Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, February 4, 2012

कोरियामा मनोज गजुरेलको बिषयबस्तु भारतले गरेको बुद्धको जन्मस्थलबारे भ्रम


Posted by Ram Kumar Shrestha on February 4, 2012
 नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
सोल -दक्षिण कोरिया, माघ १५ –  कोरियाली नयाँ वर्ष -सलनाल) को दिन यहाँ सर्वाधिक चिसो हुन्छ । परदेश पसेका नेपालीहरू भने भेटघाट र आत्मीयताको तातोमा रमाइरहेका छन् । जब गत शनिबार कोरियाली सञ्चारमाध्यमहरूले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरू गाउँ र्फकदै छन् भनेर ट्राफिक जामसहितको समाचार प्रसारण गरिरहेका थिए, दशैताका काठमाडौं रित्तो भएजस्तै सोलमा पनि देखियो । यही मौकालाई नेपालीले भने आफ्नै देशका कला, संस्कृति र गीतसंगीतको मज्जा लिने अवसरका रूपमा सदुपयोग गरे । तुङदेमुन र यङदम्फोजस्ता क्षेत्र त मिनी नेपाल नै बने ।
आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसो तापक्रम भए पनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीको भीड त्यतिकै थियो । तिनै नेपालीहरू कोरियाली नयाँ वर्ष सलनालको दुईदिने बिदामा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूमा दुःख, पीडा भुलेर नाचिरहेका थिए, हाँसिरहेका थिए ।

आइतबार सोङबुक कुक्मिन हलमा नेपालीको ढिलो गर्ने बानीमाथि व्यङग्य पस्किँदै हास्यकलाकार दीपकराज गीरी देखापरेपछि गोर्खा परिवारले आयोजना गरेको मनास्लु सांगीतिक सौगातमा रौनक थपिएको थियो । उनले कार्यक्रम अवधिभर नेता, गायक, मायाप्रेमजस्ता अनेक विषयका विकृतिलाई समेटेर प्रहसनहरू देखाए । लोकगायक पशुपति शर्माले पनि दर्शकलाई गीत गएर जति सन्तुष्टि दिए त्यति नै चुटकला र सामाजिक व्यंग्य प्रस्तुत गरेर मन जिते । लोक गायिका राधिका हमालले गीत गाउँदागाउँदै ‘सलल सलल…’ भन्दै आफू पनि हाँसिन् र दर्शकलाई पनि हँसाइन् । त्यो हाँसोमा हराइरहेका दर्शक गायक चौबन्दी सुब्बाले भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएपछि भावुक बनेका थिए । देशविदेशमा कार्यक्रम चलाउँदाचलाउँदै पोख्त भएका गिरीले दर्शकहरूको बढ्ता भावुकता बुझेरै नृत्यकार पूण्ािर्मा श्रेष्ठलाई बोलाएर फेरि दर्शकलाई नचाए- तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ…।’
कार्यक्रमको मध्यतिर उद्घोषक गिरीले गायक र नायक प्रशान्त तामाङलाई बोलाए, दर्शकको ताली बेजोड बज्यो तर त्यहाँ प्रशान्त माइक्रोफोन बोकेर मन्द मुस्कान छर्दै आएनन् । बरु स्टेजको बीच पर्दा बिस्तारै खुल्यो, जहाँ गहभरि आँसु पारेर प्रशान्त भिडियोमा बोलिरहेका थिए, माफ मागिरहेका थिए, जहाजको उडान तालिका नमिलेका कारण आफू उपस्थित हुन नसकेको बताइरहेका थिए उनी । उनले फ्यानहरूलाई भेट्न चाँडै कोरिया आउने वाचा गरे । प्रशान्तको बाध्यता सुनेर दर्शकहरू स्तब्ध बनिरहेका बेला गिरीले प्रशान्त नआउनुको वास्तविकता फुकाउँदै भने, ‘उहाँले जे भन्नुभए पनि भिसाको कारण्ा हो । सम्पन्न मुलुकले हामी दक्षिण एसियाली कलाकारलाई घटिया दर्जामा हेर्ने गर्छ । मैलै पनि जर्मनीको एउटा कार्यक्रममा यस्तै धोका पाएको छु ।’ गिरीको गुनासो सुनिरहेका दर्शकले कार्यक्रम आयोजकसँग कुनै गुनासो गरेनन् बरु कलाकारहरूप्रति सहानुभूति जनाए ।
कार्यक्रमको उत्कर्ष बन्यो लोकगायक पशुपति शर्मा र गायिका राधिका हमालको ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हाम्ले आँखा जुधाउने, चित्त बुझाउने’ लोक दोहोरीमा पूण्ािर्मा श्रेष्ठलगायत अन्य कलाकारको नृत्य । यो दोहोरीसँगै सबैजना नृत्यमग्न थिए ।
आइतबार कम्मर मर्काउनेहरू उही जोस र जाँगरमा मेट्रो टे्रनबाट सजिलै पुग्न सकिने सोलको हुकसक दोङस्थित वोन बुल्ग्यो हेग्वानमा पनि भेटिए । मुस्ताङ परिवारले आयोजना गरेको सांगीतिक सौगातमा सुरुमै लोक गायिका सुनिता दुलालको कार्यक्रम प्रस्तुतिले अल्लारे ठिटाहरू मख्ख थिए । तिनै ठिटाहरू स्थानीय गायक भारत गुरुङ र अशोक थुलुङका स्वरहरूमा मात्र होइन, स्थानीय टि्रनिटी ब्यान्डको रक प्रस्तुतिमा पनि चिच्याइरहेका थिए ।
पप र रकपछि कार्यक्रम प्रस्तोता दुलालले लामो भूमिकासहित नायिका सौजन्या सुब्बालाई निम्त्याइन् स्टेजमा । नेपाली पारामा उनले दर्शकलाई नचाइन् अनि घमेश दुलाललाई बोलाइन् र नेपालको पूर्वदेखि पश्चिमसम्मको भन्ज्याङ र चौतारीका सन्दर्भ झिक्दै दर्शकलाई भावुक पनि बनाइन् । कार्यक्रमको मियो मानिएका मनोजलाई बोलाएर उनी नेपथ्यमा गइन् । मञ्चमा मनोजलाई देखेर दर्शकहरू हाँस्न थाले । कोरियामा मनोजका प्रस्तुतिहरूको खुब चर्चा हुने गर्छ । त्यसैले उनलाई बोलाउन आयोजकहरूबीच निकै प्रतिस्पर्धा हुने गर्छ । यसचोटिको कोरिया यात्रा उनको आठौं थियो । उनी बाह्रौंपल्टमा कोरिया यात्रा टुंग्याउन चाहन्छन् । नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
कार्यक्रममा धेरै दर्शकको आकर्षण बने राजु लामा । उनले राष्ट्रिय भावनाले ओतप्रोत ‘मेरो नेपाल’ चर्चित गीतहरू गाउन भ्याए ।
प्रकाशित मिति: २०६८ माघ १६ ०९:३२

No comments: