Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, January 16, 2012

क्यानाडामा तेस्रो लुम्बिनी-कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 3, 2011
अशोक खड्का, टोरोन्टो, क्यानाडा २८ नोभेम्बर – क्यानडाको मिसासागा, टोरोन्टोमा लुम्बिनी-कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। अपरान्ह २ बजे केन्द्रीय पुस्तकालयको हलमा शुरु भएको कार्यक्रम पाँच बजेसम्म चलेको थियो। कार्यक्रमको संचालन लुम्बिनी-कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति सदस्य गोबिन्द सिवाकोटीले गर्नु भएको थियो भने अर्का सदस्य आङवरु शेर्पाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।
अभियानका विश्व समिति सदस्य तथा क्यानाडा संयोजक चन्द्र राइले कार्यक्रमको औचित्व र अभियानबारे प्रकाश पार्दै, “हामी देश विदेशमा रहेका नेपालीहरु विभिन्न समुदाय, सामुदायिक संजाल बनाएर सामुदायिक सेवा र गतिबिधीमा मात्र लागेका हुन्छौं, तर हाम्रो सिंगै देश, राष्ट्रियता, पहिचान, इज्जत र राष्ट्रिय समृद्धिको महत्वपूर्ण कर्तब्य भुलिरहेका हुन्छौं। यसो भनिरहदा गैह्र आबासीय नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल (एन.आर.एन) मा राष्ट्रियता, राष्ट्रिय सार्बभौमसत्ताको सबालमा थोरै पनि एजेन्डा नआउँदा हामी हाम्रा आफ्नै बाध्यता र ब्यस्तताको बाबजुद पनि माटोको ऋणको निम्ति यस पबित्र अभियानमा छौ” भन्दै सबैलाई एकजुट हन आब्हान गर्नु भयो।


कार्यक्रमको मुख्य ३ प्रस्तुतिमध्ये समयभाबले प्रा. डा. राजन प्रसाद पोखरेलको प्रस्तुती पुरा हुन पाएन भने नेपालसम्बन्धी बिज्ञ तथा मानबशास्त्री डा. मेरी डेसेनले बुद्धको जन्मथलो, राष्ट्रियता, राष्ट्रिय सार्बभौमसत्ता र क्षेत्रीय अखण्डताको बारेमा गहिरो मन्तब्य दिनु भयो साथै नेपालको भूराजनीतिक अबस्थाले नेपाल आफ्नो खुट्टामा अझै उभिन सकेको छैन भन्दै द्रुतगतिमा विश्वको महाशक्ति बन्ने धुनमा रहेका भारत र चीनको बिचमा रहेको नेपाल केवल एउटा पेट्रोलपम्पको रुपमा रहने खतरा छ यस कुरामा देश र देशबाहिर रहनुहुने नेपालीहरुले सजक हुन जरुरी छ भन्नु भयो।
कवी अशोक खड्काले बुद्ध, राष्ट्रियता र असमानता सम्बन्धी निकै जोशिलो काब्य प्रस्तुतीले समाहरोहलाइ निकै नै तताएको थियो। त्यसपछिको श्रब्य-दृश्य प्रस्तुती सहित राष्ट्रिय समिती सदस्य प्रा.डा. तुलसी धरेलले वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एबं एमाओबादी अध्यक्ष तथा भू.पू प्रधानमन्त्री पुष्पकमल दाहालज्यु न्यूयोर्कमा यु.एन. महासचिब बानकी मुनसंग बर्ता गरिरहेको बेलामा भारतका प्रभाबशाली नेता करन सिंहले लुम्बिनी विकासप्रति भारतको सरोकारमा अनाबस्यक जोड दिनु गम्भीर कुराभएको औल्याउनु भएको थियो।
लुम्बिनी-कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिती सदस्य तथा संचारकर्मी डा. गोबिन्द सिंह रावतले यस अभियानमा संचारकर्मीको ठुलो भूमिका रहनु पर्ने कुरामा जोड दिनु भयो। कार्यक्रममा एन.आर.एन क्यानडाका प्रतिनिधी तथा टोरोन्टो क्यानडामा रहेका सबै संस्थाका अध्यक्ष, प्रतिनिधिहरु तथा समाजका अगुवाहरुले समर्थन र ऐक्यबद्धता जाहेर गरेका थिए भने स्थानीय समाचार माध्यमको निम्ति स्थानीय संचारकर्मीहरुको राम्रो सहभागिता थियो।
For more photos of the program click here

No comments: