Posted by Ram Kumar Shrestha on December 1, 2010
PROMOTING WORLD PEACE CITY LUMBINI, NEPAL - THE BIRTH PLACE OF THE BUDDHA
Lebels
- Article (29)
- Audio (6)
- Interview (5)
- Kapilvastu Day Movement (48)
- Miscellaneous (16)
- News (52)
- Poem (1)
- Visuals (22)
- गीत/ कबिता/ गजल (11)
- लेख / रचना/निवन्ध/ बिचार (38)
- समाचार (165)
Notice! Notice!! Notice!!!
This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com
Wednesday, April 13, 2011
उज्यालो ९० नेटवर्कको नेपाल दर्पण कार्यक्रममा कपिलबस्तु दिवससम्बन्धी कुराकानी
Posted by Ram Kumar Shrestha on December 1, 2010
कपिलवस्तु दिवस अभियान नेपाल समितिको प्रेस विज्ञप्ति
Posted by rajshrestha2002 on December 1, 2010
सम्राट अशोकद्वारा पहिचान गरी बुद्ध धर्म तथा यस स्थलको प्रचारप्रसारमा सहयोग पुर् याएको इतिहास भएपनि आधुनिक विश्वलाई यस स्थलको उत्खनन गरी अन्तर्राष्ट्रिय पहिचान दिलाउन भुमिका खेलेका जर्मन आर्कोलोजिष्ट एन्टन फुहररले लुम्बिनी कपिलवस्तुलाई पहिचान दिएको दिन सन् १८९६ डिसेम्बर १ लाई चीरस्मरणीय बनाउन र कपिलवस्तुको अन्तर्राष्ट्रिय महत्व स्थापित गर्न यो दिवस मनाउन थालिएको जानकारी गराउन चाहन्छौं ।
विशेषतः सूचना प्रविधिको यस युगमा तीब्र संचारमाध्यमहरुको दुरुपयोग गर्दै बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने नक्कली लुम्बिनीको प्रवद्र्धन गर्ने त्यस क्षेत्रमा उत्खनन गरिएका पुरातात्विक सामानहरुको चोरी निकासी गर्ने उत्खननमा बाधा पुर् याउने उक्त क्षेत्र विकासमा अन्तर्राष्ट्रिय कुटनीति प्रयोग गरी अवरोध खडा गर्ने भारत तर्फ प्याकेजका रुपमा लुम्बिनी भ्रमण गराउने तर लुम्बिनी नेपालमा भएको जानकारी लुकाई भ्रम खडा गर्ने तथा उक्त भ्रमणबाट नेपाल सरकारलाई कुनै आर्थिक लाभ नहुने सीमा क्षेत्रको असुरक्षा एवं भारतीय पक्षबाट लुम्बिनी डुबानमा पार्ने नियतले बनाइएको खुर्दलोटन बाँध जस्ता कि्रयाकलाप र भारतको उत्तरप्रदेश सरकारको गुरुयोजनामा सम्पन्न हुन लागेको नक्कली लुम्बिनी निर्माण जस्ता गतिविधिका कारण स्वाभिमानी नेपालीहरुको आस्था विश्वास र पहिचानमा धावा बोलेको महसुस भएकाले जनस्तरबाट नै यसको प्रतिवाद गर्दै अन्तर्राष्टिय क्षेत्रमा यसको पहिचान स्थापना र प्रवद्र्धनको निम्ति यो दिवस लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विभिन्न गतिविधि गरी विश्वभर मनाइन थालेको हो ।
भारत लगायत विभिन्न पश्चिमी मुलुकहरुमा समेत पाठ्यक्रममा बुद्धको जन्मस्थल भारत भएको उल्लेख भएको र संसारमा अरबौं बौद्ध धर्मावलम्बी हुँदा समेत यथार्थ जानकारी नहुँदा दिग्भ्रमित भई बुद्धिष्टहरुको पवित्र तिर्थस्थल ओझेलमा परी अत्यन्त न्यून सख्यामा मात्र तिर्थालु तथा पर्यटकको आगमन नेपालका लागि दुःखद अवस्था हो । राज्यस्तरबाट लुम्बिनी विकासमा देखाइएको उदासिनता आवश्यक पूर्वाधार निर्माणमा ढिलासुस्ती एवं प्रवद्र्धनमा देखाएको उपेक्षाले सम्पूर्ण नेपालीहरुलाई आवाज बुलन्दका निम्ति बाध्य पारिएको छ । तसर्थ राष्ट्रको पहिचानलाई नै आपुनो पहिचान ठानी यस प्रकारका कि्रयाकलापको प्रतिवाद गर्न एवं आपुनो पहिचानको स्तम्भलाई अन्र्तराििष्ट्रय जगतमा स्थापित गरी समग्र मुलुकलाई गौरवलायक एवं समृद्ध बनाउन सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई यो दिवस भव्यताका साथ मनाउन अनुरोध गर्दछौं । साथै यस अभियानलाई सार्थक बनाउन भूमिका खेल्न समपूर्ण मिडियाहरुमा समेत सादर अनुरोध गर्दछौं ।
कपिलवस्तु दिवस अभियान नेपाल समितिको तर्पुबाट लुम्बिनी र कपिलवस्तु क्षेत्रको सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्न सरकारसँग माग
१। नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा लुम्बिनीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा मात्रै प्रचारप्रसार नगरी विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा समेत लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार गरिनु पर्दछ । चीन जापान म्यान्मार थाइल्यान्ड उत्तर र दक्षिण कोरिया र श्रीलंका जस्ता बौद्ध धर्मावलम्बीहरु अत्यधिक रहेका देशहरुमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई बौद्धहरुकै पवित्र तीर्थस्थलको रुपमा नेपाल सरकारले प्रचारप्रसारलाई तीव्र बनाउनु पर्दछ । ती देशहरुबाट पर्यटकहरुलाई विशेष सहुलियत दिई अत्यधिक संख्यामा बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनी र कपिलवस्तुको भ्रमणका लागि आकर्षित गर्नु पर्दछ ।
२। लुम्बिनी र कपिलवस्तु क्षेत्रका ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरुको सुरक्षा र संरक्षणको विशेष व्यवस्था गर्नुपर्दछ । मायादेवी मन्दिरमा रहेको दानपात्र पटक पटक चोरी हुँदा समेत प्रहरी प्रशासनबाट कुनै कारवाही नहुँदा यस्ता गम्भीर प्रकृतिका अपराध बारम्बार दोहरिइ अपराधीहरुको मनोबल बढेको देखिन्छ । यसबाट बुद्धजन्मस्थलको पहिचान चिन्ह मार्कर स्टोनको सुरक्षामा समेत ढुक्क हुन नसक्ने अवस्था सिर्जना भएको छ भलै यसलाई बुलेटप्रुफ सिसाभित्र राखिएको किन नहोस् । त्यसैले लुम्बिनी र कपिलवस्तु क्षेत्रको ऐतिहासिक र पुरातात्विक स्थलहरुको सुरक्षा र संरक्षण पर्यटक र तीर्थयात्रीहरुको सुरक्षाका साथसाथै अपराध कार्यमा संलग्न अपराधीहरुलाई कडा कारवाही गर्न नेपाल सरकारसँग विशेष सुरक्षाको माग गर्दछ ।
संचारकर्मी र कलमकर्मीहरुद्धारा प्रसंशनीय कार्यको शुरुवात
Posted by Ram Kumar Shrestha on November 30, 2010
हामी नेपाली भनेर त्यस बेलासम्म भन्न पाउनेछौं जुन बेलासम्म नेपाल एउटा स्वाभिमान देशको रुपमा रहिरहन्छ । नेपालको अस्तित्व समाप्त भएको खण्डमा हामी नेपाली भन्ने अबसरबाट बन्चित हुनेछौं । कुनै पनि देशको सरकारको एउटा प्रमुख कार्य भनेकै राष्ट्रियताको संरक्षण गर्नु र देशभित्र शान्ति अमन चयन कायम गर्नु हो । संक्रमण काल भएको कारण शान्ति सुरक्षाको सवालमा लचकता
देखाउन सकिन्छ सरकारद्धारा उद्धेस्य प्राप्त गर्न नसकेको खण्डमा, तर राष्ट्रियताको सवालमा सबैभन्दा पहिला सरकार बोल्नै पर्ने हुन्छ । यो सर्ब मान्य कुरा हो जुनसुकै देशको लागि पनि, तर वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन(यसबारेको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस) र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गरेको छ, भारतले करोडौं रुपयाँ खर्च गरेरनक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्यो हाम्रो थुप्रै बिरोधका बाबजुद बुद्धलाई उही भारतीय परिचय दिंदै, तर सरकार आँफै यस्ता संबेदनशील बिषयहरुमा बोल्न पर्नेमा जन दबाब, संचारकर्मी र कलमकर्मीहरुको दबाबका बाबजूद पनि सुने नसुने झैं, थाहै नपाए झै गरी बसेको देखिनु आस्चर्यको कुरा हो । यस्ता कुरामा सरकार आँफै अग्रसर हुँदा समस्या समाधानका संभाबना जति सहज हुन्छ त्यत्ति सहज अरुले गर्दा हुन सक्तैन । र पनि नेपाली जनता आ-आफ्नै किसिमले आफ्नो राष्ट्रियताको संरक्षणको लागि जतिसुकै समस्या सामना गर्न परे पनि संघर्षरत देखिन्छन ।
Tuesday, April 12, 2011
Buddha Jayanti Quizz Competition
Kapilvastu Day Movement Canada is celebrating Buddha Jayanti 2011 with different programs. In Greater
TorontoArea, documentary screening on life of Buddha and an intellectual discourse followed by the movie screening would be organised. In Vancouver, Kapilvastu Day Movement and NCSBC Youth Club (NCSBC YFC) are organizing Quiz Contest on 15th of May, 2011. The Vancouver program is sponsored by PNEFA and PACE Canada College.
Program details and reading materials For the Quiz Competition:
Vancouver Program Details
First Answering Team 1 min
Next Team – 20 second each
Total Questions: 40 Questions
If there is a tie 3 questions will be provided to each team in tie until the tie breaks.
Next Team – 20 second each
Total Questions: 40 Questions
If there is a tie 3 questions will be provided to each team in tie until the tie breaks.
Concentrations
1. Nepal
2. Lumbini
3. Kapilvastu
4. Buddhist population in Canada
5. Buddhist Population Worldwide
Date: May 15, 2011
Time: 1:00PM – 3PM
Venue: Bear Creek Park Surrey
1. Nepal
2. Lumbini
3. Kapilvastu
4. Buddhist population in Canada
5. Buddhist Population Worldwide
Date: May 15, 2011
Time: 1:00PM – 3PM
Venue: Bear Creek Park Surrey
Organizers:
1. NCSBC YFC
2. Kapilvastu Day World Movement
1. NCSBC YFC
2. Kapilvastu Day World Movement
Saturday, April 9, 2011
चीनमा स्वयम्भूको प्रतीक निर्माण हुने
निर्मल श्रेष्ठ
हङकङ, चैत्र २४ - विश्वसम्पदामा सूचीकृत काठमाण्डौस्थित स्वयम्भूको प्रतीक अब चीनमा पनि निर्माण हुने भएको छ । नेपाल चीन बीचको प्राचीनतम ऐतिहासिक सम्बन्ध स्मरण गराउने प्रतिकका रुपमा हेबइ प्रान्तस्थित नानकिङगमा स्वयम्भू स्तुपा निर्माण हुने भएको हो । सन् २०१२ सम्म तयार गर्ने लक्ष्य रहेको स्तुपाको शिलान्यास आगामी वर्ष बैशाख १० गते हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सोसम्बन्धी सम्झौतापत्रमा सोमबार चीनका लागि नेपाली राजदूत टंक कार्की र युन्ताइ मन्दिर व्यवस्थापन बीच हस्ताक्षर भएको हो । नेपाली प्राचीन वास्तुकला र संस्कृतिको सम्मिश्रणसहित दुरुस्तै बनाइन लागिएको उक्त प्रतिकको नाप नक्सा नेपाली प्राविधिकहरुद्वारा तयार पािरएको राजदूत कार्कीले कान्तिपुरलाई बताए । स्तुपा निर्माणमा लाग्ने सम्पूर्ण खर्च चिनियँापक्षले व्यहोर्ने छ । 'दुई देश बीच वर्षौदेखि रहिआएको पुरातात्विक ऐतिहासिक सम्बन्धलाई थप उजागर गर्न यसले ठूलो भुमिका खेल्नेछ,' राजदूत कार्कीले भने, 'अरनिको र मञ्जुश्रीले स्थापित गरेको प्राचीन सम्बन्धलाई स्मरण गराउन समेत चिनियँा पक्षले उस्तै प्रतीक निर्माण गर्न चाहेको हो ।'
हङकङ, चैत्र २४ - विश्वसम्पदामा सूचीकृत काठमाण्डौस्थित स्वयम्भूको प्रतीक अब चीनमा पनि निर्माण हुने भएको छ । नेपाल चीन बीचको प्राचीनतम ऐतिहासिक सम्बन्ध स्मरण गराउने प्रतिकका रुपमा हेबइ प्रान्तस्थित नानकिङगमा स्वयम्भू स्तुपा निर्माण हुने भएको हो । सन् २०१२ सम्म तयार गर्ने लक्ष्य रहेको स्तुपाको शिलान्यास आगामी वर्ष बैशाख १० गते हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सोसम्बन्धी सम्झौतापत्रमा सोमबार चीनका लागि नेपाली राजदूत टंक कार्की र युन्ताइ मन्दिर व्यवस्थापन बीच हस्ताक्षर भएको हो । नेपाली प्राचीन वास्तुकला र संस्कृतिको सम्मिश्रणसहित दुरुस्तै बनाइन लागिएको उक्त प्रतिकको नाप नक्सा नेपाली प्राविधिकहरुद्वारा तयार पािरएको राजदूत कार्कीले कान्तिपुरलाई बताए । स्तुपा निर्माणमा लाग्ने सम्पूर्ण खर्च चिनियँापक्षले व्यहोर्ने छ । 'दुई देश बीच वर्षौदेखि रहिआएको पुरातात्विक ऐतिहासिक सम्बन्धलाई थप उजागर गर्न यसले ठूलो भुमिका खेल्नेछ,' राजदूत कार्कीले भने, 'अरनिको र मञ्जुश्रीले स्थापित गरेको प्राचीन सम्बन्धलाई स्मरण गराउन समेत चिनियँा पक्षले उस्तै प्रतीक निर्माण गर्न चाहेको हो ।'
कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित
काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र
सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।
कार्यक्रमका केही थप फोटाहरु:
Thursday, April 7, 2011
देशको पुनर्घोषणा !
Posted by Ram Kumar Shrestha on August 25, 2010
By – मधु माधुर्य, मस्को
“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा
म
उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ
एक झिल्को आगो खोज्न
अरिंगालको गोलामा हात पसार्छु
मनोरंजन बिनाको जीवन पनि जीवन ?
गोमनको टाउकामा चढेर
बिच्छीहरुको रेस्लिंग हेर्छु
गैंडा चढेर गोहि र घोरलहरुको जल-क्रिडा हेर्छु
बिरेनून भनेर नाईट्रिकसाइनाइड खाएछु
कति नमीठो छ्या – तीतो/ दुर्गन्धित !
मह र विष जुधेर “हेंगओभर” भएछ क्यार
मातेर सुनखानीको भीरबाट “डाइभिंग” गर्दा
तामाकोशीको पिंध स्पर्श भएछ -
त्यहाँ सालिग्राममाथि शार्क पो निदाई रहेछ
माछा निदाउंदा आँखा किन हो खुला छ ?
Kapilvastu Day Movement Global Committee Formed
Posted by worldamity on May 11, 2010
As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to
commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.
Originally, on December 1, 1896, Dr Anton Führer, a German archaeologist, had discovered the Buddha’s birthplace when he found the Asoka Pillar at Lumbini. Even though this site was first discovered by Khadga Shamsher Rana before Führer had reached the site but Führer is credited for this discovery as he brought it into light and made it known to the international community.
The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini.
