नेपाली ब्याबसायी संघ बेल्जियमले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । आफनो तेस्रो अधिवेशनको अवसर पारेर संघले पत्रकार न्यौपानेलाई
सम्मान गरेको हो । बेल्जियममा बसेर नेपाली भाषा कक्षा संचालन गरेर नेपाली बालबालिकाहरुको लागि भाषा सिकाइ भाषा संरक्षण र नेपाली समुदायमा सामाजिक क्रियाकलापमा विषेश योगदान दिएको भन्दै उनलाई सम्मान गरेको हो । पत्रकार न्यौपाने उज्यालो ९० नेटवर्क र न्युज २४ का बेल्जियमस्थित संवाददाता हुन भने कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति तथा कपिलबस्तु दिवस अभियान बेल्जियम समितिमा रहेर कार्य गर्दै आउनु हुने सर्जक पनि हुनुहुन्छ । पत्रकार न्यौपानेसंगै नेपाली भाषा संरक्षणमा सहयोग गरेबापत सोफिया महर्जन र सच्चा कार्कीलाई पनि सम्मान गरेको छ ।

No comments:
Post a Comment