Posted by Ram Kumar Shrestha on February 22, 2012
अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
त्यसरी नै अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ ।
अभियानको लुम्बिनी पर्यटन प्रबर्द्धन समूह रुपक राज आचार्यको मूल संयोजकत्वमा गठन गरिएको छ । यस्का संयोजकहरुमा सुमन कुमार सिग्देल, हरिबोल सत्याल, सुशिल केसी, केशब मणि पाठक, राजन पोखरेल, सुमन श्रेष्ठ, मीना पाण्डे र निलेश अधिकारी हुनुहुन्छ । त्यसरी नै ऐक्यबद्धताका महाप्रबन्धक निलकण्ठ तिवारीको मूल संयोजकत्वमा संचार समूह गठन गरिएको छ । यस्का संयोजकहरुमा नेपाल १ टिभिका क्रन्दन चापागाईं, माउण्टेन टिभिका गणेश पाण्डे, मूल प्रबाहका बलराम थापा, उज्यालो एफएमकी मीना पाण्डे (एफएम संयोजक), शिवराज गौतम ( अन्तरराष्ट्रिय संचार संयोजक), बासु सत्याल (एभेन्यूज), नेपाल टिभिका सरोज ओझा, एबिसी टिभिका निर्मल अर्याल, हिमालयन टाइम्सका सुरेन्द्र सुबेदी, नेपाल प्रिस्ठभूमिका देबेन्द्र खापुङ, नयाँ पत्रिकाका सुमन सिग्देल, लाइट अफ एशियाका म्रिगेन्द्र बिक्रम थापा र नमस्ते एफ एमका सुमन श्रेष्ठ हुनुहुन्छ ।
No comments:
Post a Comment