Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, March 12, 2011

ताइबानबासीहरुले लोसार पर्ब २०११ मनाए

डा. हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान मार्च ११ २०११ । ताइवानमा नेपालीहरुबाट सोनाम र ग्याल्पो लोसार पर्व धुमधामकासाथ मनाइयो । उक्त कार्यक्रमकोआयोजना शेर्पा ह्योल्मो समाज ताइवानबाट गरिएको थियो । खासगरेर लोसार दुई तिब्बेतियन शब्दहरु "लो र सार" को सम्मिश्रणबाट बनेको पाइन्छ । "लो" को नेपाली अर्थ वर्ष र "सार" को अर्थ नयाँ हुन्छ । त्यसैले बौद्ध धर्माबलम्बीहरुले लोसार पर्वलाई लुनार नयाँ सम्बतको शुरुवातको रुपमा लिने गर्दछन् । यो वर्षलाई खरायो वर्षको रुपमा लिइन्छ ।

सोनाम लोसार पर्व फेब्रुअरी ३ र ४ २०११ का दिन सिन्चुवाङ्गमा विशाल कार्यक्रमको आयोजना गरी मनाइएको थियो । जहाँ सहभागीहरु लगातार २ दिनसम्म एकै ठाउंमा बसी मिष्ठान्न भोजनका साथै खेल र नाचगानमा पनि रमेका थिए भने केही नेपालीहरु भने ब्यस्तताको
कारण समापनको दिन बेलुकीमात्र सहभागी हुन पुगेका थिए । त्यस्तैगरेर ग्याल्पो लोसार पर्व भने मार्च ६ २०११ का दिन सान्सियाको सान्सिया डाँडा (नगरकोट डाँडा)  मा गएर मनाइएको थियो । उक्त कार्यक्रममा बौद्धधर्म गुरुबाट बौद्धधर्म परम्पराअनुसार पूजापाठ गरि लुङ्ता टाङ्गने कार्य पनि हर्षोल्लासकासाथ सम्पन्न गरियो । कार्यक्रममा बालिएको विभिन्न प्रकारको धूपको बास्नाले कार्यक्रमस्थल पूरै सुगन्धमय भएको थियो । सहभागीहरुलाई आयोजकबाट विभिन्न खानाको परिकार पनि उपलब्ध गराइएको थियो ।

यस लोसार पर्व संचालनमा श्री कसा्रंग लामा श्री सोनाम शेर्पा श्री िमंमा शेर्पा श्री पुूर्बासोनाम शेर्पा श्री पासांग शेर्पा श्री धामे लामा र श्री कर्मा लामाको विशेष भूमिका रहेको थियो । विगत वर्षहरुदेखि नै संचालन गर्दै आइएको यस कार्यक्रम सालबसालीरुपमा संचालन गर्दै लगिने कुरा पनि उक्त समाजका पदाधिकारीहरुबाट जानकारी गराईएको थियो ।

No comments: