कपिलवस्तु दिवस (१ डिसेम्बर २००९ )सन्दर्भमा
By राज श्रेष्ठ, कीर्तिपुर काठमाडौ
तर पुरातात्विक पृष्ठभूमिमा आधारित ऐतिहासिक तथ्यलाई बँग्याई भारतीय पक्षले उत्तरप्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने दावी गर्दै आएको छ । भारतीय दावीमा भारतीय पुरातत्वविद् के एम श्रीवास्तवबाट उत्खनन गरिएको पिपरहवा क्षेत्रमा पाइएको भनिएको भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप र भग्नावशेष संरचनालाई राजा सुद्धोदनको दरवारको रुपमा प्रस्तुत गरिएको छ । उत्तरप्रदेश सरकारले पिपरहवामा पाइएको भग्नावशेषलाई प्राचीन दरवारको स्वरुप दिन निर्माणकार्य समेत गरिएको छ । पिपरहवामा ुराजा सुद्धोदनको दरवारु ुभगवान वुद्धले २९ वर्ष बिताएको स्थलु भनेर ठूला ठूला बोर्ड टाँगिएको छ । उत्तरप्रदेशको नौगढ जिल्लालाई कपिलवस्तु नामाकरण गरिएको छ भने केही स्थानलाई सिद्धार्थ जनपथको नाम दिइएको छ । उत्तरप्रदेश टुरिज्म डिपार्टमेन्टले २९ डिसेम्बर देखि ३१ डिसेम्बर सम्म कपिलवस्तु वुद्ध महोत्सव भनेर मनाइरहेको छ । यसरी भारतीय पक्षले सुनियोजित रुपमा पिपरहवालाई प्राचीन कपिलवस्तु प्रमाणित गर्न खोजिरहेको छ । भगवान् वुद्धको जन्म भारतमा भएको हो र प्राचीन कपिलवस्तु आधुनिक उत्तरप्रदेशको पिपरहवा हो भनेर अन्तरराष्ट्रिय स्तरमा भारतले प्रचार प्रसार गरिरहेको छ ।
भारतीय दावी कति झुठो छ भन्ने कुरा हामी श्रीलंकाली विव्दान प्रो।पेरेराको भनाईबाट थाहा पाउँछौ । प्रो। पेरेरा भन्नुहुन्छ कि प्राचीन कपिलवस्तुको खोजीकार्य उत्तरप्रदेशको पिपरहवामा भगवान् वुद्धको अस्थिधातु रहेको स्तुप पत्ता लागेपछि तिव्र रुपमा बढेको हो । शुरुमा पिपरहवालाई नै केन्द्रमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको थियो । तर राजा सुद्धोदनको दरवार भनिएको भवनका भग्नावशेषहरु पछि निर्माण गरिएका नयाँ संरचना भएको पत्ता लाग्यो । त्यसपछि पुरातत्वविद्हरुले नेपालको तिलौराकोटमा उत्खनन शुरु गरे र यहाँ उनीहरुले दरवारका भग्नावशेषहरुको साथै अन्य प्रमाणहरु प्राप्त गरे र तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको प्रमाणित भयो । पिपरहवामा पाइएको भग्नावशेष वास्तवमा एक प्राचीन वौद्ध विहार मात्रै हो भन्नेमा पुरातत्वविद्हरु सहमत भए ।
यसको साथै अन्य प्रमाणको आधारमा तिलौराकोट वरपर ६२ पुरातात्विक महत्वका स्थानहरुको पहिचान गरिएको छ । प्रमुख स्थानहरुको कुरा गर्दा कुदान तिलौराकोटबाट ४।५ कि।मी। दक्षिण जहाँ भगवान वुद्धले आपुना पिता सुद्धोदनलाई वुद्धत्व प्राप्त भएपछि प्रथम पटक भेटेका थिए क्रकुछन्द वुद्धको जन्म तथा परिनिर्वाणस्थल गोटिहवा तौलिहवाबाट ३ कि।मी। दक्षिणपश्चिम कनकमुनी वुद्धको जन्म तथा वुद्धत्व प्राप्तिस्थल निग्लिहवा तौलिहवाको ७ कि।मी। उत्तर शाक्यहरुको सामुहिक वधस्थल सगरहवा कनकमुनी वुद्धसँग सम्बन्धित औरराकोट तौलिहवाको १० कि।मी। उत्तरपूर्व भगवान वुद्धको मावलीघर देवदह लुम्बिनीको ५४ कि।मी। पूर्व र रामग्राम जहाँ भगवान वुद्धको अस्थिधातु रहेको स्तुप छ आदि स्थानहरु तिलौराकोटको आसपासकै क्षेत्रमा रहेकाछन् । भारतीयहरुले दावी गरेको पिपरहवा वरपर वौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरु कुनैको पनि अस्तित्व रहेका छैनन् । यसको ठिक विपरित तिलौराकोटमा उक्त स्थलहरुको किटानकासाथ पहिचान गरिएबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो भन्ने प्रमाणित हुन्छ ।
Email: rajshrestha2002@hotmail.comWebsite: http://www.rajshrestha2002.wordpress.com
No comments:
Post a Comment