Posted by Ram Kumar Shrestha on February 21, 2012
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।
कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ
।
जर्मनीमा कमल भट्टराईको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान जर्मनी राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा शैलेन्द्र मल्ल, सुशिल केसी, ज्योति चन्द्र श्रेष्ठ र सन्जिव थापा हुनुहुन्छ ।
त्यसै गरी भियतनाममा सुजन उदयको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान भियतनाम राष्ट्रिय समिति गठन गरिएको छ । यस्मा उदय सुजल र लव राष्ट्रिय संयोजकको रुपमा रहनु भएको छ ।
दुई चरणमा गरी विस्व कार्य समितिलाई पूर्णता दिएपस्चात यस अघि स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ मुलुकहरुमा राष्ट्रिय समिति गठन भैसकेको छ । यसरी अभियानको राष्ट्रिय समितिहरुको संख्या १३ पुगेको छ । अभियानको राष्ट्रिय समिति गठन गर्नेमा पहिलो मुलुक भने स्पेन हो ।
Published links:
No comments:
Post a Comment