Posted by Ram Kumar Shrestha on August 13, 2010
(हिजोको समाचारको अपडेट )
यस अवसरमा यस अभियानको उद्देश्य र हालसम्म गर्दै आएका कार्यको बारेमा डा विताराम श्रेष्ठबाट प्रधानमन्त्रीज्यूलाई जानकारी गराइएको थियो । यस अभियानको बारेमा प्रधानमन्त्रीज्यूबाट अभिरुचिपूर्वक सुन्नु हुँदै यसको उद्देश्य र कार्यलाई अत्यन्त सकारात्मक रुपमा लिनुभएको छ । उहाँले यस अभियानलाई विशेष गरी बौद्धधर्मावलम्बी मुलुकहरु जस्तै: थाइल्याण्ड श्रीलंका चिन जस्ता देशहरु फैलाउनु पर्ने सुझाव दिनु भयो । विभिन्न देशका
बौद्धधर्मावलम्बी जनतालाई समेत संलग्न गराउँदा यो अभियानले अझ सफलता पाउछ भन्ने उहाँको अर्को सुझाव रह्यो । सन् २०११ नेपालले पर्यटन वर्ष यस अभियानका सल्लाहकार एवम् संविधानसभा सदस्य तथा कपिलवस्तु जिल्लाका तर्पुबाट प्रतिनिधित्व गर्नु हुने सांसद श्री दिपकुमार उपाध्यायज्यूबाट कपिलवस्तुमा रहेका भगवान् बुद्ध सम्बन्धित पुरातत्व कै नक्कल गरी भारतमा बन्दै गरेको नक्कली कपिलवस्तुबारेमा प्रधानमन्त्रीज्यू र उपस्थित पत्रकार मित्रहरुलाई राम्ररी जानकारी दिनु भयो । बुद्धसँग सम्बन्धित चार पवित्रस्थल मध्य तीन स्थल भारत मै रहेका र एक बुद्धजन्मस्थल लुम्बिनी र कपिलवस्तु नेपालमा रहेकोमा यसमा भ्रम सिर्जना गर्नु पर्ने कुनै कारण नभएको कुरा उहाँले स्पष्ट पार्नुभयो ।
यस अभियानका अर्का सल्लाहकार डा। आरजु देउवा राणाबाट यस अभियानका सदस्यहरुबाट आधुनिक विद्युतीय प्रविधि इन्टरनेटको सकि्रय रुपमा प्रयोग
भएको प्रशंसा गर्नुभयो । सल्लाहकार राजेन्द्र श्रेष्ठबाट प्रधानमन्त्रीसँगको समय मिलाउन र यस कार्यक्रममा सकि्रय रुपमा संलग्न हुनु भएको थियो ।
कपिलवस्तु दिवस विश्व अभियानको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालका लगभग सबै टिभी कार्यक्रमहरुमा राम्रो कभरेज भएको छ । नेशनल टिभीले एक छुट्टै कार्यक्रममा करीव आधा घण्टाको समय बुद्धजन्मस्थलबारेको भ्रम र नेपालका सरकारी निकायहरुको उदासिनता र यस अभियानले उठाउँदै आएको प्रश्नलाई समेटिएको छ ।
No comments:
Post a Comment