उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।
पहिलो दिन: मे २७, २०१०
विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको कार्यक्रमलाई राखिएको थियो । त्यसपछि अन्तमा विशेष समय लिई हरिकुमार श्रेष्ठ र कर्साङ लामाबाट उक्त मन्दिरको गुरु फुर्वा रिम्पोचेसंग ताइवानमा नेपालीहरुको लागि एनआरएनए स्थापना भैसकेको र दर्ताको लागि पहल भैराखेको जानकारी गराउनुको साथै बुद्धको जन्मस्थल कपिलबस्तु नेपाल हो भनेर प्रचार प्रसार तथा बुद्धको शान्तिको सन्देश विश्व जगतमा व्यापकरुपमा फैलाउन र नेपालमा पर्यटन विकासमा सहित सहयोग पुर्याउने उद्देश्यले कपिलबस्तु दिवस विश्व कार्य समिति गठन भै कपिलबस्तुबारेमा गत वर्षदेखि व्यापक प्रचार प्रसार कार्य गर्दै आएको कुरा पनि छलफल भयो । यसै सिलसिलामा ताइवानमा धेरैजसो ब्यक्तिहरुलाई बुद्धको जन्मस्थलको बारेमा थाहा नभएकोले यसबारेमा सहयोगको लागि अनुरोध गरिएकोमा उहांले भन्नु भयो कि त्यहा पूजापाठ गर्न जाने प्रत्येक ब्यक्तिलाई यससम्बन्धी जानकारी भैसकेको कुरा सुनाउनु हुदै हौसला प्रदान गर्नुभयो । उहांको यस कदम प्रति आयोजक समिति हार्दिक धन्यवाद प्रदान गर्दछ ।
दोस्रो दिन: मे 30, २०१०
पहिलो चरणको कार्यक्रम बिदाको दिन नपरेकोले बिदा मिलाउन सक्ने ब्यक्तिहरुमात्र पूजाको लागि सहभागी भएभने यो दिनभने करिव ३५ जनाको
यसै सिलसिलामा एनआरएनए ताइवानका सल्लाहकार तथा आयोजक समितिका सदस्य कर्सांङ लामाले बुद्ध जयन्ति कार्यक्रममा हामीले गरेका
कार्यक्रम संगसंगै प्रसाद ग्रहण गर्नुको साथै खानपीन पनि गरिएको थियो । पहिलो दिनको
कार्यक्रम सकिएपछि सहभागीहरुलाई नेपाली महिला नाङछन छिरिङले थाउयानमा सन्चालन गर्नु भएको आफ्नो रेष्टूरांमा आमन्त्रण गरी नेपाली भोजनको ब्यवस्था गर्नुभयो भने ताइपेई फर्कनको एनरएनए, ताइबानका सदस्य सुरेन्द्रबाट गाडीको सहयोग भएको थियो ।
। दोस्रो दिनको कार्यक्रममा खानाको लागि मुख्यरुपमा कर्साङ् लामा मिङमा शेर्पा र केही अन्य साथीहरुबाट पनि व्यवस्था भएको थियो । दुइ चरणको कार्यक्रममा भएको खर्च ताइवान डलर ९३६७.०० मध्ये ७७२७.०० शेर्पा ह्योल्मो समाज ताइपेई
समयसमयमा यस्ता कार्यक्रमहरु संचालन हुंदै जांदा एकआपसमा चिनजान हुनुको साथै नजिकिन निकै सजिलो हुन्छ र भविष्यमा नेपालीहरुको कुनै पनि कार्यक्रम संचालनको लागि थप हौसला र बल पुग्न जाने देखिन्छ ।
कार्यक्रममा सहभागी भक्तहरुले विश्व शान्तिका प्रतिक बुद्ध जन्मिएको देश नेपालमा भएको अशान्ति र द्धन्द प्रति गहिरो चिन्ता ब्यक्त गर्दै बुद्धको शान्ति सन्देश नेपाली नेताहरुमा पनि जतिसक्दो चाँडो पुगि देशमा शान्ति सुव्यवस्था कायम होस् भनि कामना गरे । त्यस्तैगरेर बुद्धको जन्मस्थानको बारेमा विश्वव्यापीरुपमा भारतबाट जुन भ्रम फैलाइएको छ यसको भ्रम निवारणको लागि नेपाल सरकार राजनैतिक दलहरु नेपालीहरु र विश्वभरमा बुद्धसम्बन्धी विभिन्न कार्यको सहयोगको लागि स्थापित । कार्यरत संघ संस्था समुह तथा ब्यक्तिहरुमा हार्दिक अपिल पनि गरेका छन् ।
No comments:
Post a Comment