गौतम बुद्दको देशमा
By साबित्रा काफ्ले
जामुने – तनहु, हाल: अस्ट्रलिया
जामुने – तनहु, हाल: अस्ट्रलिया
म सानो छँदा
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।।
आमा भन्नुहुन्थ्यो
नानी,
यो शान्ति भूमि हो।
तिमीले शान्तीको गीत गाउनुपर्छ
र ब्युझाउनु पर्छ
गाउबेशीहरुलाई।।
आमा भन्नुहुन्थ्यो,
नानी,
आजकल मान्छेहरु
सम्हारमा रमाउछन्
रुन जान्दैनन् अरुको पिडामा
र सधै
खेलिरहन्छन होली
आफ्नै रगतको।।
नानी,
आजकल मान्छेहरु
सम्हारमा रमाउछन्
रुन जान्दैनन् अरुको पिडामा
र सधै
खेलिरहन्छन होली
आफ्नै रगतको।।
Sunday, April 3, 2011
कपिलबस्तु दिवस: यूकेमा दोस्रो कपिलबस्तु दिवस संपन्न
Posted by Ram Kumar Shrestha on November 28, 2010
जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
झल्किन्छ ममता मेरो भाव गंगा जताजता
……………………………………………
एउटा भेलामा अनायास यो गीत गुन्जन थाल्छ मीठो महिला स्वरमा र उपस्थित सबै अनपेक्षित तवरबाट अनायाश गाइएको मीठो गीतले पहिला आस्चर्य चकित र त्यसपछि मन्त्रमुग्ध हुन्छन, तर यो कुनै गीति कार्यक्रम भने थिएन । यो त थियो वेलायतमा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम मनाउन शुरु गर्न भूमिकाको रुपमा शिक्षिका, गायिका र लेखिकाको रुपमा चिनिनु भएकी कार्यक्रम उदघोषिका सोफिया थापाले गाउनु भएको गीत ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेले ईतिहास तोडने मोडने प्रब्रिति पुरानो भएको र बलियाले त्यस्लाई आफ्नो पक्षमा पार्ने परंपराकै परिणति बर्तमान लुम्बिनीको प्रश्न रहेको बताउनु हुँदै यो अभियान यस्को धरोहर भएको बताउनु भयो । र साधन, श्रोत र आफ्नो शक्तिले भ्याएसम्म यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आफू प्रधानमन्त्रीको सल्लाहकार रहेको बेलामा श्रीलंकाको रास्ट्रपति राजपक्ष नेपाल भ्रमणमा आउनु हुँदा सबभन्दा पहिला लुम्बिनीको भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने कुरा बताउनुले उनीहरुको बुद्धप्रतिको अगाध आस्था प्रतिबिम्बित गर्ने बताउनु भयो । उहाँले लुम्बिनीलाई अन्तरास्ट्रिय सांस्कृतिक डेस्टिनी बनाइनु पर्ने कुरामा जोड दिंदै रामदेव लण्डन आएको बेलामा उन्लाई भेटदा आफूलाई सबैको सामू बुद्धको देशको मान्छे भनी चिनाएको प्रसंग जोडनु भयो । अन्तरास्ट्रिय जनमतलाई आफ्नो पक्षमा पार्न दलाई लामा जस्ता ब्यक्तित्वलाई लुम्बिनी नेपालको हो भन्न लगाउने मात्र हो भने पनि त्यस्ले ठूलो प्रभाब पार्नेतर्फ पनि ध्यान दिइनुपर्ने बताउनु हुँदै सकेसम्म त्यसतर्फ पनि केही गर्न सल्लाह दिनु भयो । यसरी बिदेशमा नेपालीहरु देशप्रति अत्यन्तै सचेत र चिन्तित भएकोमा आफू गौरवान्वित भएको बताउनु हुँदै निस्वार्थ रुपमा देशको ईतिहास सुरक्षित गर्न लागि पर्नेहरु प्रसंशाका पात्र भएको बताउनु भयो ।
कपिलबस्तु दिवस: कतार कार्यक्रम
Posted by Ram Kumar Shrestha on November 20, 2010
कपिलबस्तु दिवस: वेलायत कार्यक्रमको सूचना
Posted by Ram Kumar Shrestha on November 20, 2010
समय: उपस्थिति समय बिहान ११ देखि १२ बजे र कार्यक्रम शुरु हुने समय १२ बजे
स्थान : sa asia Slough
277 High Street
Slough
Berkshire
SL1 1BN
Kapilvastu Day Movement UK National Committee
अस्ट्रेलियामा बुद्ध धर्मं प्रबचन सम्पन्न
Posted by Ram Kumar Shrestha on November 14, 2010
Nepalisrael
बुद्ध धर्मंप्रति आफूलाई अर्पण गर्न एकपल्ट ठूलो लामा गुरुको शरणमा परेर आफुले बचन बद्धता जाहेर गर्नु पर्ने, जुनसुकै अवस्थामा रहे पनि ॐ मनी पद्मे हु ऋ उच्चारण गर्नु पर्ने जस्ता कुराहरुबाट शुरु गरिएको प्रबचन, अत्यन्त शान्त, सरल, र समधुर ढंगमा करीब ३ घटासम्म सहभागीहरुलाई मंत्र मुग्ध गराइएको थियो भने कार्यक्रमको अन्तिम चरणमा सातओटा आसनको ध्यान/ मेडीटेसन गराइएको थियो ! उक्त कार्यक्रममा सहभागी हरुले आफ्नो मनमा लागेको कुराहरुलाई सोधेर तृष्णा मेटायेका थिए ! सो कार्यक्रममा बिपस्वी तथा आदिबासी जनजाति मंच. अस्ट्रेलियाका सभापति श्री गणेश तमांगले पनि आफ्नो भनाई राख्नु भएको थियो ! कार्यक्रममा बुद्ध दर्शन समितिका जनसंपर्क अधिकारी श्री सुदीप गौचनले सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो भने प्रबिधिमा मोहन राइले सहयोग गर्नु भएको थियो ! आगामी दिनहरुमा पनी प्रबचन लाइ नियमित गर्ने समितिले सोच बनाएको छ ! कार्यक्रमबाट बिदा हुन अगाड़ी खेन्पोबाट सुंग्दी (जन्तर) मिन्दुप (पबित्र दाना) सहित आशीर्बाद दिनु भेएको थियो ! क्रयाक्रमको संचालन बुद्ध दर्शन समितिका संयोजक नीमा ग्याल्जे शेर्पा गोपर्माले गर्नु भएको थियो !
कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन
Posted by Ram Kumar Shrestha on November 11, 2010
कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक इ. रामकुमार श्रेष्ठको बिशेष उपस्थितिमा सुरेन्द्र श्रेष्ठ (वेलायत)को राष्ट्रिय संयोजकत्वमा गठित १५ सदस्यीय समितिका अन्य संयोजकहरुमा (स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ) वेलायतबाट इ. तुलसी फुयाँल, डा राजुबाबु श्रेष्ठ, बिकल आचार्य, सुश्री सोफिया थापा, श्रीमती नरमाया गुरुङ थापा, बिपिन गुरुङ, सुश्री रमी श्रेष्ठ, होम परिबाग र मनिष कुमार श्रेष्ठ हुनुहुन्छ भने वेल्सबाट महेश देवकोटा, इ. रोशन भट्टराई र गोपाल तमाङ; स्कटल्याण्डबाट सुश्री सन्जु श्रेष्ठ र उ. आयरल्याण्ड प्रदीप के सी हुनुहुन्छ र यस्लाई अभियानको लागि उपयुक्त ब्यक्ति पाइएको खण्डमा भबिस्यमा बिस्तार गरिनेछ ।
अभियानलाई ब्यापक रुप दिन र यस्का गतिबिधिहरुलाई सहज बनाउनका लागि पछि बिस्तार गर्ने किसिमले हालमा यूकेमा भएका ठूला संस्थाहरु र तीन ठूला राजनीतिक पार्टीका भातृ संगठनका प्रमुखहरु गरी हालमा आठ जनालाई पदेन सल्लाहकारको रुपमा राखिने निर्णय गरिएको छ । सल्लाहकारमा राखिने संस्थाहरु: एनआरएनए यूके, बिसिसी युके, पासा पुच्च, तमुधीं, यति र तीन ठूला राजनीतिक पार्टी एनेकपा माओबादी, नेपाली कांग्रेस र एनेकपा एमालेका भातृ संगठनका प्रमुखहरु छन ।
Subscribe to:
Posts (Atom)

