Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, January 16, 2012

कपिलवस्तु दिवस अभियान नेपाल समितिमा सल्लाहकार थप

Posted by Ram Kumar Shrestha on November 20, 2011
३० कार्तिक पिमबहाल, ललितपुर: आज भएको एक कार्यक्रममा कपिलवस्तु दिवस अभियान नेपाल राष्ट्रिय समितिका लागि एक जना सल्लाहकारको रुपमा धर्म बहादुर शाक्यलाई थप गर्ने निर्णय गरिएको छ । स्मरण रहोस माघ ८ २०६७ का दिन काठमाण्डौंमा अभियानको नेपाल रास्ट्रिय समिति गठन गर्दा निम्न ब्यक्तिहरुलाई सल्लाहकारमा राखिएको थियो:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यकार
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी

यसरी अब अभियानको नेपाल राष्ट्रिय समितिमा सल्लाहकार संख्या सात पुगेको छ । उक्त कार्यक्रममा कपिलवस्तु दिवस अभियानको बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, सांस्कृतिक दूत एबं बरिस्ठ हास्य कलाकार मनोज गजुरेल, अभियानअका सार्क सल्लाहकार केदार शाक्य, बिस्व समितिका ताईवान संयोजक डा हरि कुमार श्रेष्ठ, जापान संयोजक लक्ष्मण पुरी, १४ औं अवतारी लामा स्यामर्पाको उपस्थिति थियो ।

No comments: