Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 29, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियान टोलीको लुम्बिनी क्षेत्र भ्रमण परिणामहरु


Posted by Ram Kumar Shrestha on February 29, 2012
Posting the banner in Gate no 6 of Lumbini garden
Update on 1st of March, 2012
फाल्गुण १८ काठमाण्डौको गोकर्ण स्थित स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल सहयोगी उच्च मा.वि.मा खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनीबाट शुरु गरिएको यस अभियानलाई राजधानीका अन्य विद्यालयमा समेत निरन्तरता दिइनेछ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले करीब २ महिना अघिदेखि पत्रकार, शिक्षक, बिद्यार्थी, पर्यटन ब्यबसायी सहितको ३७ जनाको टोली लिएर आफ्नै खर्चमा बिभिन्न किसिमका कार्यक्रम गरी सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी कपिलवस्तु देवदह र राम ग्राम गएर प्रवद्धर्न कार्य गर्न जुटेको थियो । छोटो समयमा धेरै कार्यक्रम गर्ने अभिप्रायले टोलीलाई आबस्यक पर्ने गाडिको माग पर्यटन मन्त्रालय समक्ष राख्यो । त्यताबाट लुम्बिनी विकास कोषले सजिलो गाडि देला भन्ने संकेत भयो । तर त्यताबाट पनि गाडि उपलव्ध नहुने कुरा मन्त्रिबाटै ज्ञात भयो । यो अभियान लुम्बिनी भ्रमण वर्ष १२ लाई सघाउने हेतुसाथ आयोजना भएको थियो । यस सहयात्रामा सरकार साथ रहन सक्दैन भने पनि अभियान आफ्नै हिसाबमा सरकारलाई छाडेर अघि बढ्नेछ भनेर वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्री प्रचन्डको प्रमुख आतिथ्यमा भएको तेस्रो लुम्बिनी-कपिलवस्तु दिवसको उद्घाटन सभामा डिसेम्बर १ को दिन नेपाल पर्यटन बोर्डको हलमा घोषणा गरिए अनुरुप साधनको कमीको कारण तयार भएर रहेका ३७ जनाबाट १५ जनाको टोली लिएर तीन दिनको कार्यक्रम बनाएर त्यसतर्फ लाग्यो । छोटो समयमा धेरै काम गर्न टोली ३ समूहमा विभाजित गरियो । समूह १ मा अभियानका नेपाल संयोजक लक्ष्मण पुरीको साथमा पत्रकार र पर्यटन सम्बद्ध ब्यक्तिहरु निलेश अधिकारी (पर्यटन दूत), प्रकाश पाठक, रुपक आचार्य, मीना पाण्डे, राजेश तिमिल्सिना र अरु २ जना हुनुहुन्थो । यो समूहको प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन र डकुमेन्ट्रीको लागि छायांकन । समूह २ मा अभियानका शिक्षक दुत श्री कुमार श्रेष्ठ र अभियानका तीन विद्यार्थीहरु दुतहरु किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत) र कलेज स्टुडेन्ट अम्बेसडर सविता भट्ट हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो स्थानीय स्कूल, स्काउट, तथा पर्यावरणसम्बद्ध सहकार्य गर्न व्यवस्थापन गर्ने । समूह ३ मा अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, सारक सल्लाहकार केदार शाक्य र नेपाल सल्लाहकार गुह्यरत्न शाक्य हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन तथा संगठन विस्तार ।

फागुन ९ गते तीनै समूह तीनवटा बेग्ला बेग्लै गाडिमा प्रस्थान गर्‍यो । समूह १ बुटवल समूह २ देवदह र समूह ३ लुम्बिनीको लागि प्रस्थान गरयो ।
फागुन १० गते समूह ३ ले देवदहमा रामचन्द्र पौड्यालका संयोजकत्वमा अभियानको देवदह स्थानीय समिति गठन गर्यो । यस समितिमा संयोजक रामचन्द्र पाण्डे, र अन्य अभियन्ताहरुमा कृष्णप्रसाद भुसाल, कृष्णप्रसाद चापागाईँ, भरत तिवारी, लक्ष्मण पाण्डे, रिता पाण्डे, तुलसी पाण्डे, राधिका पाण्डे, भोजराज भण्डारी र अनिया चौधरी हुनुहुन्छ । टोलीले देवदहमा रामचन्द्र पाण्डे र साथीहरुद्वारा निर्मित मयादेबी मन्दिरको अवलोकन गर्‍यो । यस मन्दिरको लागि मूर्ति निर्माणदेखि मन्दिरको गजुर निर्माणसम्मको लागि स्रोत साधन जुटाउने काममा अभियानका सार्क सल्लाहकार केदार शाक्य र राष्ट्रिय सल्लाहकार गुह्यरत्न शाक्यको प्रारम्भदेखि नै अविछिन्न महत्त्वपूर्ण सहयोग भएको थियो र ४ लाख बराबरको मूर्ति र गजुर व्यवस्था भएको थियो ।
समूह २ ले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यसमा समूह ३ समेत सहभागी हुनपुग्यो । यसै अबसरमा त्यहाँका आवर युथ सोसाइटी नामक स्थानीय सँस्थाले यस अभियानसँग सहकार्यको प्रतिवद्धता जाहेर गर्‍यो । आवर युथ सोसाइटी लुम्बिनी पर्यटन प्रवर्द्धनको लागि रुपन्देहीलाई प्लास्टिक र बन्दमुक्त क्षेत्र बनाउन संघर्षरत छ । यसपछि समूह १ रामग्राम र देवदहक्षेत्रको छायाँकनको लागि र समूह ३ भैरहवामा संगठन विस्तार तथा पत्रकार सम्मेलनको लागि प्रस्थान गर्यो ।
समूह तीनले भैरहवामा डा. कपिल लामिछानेको पूर्ण सहयोगमा पत्रकार सम्मेन गर्यो । त्यहाँको पत्रकारहरुको संयोजन काठमाडौँबाट क्रन्दन चापागाई र गणेश न्यौपाने, बुटवलबाट चन्द्रकान्त मैनाली समेतको महत्त्वपूण सहयोग भएको थियो । डा. कपिल लामिछानेकै पूर्ण सहयोगमा लुम्बिनी कपिलवस्तु र नवलपरासी जिल्लाका सम्बर्द्धन कार्यलाई समन्वय गर्ने बुद्धसर्किट समन्वय समितको गठन भयो । यसमा ओम श्रेष्ठ (समाजसेवी) संयोजक हुनुहुन्छ भने अन्य अभियन्ताहरुमा सुमन श्रेष्ठ (रुपन्देही जिल्ला संयोजक), दुर्गा अर्याल (कपिलवस्तु संयोजक), रामचन्द्र पाण्डे (देवदह संयोजक), शेरबहादुर केसी, विजय सागर श्रेष्ठ, ओम जैसी, डिल्लीराज भट्टराई, रामबहादुर श्रेष्ठ, विमला पोख्रेल, चेतन पन्त, मनारंजन शर्मा हुनुहुन्छ । यसको लागि डा. कपिल लामिछाने, डा.घनश्याम न्यौपाने र संजयबजिमय सल्लाहकार रहनुभएको छ ।
सोही दिन समूह १ ले देवदहमा डकुमेन्ट्रीको लागि छायाँकन गर्यो भने समूह २ लुम्बिनीमा विद्यालयहरु र संघसँस्थाहरु भ्रमण गर्दै लुम्बिनी सम्पदा र पर्यावरण संरक्षणसम्बन्धी प्रवद्र्धन कार्यक्रमहरु गर्यो ।
फागुन ११ गते समूह २ ले बुद्ध आदर्श उच्च मावि, लुम्बिनीमा एउटा सभा आयोजना गर्यो । त्यसमा समूह १ को समेत संलग्नता भयो । कार्यक्रममा विद्यार्थी दूत, स्कूल प्रिन्सिपल र हाम्रा अभियानका सल्लाहकारहरुको प्रवचन तथा अन्तरकृया भयो । अध्यापकहरुबाट लुम्बिनी विकास कोषको जनस्तरमा सम्पर्कहीनताको असन्तुष्ठी व्यक्त गरिएको थियो भने अभियानको तर्फबाट सरकारले लुम्बिनी आउने पर्यटकहरुलाई लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिन १०० र २०० को सूचना पाटी टाँग्न समेत नसकिरहेको अवस्थाको जिकीर गर्यो र यस अभियानले जनस्तर परिचालन गरी यस्तो सूचना फ्लेक्स टाँग्ने चाहेको व्यक्त गर्दै त्यस फ्लेक्सको प्रदर्शन गर्यो । फ्लेक्समा अंग्रेजीमा Welcome to Nepal, the birthplace of Lord Buddha भन्ने शब्द सिरानमै अंकित छ । स्कूलका सहभागिहरुले यस कार्यक्रममा हार्दिक सहयोगको प्रतिबद्धता जाहेर गरे । यसै अबसरमा स्काउट दूत किशोर कुइकेलद्वारा पर्यटकहरुलाई नेपाल प्रेवश गरेको अनुभूति दिलाउने खालको प्रवेशद्वारको आवश्यकताको जिकीर गरे र सरकारको असक्षमतालाई ध्यानमा राखी सहयोगार्थ विद्यार्थीहरुद्वारा खाजाको रकमबाट जनही १ रु. को चन्दा संकलनको प्रस्ताब राखे । तत्काल विद्यार्थीहरुद्वारा अनुमोदन भयो र अन्दाजी १०० रु. को संकलन भयो । अरु संकलन कार्य जनही १ रु. कै दरमा काठमाडौँमा पनि हुने जानकारी विद्यार्थी दुतहरुद्वारा घोषणा भयो । यस पछि प्रदर्शित १६ फिट लामो फ्लेक्स बोकी अभियन्ता, विद्यार्थी र शिक्षकहरुद्वारा बजारमा सार्वजनिक र्याली संचालन भयो र अन्त्यमा लुम्बिनीको प्रवेश द्वार नं ६ मा टांगी यस अभियानको कार्य समापन गरियो ।
समूह ३ टोली त्यसै साँझ ११ गते, समूह २, भालीपल्ट १२ गते र समूह १ कपिलवस्तुको विभिन्न स्थानहरुमा छायाँकन गर्दै अन्तर्वार्ता समेत लिएर १३ गते काठमाडौँ फिर्ता भयो । कपिलवस्तुमै पुग्नुभएका माननीय दीप कुमार उपाध्यायको र काठमाडौँबाट पत्रकार क्रन्दन चापागाई र गणेश न्यौपानेको अभियानको यो कार्यमा अबिस्मरणीय संयोजन सहयोग प्राप्त भएको छ । अभियानको यो भ्रमणको मूल उपलव्धी स्थानीय स्तरमा जागरणका साथै संगठन विस्तार त हुँदै हो उल्लेख्य यी रहेका छन् कि सरकारले लुम्बिनी क्षेत्र नेपालको भूभागमा पर्छ भन्ने अनुभूति दिन १०० र २०० को सूचना पाटीसम्म टाँग्न नसकिरहेको अवस्थामा अभियानले जनस्तरबाट सूचना फ्लेक्स टाँगेर त्यो राष्ट्रिय गर्वको महान् कार्य गरेको छ । विद्यार्थीहरुले पनि सरकारको असक्षमतालाई बुझी त्यस्तै अनुभूति दिने स्वागत प्रवेशद्वार बनाउन स्थानीय स्तरबाट सुरु गरेर राजधानीमा पनि सरकारलाई सहयोग पुर्याउनको लागि खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन सुरु गरेको छ ।
साथै अभियानको यो कार्यक्रमले कपिलवस्तु, रामग्राम, देवदह र लुम्बिनीका धेरै प्रचीन सम्पदाका छायाँकन गर्ने र धेरैबाट त्यहाँका समस्याहरु र महत्त्वपूर्ण सुझावहरु पनि संकलन गर्ने काम भएको छ । यो कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धीको रुपमा छिट्टै यस अभियानका गतिविधि समेतको प्रवर्द्धनात्मक कार्यक्रमको एउटा र अर्को यहाँका समस्याहरुको गरी दुइवटा डकुमेन्ट्रीहरु तयार हुनेछ ।
Published links:

No comments: