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्ने उद्देश्यले १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा कपिलवस्तु दिवस अभियान शुरु भएको छ । यसको विश्व कार्य समिति गठन कार्य पुरा भैसकेको कारण  हाल अभियानको विश्वभर क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको सन्दर्भमा बुधवार, २७ अक्टोवर, २०१० का दिन बेल्जियमको लुभेनस्थित बेसक्याम्प रेष्टुरेन्टको सभाकक्षमा कपिलवस्तु दिवस अभियान विश्व समिति अन्तर्गत बेल्जियम राष्ट्रिय समिति गठन भएको  छ । अभियानको सल्लाहकार समेत रहनु भएको वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सभाले अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विश्व समितिमा प्रधिनिधित्व गरिरहेका सन्तोष न्यौपानेको सयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिका संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) निता पुन, महेश थापा, अनन्त गुरुङ्ग, बिमल गिरी,  बिष्णु सापकोटा, केजिन राई, डिल्लीराम भण्डारी, गमबहादुर गुरुङ्गं, अनुजा प्रधान, ओम शर्मा, सोतागं तामाङ्ग, अर्जुन अधिकारी र रजनी प्रधान रहनुभएको छ । त्यस्तै गरि सल्लाहाकारहरुमा अर्जुनकुमार श्रेष्ठ, रबिन्द्रमान श्रेष्ठ, दामोदरप्रसाद आचार्य, कर्मा लामा र राधाकृष्ण अधिकारी रहनु भएको छ । कार्यक्रममा नेपाली दूतावासको तर्फबाट प्रथम सचिव रीता धितालले अतिथिको आसन ग्रहण गर्नुभएको थियो । साथमा वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठले लेख्नुभएको बुद्धको जीवनीमा आधारित पुस्तक “महाभिनिष्क्रमणका अस्विकृत पाइला”को लोकार्पण पनि भएको थियो ।

