मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा.

मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ । त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ । यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।
अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ ।
अभियानको उद्धेस्य प्राप्तीको लागि राष्ट्रिय अन्तरराष्ट्रिय सर्ब पक्षीय सहयोग र सदभाबलाई सहज बनाउन शुरुमा ५ जना नेपाली र दुई जना बिदेशी गरी सात जनाको सल्लाहकार समिति बनाइएकोमा हाल अन्तरराष्ट्रिय ब्यक्तित्वका धनी गायिका आनी श्री छोइङ्ग डोल्मालाई थपिएकोले सल्लाहकार समिति आठ जनाको हुन गएको छ, जस अनुसार एनेकपा माओबादीका तर्फबाट मलेशियाका लागि राजदूत महामहिम डा ऋषि अधिकारी, नेकाका तर्फबाट संबिधान सभाका सदस्य तथा सांसद डा आरजु देउबा राणा, एमालेका तर्फबाट पूर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, बुद्धिजीबिका तर्फबाट डा कबिताराम श्रेष्ठ, उद्योग ब्याबसायीका तर्फबाट अस्ट्रेलियाको न्यू साउथ वेल्सका कन्सुलर जनरल महामहिम दीपक खडका र सामाजिक क्षेत्रको तर्फबाट आनी श्री छोइङ्ग डोल्मा हुनुहुन्छ भने बिदेशीहरुमा पाँच महादेशहरुमा आफ्ना करीब १२०० फेङ सुइका कन्सल्ट्याण्टहरु र सयौं धार्मिक शिक्षकहरुको संजाल फैल्याउन सक्षम केही पुस्तकहरु थुप्रै भाषामा अनुदित भैसकेका ११ पुस्तकका लेखक तथा सबै महादेशका ५० देशहरुमा १०० लाइट सेण्टरका संस्थापक अमेरिकी Agni Frank Eickermann र White Conch Dharma Center का आध्यात्मिक निर्देशिका अमेरिकाकी Domo Geshe Rinpoche हुनुहुन्छ र अभियानका लागि उपयुक्त ब्यक्तिहरुलाई सल्लाहकार समितिमा पछि थपिन सकिनेछ । त्यसरी नै कपिलबस्तुका सांसदहरु र लुम्बिनी बिकास कोषका प्रमुखहरुलाई पदेन सल्लाहकारको रुपमा राखिने ब्यबस्था छ ।