

मार्च ५, आसफोर्ड, केण्ट, वेलायत । ५४ बर्षीय विश्व साइकल यात्री ढाकेश्वर क्षेत्री विश्वका ३९ वटा मुलुकको भ्रमण पुरा गरी ४०औ मुलुकको भ्रमण गर्ने क्रममा वेलायतको आसफोर्ड आइपुगेको अवसरमा गुरुङ समाज केण्ट, वेलायत र कपिलबस्तु दिवस अभियानद्धारा संयुक्त रुपमा स्वागत र सहयोग कार्यक्रम आयोजना गरियो । समयाभाबका कारण गुरुङ समाज, केण्टका पदाधिकारी, फोल्कस्टोनका काउन्सिलर धन गुरुङ र कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र परिवारको उपस्थिति थियो इण्टरनेशनल हाउसमा आयोजित उक्त कार्यक्रममा । दुबै संस्थाहरुद्धारा बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले अहिलेसम्म गर्नु भएको सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनका कार्यक्रम अझ सहज र सफल रहोस भनी आ-आफ्नो संस्थाका तर्फबाट छुट्टाछुट्टै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा गुरुङ समाज केण्टका तर्फबाट २१५ पाउण्ड र कपिलबस्तु दिवस अभियानका तर्फबाट १५१ पाउण्डको चेक सहयोग स्वरुप बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीलाई हस्तान्तरण गरियो ।
बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले आज देशबारे चिन्तित हुनेहरुको अभाब देखिएको यस्तो बेलामा बिदेशमा बसेर पनि देशप्रति चिन्तनशील भएको नेपाली र अभियानहरु देखेर आफू उत्साहित भएको बताउनु भयो ।


कार्यक्रम सन्चालन गुरुङ समाज केण्टका सचिब गम गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुरुङ समाज केण्टका अध्यक्ष चित्र बहादुर गुरुङले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष गुरुङले विस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले नेपाल र नेपालीलाई विश्वमा चिनाउने जुन उदाहरणीय र अनुकरणीय काम गर्नु भएको छ त्यो अत्यन्तै प्रसंशनीय भएको र त्यसबाट प्रत्येक नेपालीले शिक्षा लिनु पर्ने बताउनु हुँदै आगामी दिनको उहाँको कार्यक्रम सफल होस भन्ने शुभ-कामना ब्यक्त गर्नु भयो ।
सन् २००४ को डिसेम्बरबाट विश्व साईकल यात्रा शुरु गरेका ढाकेस्वर क्षेत्री झापा दमकका हुन् र २०१३ मा साइकल यात्रा पुरा गर्ने लक्ष लिएका उनी वेलायतपछि आयरल्याण्ड, स्पेन, पोर्तुगल हुँदै अफ्रिका जानेछन ।
Published links:
No comments:
Post a Comment