बुद्ध नेपालमा जन्मेको हो

Posted by Ram Kumar Shrestha on October 27, 2010
mulabato.com By किन्दर राई
‘Buddha was born in Nepal ‘ अर्थात बुद्ध नेपालमा जन्मेको हो । हालै हाम्रो अनलाइन मेडिया मूलबाटो डटकम (www.mulbato.com) बुद्ध नेपालमा जन्मेको हो (Buddha was born in Nepal) भन्ने भावका साथ एउटा टिर्सट बजारमा ल्याएको छ । यसैको सर्न्दर्भमा केहि प्रसंग कोट्याउने प्रयत्न गरेको छु ।
(रामदेवले भन्न चाहि बुद्द नेपालमा जन्मेको हो अनि आफ्नो दर्शनमा किताबमा चाहि भारत भन्ने यो कस्तो जाईजात्राहो-भिडिओ हेर्नुस)
एसियाको तारा भनेर चिनीएका गौतम बुद्ध संसारभरिका करोडौ मानव जातिकालागी भगवान हुन । आफुलाई कहिल्यै भगवान वा ठुलो मान्छे नभने पनि सम्पूर्ण मानव जातिका लागि मात्र नभएर सम्पूर्ण प्राणि जातिको सुख र सान्तिकालागि राजगद्धी त्यागेर शिर्द्धार्थ गौतमबाट भगवान गौतम बुद्ध भएपछि ऊ संसारभरिका मानव जातिकालागि साझा ब्याक्ती हुन् । ऊ कहाँ जन्मेका हुन् र कुन देशका हुन सामान्य कुरा हो । उनकोलागि कुनै जाति वा देशको परिधीहरु लागु हुदैन् र हुनु हुदैन ।
टिसट सार्वजनिक गर्नेक्रममा,पत्रकार संघ हंगकंगका अध्यक्ष किसन राई
यति हुँदाहुदै पनि बुद्धको जन्मेको प्राचिन स्थान हालको नेपालमा हुनुले नेपाललाई चिनाउने एउटा प्रशंग यही बुद्धको जन्मस्थल पनि एक रहेको छ । नेपालमा रहँदा बुद्ध नेपालको कपिलबस्तुमा जन्मेको कुराले महत्वको कुनै आभास त्यती हुदैन जति बिदेशमा रहँदा हुन्छ । संबृद्धिको उपल्लो खुट्किलो तिर लम्की रहेको मुलुकहरुमा सामान्यतया तल्लो तहको कामदारको रुपमा रहेर देशलाई संझदा यही एउटा बुद्धको देस भएको प्रशंगले पनि बिदेशीहरुको माझ अलि राहतको महसुस हुनु स्वभाविक हो ।
तर जब उहि बुद्धिष्ट धर्मालम्बिहरुको बाहुल्य भएको देशमा कसैले अन्जानबस वा आधिकारिक पक्षले नै बुद्धको जन्म स्थान भारत हो भनिदिदाँ भने बर्षौ देखी बुद्धलाई आफ्नो घरमा जन्मेको भगवान रुपी छोरालाई एक्कासी खोसे जस्तो लाग्दो रहेछ । हो यस्तै भयो हंगकंगमा शिक्षण पेसामा लागी परेका एकराज र्राईलाई जब उहाँले थाहा पाउँनु भयो कि हंगकंगको पाठ्य पुस्तकमा बुद्ध जन्मेको देश भारत हो । त्यसैगरि अधिराज र्राईले हंगकंगको बिद्यालयमा अध्यायन गरि रहेको आफ्नो छोराले सामान्य अध्यायन (General Studies)अन्तरगतको कुनै पाठमा बुद्ध जन्मेको देश भारत हो भनेर पढिरहेको देख्दा छोराले ठट्टा गरेर वा भुलवस त्यसरी पढि रहेछ भन्ठाने । तर जब वास्तवीकता थाहा भयो आखाँको सोझि नाक भने झै आफ्नै छिमेकी देशसँग सम्बन्धित यस्तो अन्तराष्ट्रिय स्तरको ब्याक्तीको जन्मदेशको बारेमा सरकारी तवरमा नै गरिएको यस्तो गल्ति प्रति अचम्म माने । हालै सांघाइ वर्ल्ड एक्स्पो घुम्न जाँदा गाइडले बुद्धको मुर्ति नजिक पुगेर देखाउँदा एभरेष्ट साप्ताहिक हंगकंगका सम्पादक तथा प्रकाशक किसन र्राईले उक्त गाइडलाई बुद्ध कुन देसमा जन्मेको हो थाहा छ भनेर मौकामा चौका हान्दै प्रश्न गर्दा उक्त गाइडबाट जवाफ पाए ” सायद भारत वा थाइल्याण्डमा होला” । कुनैपनि देशको अशिक्षित वा अर्धशिक्षीत ब्याक्तीहरुले बुद्धको जन्मस्थान बारे अन्जान हुनु वा केहि गलत अनुमान हून स्वाभाविक हुन जान्छ तर जब कुनै देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान इण्डिया हो भनेर गलत पढाइ हुन्छ भने त्यस देशबाट उत्पादित शिक्षीत ब्याक्तीहरुले पनि बुद्धको जन्मस्थान इण्डिया हो भनेर बुझ्ने छन् ।

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन (अपडेट)

