Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, April 3, 2011

एउटै बिहारमा १३ हजार बुद्धमूर्ति

Posted by Ram Kumar Shrestha on October 3, 2010
ekantipur By निर्मल श्रेष्ठ
हङकङ, आश्विन १७ – एउटा मन्दिर वा बिहारमा एकैखालका कतिवटासम्म मूर्ति हुन सक्लान् ? पचास, सय, पाँच सय वा
हजार ? हङकङको सा टिनस्थित ‘टेन थाउजेन्ड बुद्धाज मोनास्ट्री’ का नाउँले परिचित बिहारमा एकैनासका १३ हजार बुद्धमूर्ति छन् । बिहारको नाम टेन थाउजेन्ड (दस हजार) नामकरण भए पनि मूर्ति थपिँदै जाँदा १३ हजार पुगेको हो ।
मुख्य प्रवेशद्वारबाट बुद्ध बिहार पुग्न करिब पाँच सय सिँढी उक्लनुपर्छ । सिँढीका दायाँबायाँ राखिएका बुद्धका विभिन्न रूप बिहारको अर्को आकर्षण हो । बुद्ध भन्नेबित्तिकै एकैखाले रूप सम्झने अधिकांश पर्यटक उनलाई बहुरूपमा देख्दा अचम्म मानेर घोरिएका भेटिए । यहाँ ध्यानमग्न, सँगै हाँसिरहेका, कपाल भएका/नभएका, जुगा भएका र वृद्ध बुद्ध पनि छन् । यसलगायत ड्रागन, भ्यागुता, कछुवा रूपधारी लगायतका बुद्धमूर्ति पनि लस्करै ठड्याइएका छन् ।
सन् १९३३ मा चीनबाट आएका बुद्धिस्ट अनुयायी युत काईले यसै क्षेत्रमा बसी बुद्धधर्मबारे हङकङेलीलाई उपदेश दिएका रहेछन् । बिहार उनकै परिकल्पनामा आठ वर्ष लगाएर तयार पारिएको मन्दिरका पुजारीले कान्तिपुरलाई जानकारी गराए । प्यागोडा शैलीको बिहारमा बुद्धमूर्ति राख्ने कार्य सन् १९५७ मा सकिएको हो । आठ हेक्टरमा फैलिएको बिहार क्षेत्रलाई स्थानीय सरकारले पुरातात्त्विक महत्त्वको स्थल घोषणा गरेको छ । त्यसो त हङकङकै लानताउ आइल्यान्डमा विश्वकै अग्लो बुद्धमूर्ति पनि बनाइएको छ ।
३४ मिटर अग्लो ढलौटको मूर्ति खुला ठाउँमा भएका बुद्धमूर्तिमध्ये विश्वकै अग्लो हो । ध्यान मुद्रामा निर्मित २ सय ५० टनको मूर्तिका भित्री भागमा बुद्धका जीवनदर्शनसम्बन्धी सामग्री प्रदर्शित छन् । सन् १९९३ मा बुद्ध जयन्तीकै दिन खुला गरिएको मूर्ति हेर्न दिनहुँ सयौं पर्यटकको भीड लाग्छ ।

No comments: