संसारका पौने दुई अर्ब बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र, ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक विश्वसम्पदा लुम्बिनी अहिले फेरि चर्चामा छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीन सरकारले आठ अर्वको लगानीमा विभिन्न विकास निर्माणका काम गर्ने भएपछि यसरी चर्चामा आएको हो । हालसम्म लुम्बिनीको विकासका लागि अर्बाैंको लगानी पनि भित्रिएको छ । सो लगानी सत्तापक्षद्वारा विपक्षीलाई मातदिन गरिने आमसभा, तारेहोटलका सेमिनार, भत्ता र भोज-भतेरमै सकिने गरेको छ । सम्बन्धित देशले आफैँ बनाएका स्तूप, चैत्य, बिहार, गुम्बा, पुस्तकालय र मन्दिरबाहेक सबैलाई देखाउन सकिने अन्य संरचना तयार गर्न भएको छैन । २० वर्षअघि सम्पन्न हुनुपर्ने गुरुयोजनाका आधा काम पनि पूरा भएका छैनन्, जसले हाम्रो दक्षता, कार्यक्षमता र विश्वसनीयतामा शंका जन्माएको छ, दाताको मन कुँडाएको छ । एकीकृत र योजनाबद्ध विकासमा भ्रम पैदा गरेको छ । कपिलवस्तु र रामग्रामलाई ओझेलमा पारेको छ । दुःखका साथ भन्नुपर्छ- अन्तर्राष्ट्रिय तीर्थस्थलको विकासमा पनि दलीय राजनीतिको ग्रहण लाग्दा प्रगतिको उकालो चढ्नुपर्ने वेलामा पनि बर्सेनि ओरालो झरेको छ ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि उनकै पहलमा एसियाका १५ देश सम्मिलित लुम्बिनी विकास समिति गठन गरियो । राष्ट्रसंघ मातहतको सो समितिको आग्रहमा सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले लुम्बिनी विकास गुरुयोजना तयार पारे । उक्त योजना सफल पार्न ज्ञानेन्द्रको अध्यक्षतामा लुम्बिनी विकास कोषको स्थापना गरियो । कोषको स्थापनासँगै विदेशी रकमको ओइरिने र पहिरो जाने क्रम पनि दोहोरियो । कोष पञ्चायतकालमा पञ्च र बहुदलपछि सत्ताधारी दलको कार्यकर्ता भर्तीकेन्द्र बन्यो । र, विकासको काममा विनासलीला थालियो । सरकारी सुविधाविना, आप\mनै मानो खाएर लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका लागि अहोरात्र खट्नेहरूलाई अवमूल्यन गरियो ।
प्रशासनिक विभाजनमा रूपन्देहीमा पारिएको अहिलेको लुम्बिनी प्राचीन कपिलवस्तुकै क्षेत्र थियो । कोलीय र कपिलवस्तुको सीमा रोहिणी नदी त्यसको प्रमाण हो । मायादेवी माइत जाँदा बाटोमा पर्ने लुम्बिनीमा ईसापूर्व ६२३ -केही इतिहासकारका अनुसार ५६३) मा गौतम बुद्धको जन्म भएको हो । लुम्बिनीको महत्त्व बुद्धको जन्मसँग मात्र सम्बन्धित छ । कपिलवस्तुमा त बुद्धले २९ बर्षसम्म जीवन बिताएका हुन् । लुम्बिनीमा बुद्ध र मायादेवीसँग सम्बन्धित जम्मा एक दर्जनजति स्थल छन् । कपिलवस्तुमा एक सय ५० भन्दा बढी महत्त्वपूर्ण स्थान छन् । लुम्बिनीमा एउटा अशोक स्तम्भ छ । क्रकुच्छन्द बुद्धको जन्मस्थान गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा दुईवटा अशोकस्तम्भ छन्, जुन कपिलवस्तुमै पर्छन् । तीनवटै बुद्धका राजप्रासाद कपिलवस्तुमै छन् । कपिलवस्तु त कपिल महषिर्को तपोभूमि पनि हो । कपिलवस्तुले संसारलाई हेर्ने दुईवटा आँखा -दर्शन) दिएको छ । सांख्ययोग दर्शनका प्रणेता कपिल र बुद्ध दर्शनका प्रणेता गौतम बुद्ध दुवै कपिलवस्तुमै उम्रेका र फैलिएका दार्शनिक हुन् । तैपनि, हाम्रा शासकले लुम्बिनीको कुरा गर्दा कपिलवस्तुलाई किन बिर्सन्छन् कुन्नि !
मगध नरेश सम्राट् अशोकले आप\mनो राज्याभिषेकको चौधौँ र बीसौँ वाषिर्कोत्सवको उपलक्ष्यमा ईसापूर्व २५१-२४५ कपिलवस्तुको भ्रमण गरेका थिए । उनले जहाँ बुद्धको जन्म भएको थियो त्यहाँ स्तम्भ गाडे । जहाँ-जहाँ बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण स्थान भेट्टएि त्यहाँ-त्यहाँ स्तूप निर्माण गरिदिए । अनि कोशल नरेश प्रसेनजितका छोरा बिडुढकले ध्वस्त पारेको प्राचीन कपिलवस्तुको राजधानी र अन्य स्मारकको जीर्णोद्धार गरे । त्यसका प्रमाण कपिलवस्तुका जहाँतहीँ भेट्टन्िछन् । तर, तिनलाई समेटेर संरक्षण गर्ने, दर्शनीय स्थानका रूपमा विकास गराउने काम भने हुन सकेको छैन । खाली लुम्बिनी, लुम्बिनी र लुम्बिनीको मात्रै चर्चा गर्दा पनि लुम्बिनीलाई प्रमाणित गराउने प्रमुख आधारको संरक्षण गरिएको छैन । कपिलवस्तु र देवदह एवं रामग्रामको संरक्षण र विकासविना लुम्बिनीको अस्तित्व रहन सक्दैन भन्ने कुरा बिर्सिंदै छ ।
सम्राट् अशोकले त्यति महत्त्व दिएको, सन् ४०३ मा फाय हान्, सन् ६३६ डिसेम्बर २५ मा ह्वेन साङ् र ६७१-६९५ मा ईत्सिङ् नामक चिनियाँ यात्रीले खोजी गरेको, १२३४ मा कणर्ाली प्रदेशका राजा रिपु मल्लले भ्रमण गरेको र सन् १८९३ देखियता आएर विश्वका अनेक इतिहासकार, पुरातत्त्वविद्, संस्कृतिविद् धार्मिक भिक्षु, खोजकर्ता र राजनेताले देखेको, उत्खनन् प्रतिवेदन, शोधपत्र र स्मरण लेखेको कपिलवस्तुको चर्चा किन गरिँदैन, संरक्षण र विकासका लागि लगानीकर्ता किन खोजिँदैन ?
यस्तो रहस्य तोड्न नै ०५० पुस २०-२२ गते कपिलवस्तुमा चतुर्थ राष्ट्रिय बौद्ध सम्मेलन गरियो । सो सम्मेलनले कपिलवस्तु र देवदह एवं रामग्रामलाई समेटेर लुम्बिनीको एकीकृत विकास गर्नुपर्ने घोषणापत्र जारी गर्यो । हेलिकोप्टर दुर्घटनामा परी प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएकाले लुम्बिनी-कपिलवस्तु बचाऔँ अभियानले तत्कालीन उपप्रधानमन्त्री -हाल प्रधानमन्त्री) माधव नेपाललाई पन्ध्रबँुदे ज्ञापनपत्र दिँदै एकीकृत विकासको पहल गर्न अनुरोध गरेको थियो । त्यस्तै ०५३ कात्तिकमा सभामुखको नेतृत्वमा लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको स्थलगत अवलोकन भ्रमणमा गएको संसदीय टोलीले पनि सबै ठाउँलाई समेटेर एकीकृत विकास गर्नुपर्ने भन्दै चौंतीसबँुदै सुझाब सरकारसमक्ष प्रस्तुत गरेको थियो । ०५५ मंसिरमा लुम्बिनीमा आयोजित प्रथम विश्व बौद्ध सम्मेलनले पनि सबै ठाउँलाई समेटेर एकीकृत विकास गर्नुपर्ने सुझाब दिएको थियो । यस्ता दबाबलाई निस्तेज पार्ने र सरकारलाई लुम्बिनीभन्दा बाहिर जान नदिने काम कोबाट किन भइरहेको छ ?
लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम अभिन्न र अविभाज्य छन् । यिनको विकासका लागि एकीकृत योजना बनाउनुपर्छ । कुनैलाई काखा, कुनैलाई पाखा पार्दा स्थानीय जनताबाट पनि सहयोग नमिल्न सक्छ । अहिलेको जमानामा स्थानीय सहयोग र सहकार्यविनाको विकास दिगो हुँदैन । लुम्बिनी विकास कोषको क्षेत्र विस्तार गरी कपिलवस्तु र रामग्रामलाई सन् १९९६ मै समेटिएको छ, जुन कागजमा मात्रै सीमित छ । त्यसैले सरकारका मन्त्री र प्रधानमन्त्रीले पनि भाषण गर्दा लुम्बिनीका नाउँमा व्यापार गरिएको, तर असल व्यवहार गर्न नसकिएको कुरा दोहोर्याउँदा कुनै लज्जाबोध गर्दैनन् ।
npaudelg@gmail.com
Source: Naya Patrika http://www.nayapatrika.com/newsportal/view/9226.html
No comments:
Post a Comment