Posted by Ram Kumar Shrestha on October 27, 2010
रमेश “आशिक ” पौडेल , बर्सेलोना- स्पेन:  नेपाल र हामी नेपालीहरुको गौरव तथा “एसियाको प्रकाश”को रुपमा परिचित गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्य विश्वको लागि नौलो विषय होइन् । यो युनेस्कोको बिस्व संपदा सूचिमा (लिंकमा जान यहाँ क्लिक गर्नुहोस) समेत स्पष्ट लिपिबद्ध छ । केही वर्ष यता भारतले नेपालको सिमा नजिकै रहेको पिपरहवामा नमुना कपिलवस्तु निर्माण गरी गौतम बुद्धको जन्मस्थल कपिलवस्तुलाई बिस्वका जनता बीच दिग्भ्रमित गर्ने काम गरेकोले विश्वभर गौतम बुद्धको जन्मस्थल लुम्विनी, कपिलवस्तु नेपालमा रहेको तथ्यलाई थप उजागर गर्ने उद्देश्यले १ डिसेम्वर, २००९ देखि विश्वव्यापी रुपमा कपिलवस्तु दिवस अभियान शुरु भएको हो । यस अभियानको बिस्व कार्य समितिले पूर्णता पाएपछि हाल विश्वभर यस अभियानको क्षेत्रिय तथा राष्ट्रिय समितिहरुको गठन कार्य अगाडि बढिरहेको सन्दर्भमा मिति २०६७ कार्तिक ०७  तदनुसार २४ अक्टोबर  २०१० का दिन स्पेनमा भएको एक भेलाले इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा उपयुक्त ब्यक्तिहरु पाइएको खण्डमा पछि थप्न सकिने गरी हाल ११ सदस्यीय कपिलवस्तु दिवस अभियान स्पेन राष्ट्रिय कार्य समिति गठन गरिएको छ । कार्य समितिका अन्य संयोजकहरुमाहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) रमेश “आशिक” पौडेल,   छिरिंग गुरुङ, ओमर गुरुङ, बलराम वाग्ले, बिष्णु रिजाल, गंगा शर्मा, बिनोद ढकाल, बबिन शर्मा, वान्ग्जु शेर्पा र रबि श्रेष्ठ हुनुहुन्छ । त्यसरी नै भेलाले स्पेनमा रहेका सबै संघ संस्थाहरुका प्रतिनिधिहरुहरुलाई सल्लाहकारको जिम्मेवारी दिने नीति अख्तियार गरे अनुसार सात जनाको सल्लाहकार समिति पनि गठन गरेको छ जस अनुसार सो समितिमा  रामलाल कंडेल, अनिल गुरुङ, पुष्प तिमिल्सिना, एकराज गिरि, बुद्ध मिलन थापा, जगत पाल सिलवाल र रिन्चेन शेर्पा हुनुहुन्छ ।

पेरिसमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठनबारे छलफल

Posted by Ram Kumar Shrestha on October 27, 2010
कपिलबस्तु दिवस अभियानका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ स्पेनमा अभियानको राष्ट्रिय समिति गठन र उहाँद्धारा नै लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन गरी यही २५ तारिख पेरिस पुग्नु भएको अबसरमा राजेन्द्र कार्की, अनुराधा पौडेल र ददिराज सापकोटाको सहयोगमा पेरिसस्थित नेपाली दूताबासको कन्सुलरको प्रमुख आतिथ्य र एनआरएनका अध्यक्षको बिशेष उपस्थितिमा बुद्धिजिबी, पत्रकारहरु र सर्ब साधारणको भेला भएको थियो जस्मा कपिलबस्तु दिवस अभियान र यस्को फ्रान्सको राष्ट्रिय समिति गठनबारे छलफल गरिएको थियो । सोही अबसरमा “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” नामक बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यासको बिमोचन समेत गरिएको थियो । प्रो डा कबिताराम श्रेष्ठ आज बिहान बेल्जियम पुगिसक्नु भएको छ जहाँ कपिलबस्तु दिवस अभियानको बेल्जियम राष्ट्रिय समिति गठन गर्ने र उहाँद्धारा लिखित “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” उपन्यासको बिमोचन गरिने कार्यक्रम छ ।
Some more photos:

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on October 24, 2010
बार्सिलोना, स्पेन । बार्सिलोना स्पेनबाट रमेश पौडेलले पठाउनु भएको जानकारी अनुसार त्यहाँ आज कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन भएको छ । यस अभियानका सल्लाहकारहरुमध्यका एक प्रो डा कबिताराम श्रेष्ठको समुपस्थितिमा भएको करीब २५-३० जनाको भेलाले इस्वर शर्माको राष्ट्रिय संयोजकत्वमा समिति गठन गरेको हो । मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी वेलायतका रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी १६ सेप्टेम्बरमा पूर्णता दिइएपस्चात अभियानको क्षेत्रीय र राष्ट्रिय समिति गठन गरी संगठन बिस्तार गर्ने अभियानको योजना अनुरुप स्पेन राष्ट्रिय समिति गठन गर्ने पहिलो देश हुन पुगेको छ । भेलाले आगामी डिसेम्बर १ मा कपिलबस्तु दिवस मनाउने निर्णय पनि गरेको छ । स्मरण रहोस गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाइएको थियो भारतले नक्कली लुम्बिनी बनाएर बिस्वका जनतालाई बुद्धको जन्म स्थानबारे दिग्भ्रमित तुल्याएर बुद्धको जन्मस्थान भन्दै दिग्भ्रमित बिस्व जनतालाई नक्कली लुम्बिनीमा लैजाने गरेको पाइएकोले । कपिलबस्तु दिवस अभियानको स्पेन राष्ट्रिय समिति गठनबारे बिस्त्रित जानकारी छिट्टै उपलब्ध गराइने छ ।

Lumbini, Nepal: The Birthplace of Sakyamuni Buddha

Posted by Ram Kumar Shrestha on October 23, 2010

कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु

Posted by Ram Kumar Shrestha on October 6, 2010
अहिलेसम्म भएका गतिबिधिका आधारमा पहिला तयार गरिएको निर्णयमा केही परिमार्जन गरिएको छ । यस्मा केही थपघट गर्नु पर्ने जस्तो लागेमा र कहीं गल्ती भेटिएमा अथवा छुटफुट भएको पाइएमा सुझाब पाउँ । प्राप्त सुझाबका आधारमा परिमार्जन गरी आगामी हप्ता यस्लाई ब्लगमा राखिदिनेछु ता कि कसैलाई आबस्यक पर्दा त्यहींबाट हेर्न सकियोस । यस्को लागि ब्लगमा KDM Document पेजमा राख्नेछु । यस अभियानका महत्वपूर्ण आधिकारिक सामग्रीहरु यस पेजमा राखिनेछ । बिधान नबन्दासम्मको अवस्थामा यसैलाई अभियानको बिधानको रुपमा मानिनेछ ।
कपिलबस्तु दिबस अभियानको प्रथम बिस्व कार्य समितिका हालसम्मका निर्णयहरु
कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन नसक्ने भएकोले कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने आवाज उठन थाल्यो गत बर्ष बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच ।

एउटै बिहारमा १३ हजार बुद्धमूर्ति

Posted by Ram Kumar Shrestha on October 3, 2010
ekantipur By निर्मल श्रेष्ठ
हङकङ, आश्विन १७ – एउटा मन्दिर वा बिहारमा एकैखालका कतिवटासम्म मूर्ति हुन सक्लान् ? पचास, सय, पाँच सय वा
हजार ? हङकङको सा टिनस्थित ‘टेन थाउजेन्ड बुद्धाज मोनास्ट्री’ का नाउँले परिचित बिहारमा एकैनासका १३ हजार बुद्धमूर्ति छन् । बिहारको नाम टेन थाउजेन्ड (दस हजार) नामकरण भए पनि मूर्ति थपिँदै जाँदा १३ हजार पुगेको हो ।
मुख्य प्रवेशद्वारबाट बुद्ध बिहार पुग्न करिब पाँच सय सिँढी उक्लनुपर्छ । सिँढीका दायाँबायाँ राखिएका बुद्धका विभिन्न रूप बिहारको अर्को आकर्षण हो । बुद्ध भन्नेबित्तिकै एकैखाले रूप सम्झने अधिकांश पर्यटक उनलाई बहुरूपमा देख्दा अचम्म मानेर घोरिएका भेटिए । यहाँ ध्यानमग्न, सँगै हाँसिरहेका, कपाल भएका/नभएका, जुगा भएका र वृद्ध बुद्ध पनि छन् । यसलगायत ड्रागन, भ्यागुता, कछुवा रूपधारी लगायतका बुद्धमूर्ति पनि लस्करै ठड्याइएका छन् ।
सन् १९३३ मा चीनबाट आएका बुद्धिस्ट अनुयायी युत काईले यसै क्षेत्रमा बसी बुद्धधर्मबारे हङकङेलीलाई उपदेश दिएका रहेछन् । बिहार उनकै परिकल्पनामा आठ वर्ष लगाएर तयार पारिएको मन्दिरका पुजारीले कान्तिपुरलाई जानकारी गराए । प्यागोडा शैलीको बिहारमा बुद्धमूर्ति राख्ने कार्य सन् १९५७ मा सकिएको हो । आठ हेक्टरमा फैलिएको बिहार क्षेत्रलाई स्थानीय सरकारले पुरातात्त्विक महत्त्वको स्थल घोषणा गरेको छ । त्यसो त हङकङकै लानताउ आइल्यान्डमा विश्वकै अग्लो बुद्धमूर्ति पनि बनाइएको छ ।
३४ मिटर अग्लो ढलौटको मूर्ति खुला ठाउँमा भएका बुद्धमूर्तिमध्ये विश्वकै अग्लो हो । ध्यान मुद्रामा निर्मित २ सय ५० टनको मूर्तिका भित्री भागमा बुद्धका जीवनदर्शनसम्बन्धी सामग्री प्रदर्शित छन् । सन् १९९३ मा बुद्ध जयन्तीकै दिन खुला गरिएको मूर्ति हेर्न दिनहुँ सयौं पर्यटकको भीड लाग्छ ।

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक

Posted by Ram Kumar Shrestha on September 16, 2010
मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ ।  त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ ।  यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।
अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ ।
अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन शुरुमा ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएकोमा हाल अन्तरराष्ट्रिय ब्यक्तित्वका धनी गायिका आनी श्री छोइङ्ग डोल्मालाई थपिएकोले सल्लाहकार समिति आठ जनाको हुन गएको छ, जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ, उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका र सामाजिक क्षेत्रको तर्फबाट आनी श्री छोइङ्ग डोल्मा हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका  अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिने ब्यबस्था छ ।

चिनियाँ टोलीद्वारा लुम्बिनी भ्रमण

Posted by Ram Kumar Shrestha on September 14, 2010
नयाँ पत्रिका बुटवल, २८ भदौ
नेपाल भ्रमणमा रहेका चिनियाँ उच्च नेताहरूको टोली सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आई अवलोकन भ्रमण गरेको छ ।
टोलीलाई सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, रूपन्देही प्रहरी प्रमुख शेरबहादुर बस्नेत, नेपाल-चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटालगायतले स्वागत गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी सचिवालय सदस्य हे योङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन, लुम्बिनीको पुरातात्त्विक र ऐतिहासिक तथा धार्मिक महत्त्वबारेमा जानकारी लिनुका साथै लुम्बिनी क्षेत्रको विकासका लागि तयार भएको लुम्बिनी गुरुयोजनाबारेमा समेत जानकारी लिएको थियो ।
टोलीले लुम्बिनीको विकासमा चीनले गरेको सहयोग र विकास निर्माणका कामको जानकारी पनि लियो ।
मुख्य तीन दलको निमन्त्रणामा नेपाल आएको चिनियाँ उच्च टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य दलका नेताहरूसँग भेटी गतिरोध अन्त्यको प्रयास, संविधान लेखन प्रक्रिया, शान्तिप्रक्रिया र आपसी सहयोगलगायत विषयमा छलफल गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हे याङको नेतृत्वमा चिनियाँ टोली शनिबार नेपाल आइपुगेको हो ।