Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

गजल

By बसन्त मोहन अधिकारी चितवन हाल यूएइ
विर गोरखाली नेपाली यो बस्दैन हारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

हामी प्रेम र विश्वास बाड्न चाहन्छौ
बदनाम नगराउँ जुधाएर मारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

सगरमाथा र बुद्ध नेपाली चिनो
बुद्ध जन्मेको यो देश शान्तिको छहारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

विश्व भरका मानव आऊ नेपाल तिमी
यो बुद्धको देश हो सुखशान्ति धारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

हत्याहिंसा अशान्ति फैलदैछ विश्वमा
आऊ शान्ति फैलाउँ प्रेम विश्वास नारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २
विर गोरखाली नेपाली यो बस्दैन हारी
हामी बुद्धका सन्तान शान्तिका पुजारी २

No comments: