By राज श्रेष्ठ, कीर्तिपुर
संसारभर अध्ययन र विभिन्न कामको सिलसिलामा विदेश पुगेका नेपालीहरुले आपुनो मातृभूमिलाई चिनाउन सक्दो योगदान दिने गरेकाछन् । नेपाललाई विश्व सामु परिचित गर्दा उनीहरुले मूलतः आपुनो देशलाई भगवान् गौतम वुद्ध जन्मेको देश र संसारको सबैभन्दा उच्च पर्वत सगरमाथाको देश भनेर परिचय दिने गरेकाछन् । तर उनीहरु त्यतिबेला अचम्भित र दुःखी हुन्छन् जुनबेला विदेशी साथीहरुले भगवान् वुद्ध त भारतमा जन्मेका हुन् भनेर आपुूहरुले पढने गरेको सुनाउँछन् । निश्चय पनि करीब २५५० वर्ष अगाडि यस उपमहाद्विपमा थुप्रै स्वतन्त्र गणराज्यहरुको अस्तित्व थियो । तर आधुनिक राजनीतिक सिमाङ्कनबाट भगवान् गौतम वुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तु नेपालको सिमा भित्र रहेको पुष्टि भइसक्दा पनि अन्तरराष्ट्रिय जगतमा धेरै विदेशीहरुलाई यी पवित्रस्थलहरु भारतीय भूमि भित्र पर्छन भन्ने भ्रम रहन गएको छ । यसै भ्रमलाई निवारण गर्न विदेशमा रहेका नेपाली देशभक्तहरुको एक समूहले भगवान् वुद्धको जन्मस्थल कपिलवस्तुलाई संसारभर चिनाउन र उहाँका मानवतावादी शान्ति सन्देशलाई विश्वभर फैलाउन १ डिसेम्बर २००९ का दिनलाई अन्तरराष्ट्रिय कपिलवस्तु दिवसको रुपमा मनाउने निर्णय गरेकाछन् ।१ डिसेम्बर १८९६ का दिन जर्मन पुरातत्वविद् डा।फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गरेका थिए । पत्ता लगाइएको अशोक स्तम्भमा भगवान् वुद्धको जन्म यही लुम्बिनीग्राममा भएको हो भनेर उल्लेख गरिएको छ । अशोक स्तम्भ पत्ता लागेको सो दिनको सम्झनामा विदेशस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिने भएको छ भने नेपालमा पनि स्थानीय स्तरमा कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमलाई सफल बनाउन र अधिक भन्दा अधिक सहभागिता बढाउन प्रचार प्रसारमा अत्याधुनिक प्रविधि इन्टरनेटको प्रयोग व्यापक रुपमा गरिएको छ । एउटै सामाजिक साजाल फेसबुकमा आवद्ध फेसबुक प्रयोगकर्ता माझ कार्यक्रमले व्यापकता पाएको छ । भगवान् वुद्धसँग सम्बन्धित सामाग्रीहरु कपिलवस्तुसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक तथ्यहरु र १ डिसेम्बर २००९ का दिन मनाइने अन्तरराष्ट्रिय कपिलवस्तु दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरु र सो दिवसलाई सफल बनाउन भए गरेका प्रयासहरु इन्टरनेटका सामाजिक साजाल फेसबुक ट्विटर ब्लग वेवसाइटहरुमा प्रशस्तै राखिएका छन् । उदाहरणको लागि धधध।धयचमिबुष्तथ।धयचमउचभकक।अयु हेर्न हुन ।
सन् २०११ लाई नेपालले पर्यटन वर्षको रुपमा मनाउने सन्दर्भमा समेत विदेशस्थित राजदूतावास मार्पुत कपिलवस्तु दिवसको रुपमा कार्यक्रम संचालनले विदेशी पर्यटक माझ कपिलवस्तु भ्रमणलाई प्रोत्साहन गर्न योगदान दिनेछ भन्ने विश्वास गर्न सकिन्छ । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आपुनो स्तरबाट सक्दो सहयोग गर्न हुन र जुनसुकै किसिमबाट भएपनि सहभागिता जनाउन हुन सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आव्हान गर्दछौं ।
No comments:
Post a Comment