
कपिलबस्तु दिवस अभियानका मध्यपूर्व संयोजक हरि नेपालीको उपस्थिति तथा कतार राष्ट्रिय कार्यसमितिका संयोजक श्रीकृष्ण भट्टराईको विशेष सक्रियतामा कतारमा कार्यरत विभिन्न २८ वटाभन्दा बढी संघसंस्थाहरुको दोहाको मुन्ताजा पार्कमा यही अक्टोबर ३० मा बसेको भेलाले व्यापक छलफल र अन्र्तकि्रयापश्चात डिसेम्बर ३ का दिन कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कपिलबस्तु दिवस भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । जसको लागि भेलाले मान बहादुर साँवा लिम्बुको संयोजकत्वमा कार्यक्रम आयोजनाको लागि मुल समारोह समितिको समेत निर्माण गरेर तयारीको कामलाई तीव्रता दिएको छ । समितिका अन्य सदस्यहरुमा श्रीकृष्ण भट्टराई, कमल रेग्मी, बुद्धिराज अर्याल, भुपराज दवाडी, मुक्तिप्रसाद अधिकारी, तिलविक्रम थेवे, राधाकृष्ण देव, सुन्दर लामा, याकुव इब्राहिम र राम सुयाल रहेका छन् । जसले विभिन्न उपसमितिहरु बनाई कार्यविभाजन सहज र व्यवस्थित बनाउने समेत निर्णय भएको थियो ।
No comments:
Post a Comment