Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, March 24, 2011

बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

Posted by Ram Kumar Shrestha on July 15, 2010
संपूर्ण राष्ट्र प्रेमी नेपाली मित्रहरु,
मान्छे भएर जन्मेपछि पित्री ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार । नेपाली भएर जन्मिसकेपछि आबस्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरीकको कर्तब्य पनि ।
भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ ।
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तरराष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी   PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने,रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता राष्ट्रियताको भावनालाई उत्प्रेरित गर्ने थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ ।


बिस्वब्यापी रुप धारणा गरिसकेको यो समस्यालाई हाम्रो मात्रै प्रयासले समस्या समाधान गर्न बर्षौं लाग्न सक्छ भने सरकारी स्तरबाट पहलकदमी गरिने हो भने यो समस्या लामो समय समस्याको रुपमा रहन नसक्ने देखिन्छ सबै कुराहरुको बिस्लेषण गर्दा । अत: नेपाल सरकारलाई दबाब दिनको लागि शुरु गरिएको हस्ताक्षर संकलन यस कार्यमा आफूले पनि हस्ताक्षर गरी अरुलाई पनि यस्को लागि उत्प्रेरित गरी माटोको ॠण केही हदसम्म चुक्ता गर्ने अबसरको उपयोग गर्नु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । हस्ताक्षर गर्ने लिंकमा जानको लागि यहाँ क्लिक गर्न अनुरोध गरिन्छ ।
रामकुमार श्रेष्ठ
बिस्व संयोजक
कपिलबस्तु दिवस अभियान
http://worldamity.wordpress.com/
Published links:

No comments: