हतियारको उन्माद, प्रकृति विनाश एवं त्यसबाट उत्पन्न प्रकोप साथै भौतिक विकासको होडमा संवेदनाशुन्य बन्दै गईरहेको हाम्रो विश्व एवं मुलुक यतिखेर विश्व शान्तिका अग्रदुत भगवान बुद्धको २५५४ औं बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा पुनः मनाउन गईरहेको छ । विगतमा झैं औपचारिक कार्यक्रम गरी बुद्ध र शान्तिका नाममा केही वक्तव्य केही भाषणबाजी र केही सभा समारोहका बीच यो जयन्ती पनि पूरा हुनेछ । मानिस हरदम दुःखबाट मुक्त सुखी जीवन चाहन्छ । तर थुप्रै प्रयासपछि पनि मानिस निराशाहरुबीच नै जीवनलीला समाप्त गर्दछ । त्यसैले वैराग उत्पन्न भएर होला शायद तत्कालिन कपिलवस्तु राज्य हालको कपिलवस्तु जिल्ला का राजकुमार सिद्दार्थले राजकाज छाडी लामो साधना पछि बुद्धत्व प्राप्त गरेका । र सम्पूर्ण मानिसलाई शान्ति र अिहंसाको मार्गमा जान ज्ञान प्रदान गरेको । आज त्यहि महत्वपूर्ण दिनलाई हामीले सम्झिरहेका छौं । शान्ति र अहिंसाको माध्यमबाट नै मानिस सम्यक समाज निर्माण गर्न सक्दछ र मानवीय भावनाबाट प्रेरित भई धेरै दुःखबाट मुक्त हुन सकिन्छ भन्ने सन्देश भगवान बुद्धले दिनुभएको छ । तर त्यसको ठिक विपरित अहिलेको मानव समाज विभिन्न स्वार्थबाट प्रेरित भएर आपुनै अस्तित्व समाप्त गर्न उद्दृत छ । शान्तिको माला जप्दै समाजलाई सदैव हिंसातर्फ प्रेरित गरिरहेको छ । तथापि हिंसा जति नै हावी भएपनि अन्ततः अहिंसा र प्रेम नै मानिसको आवश्यकता र यथार्थता हो । यसबाट नै थुप्रै वैमनस्य अत्याचार क्रमशः समाप्त हुँदैं आपसी मेलमिलाप भाइचारा र सहयोगको भावना विकास भई मानिस समृद्ध समाज मार्फत साझा हित तर्फ प्रेरित हुन्छ । तर केही व्यक्ति वर्ग गुट एवं देशको अहम्का कारण हजारौं पटक क्रान्ति र परिवर्तन गर्दा पनि मानिस अहिले सम्म सुरक्षित हुन सकेको छैन । तसर्थ पनि बुद्धले दिएको सन्देश विश्व मानव जगतका लागि सदैव सार्थक र आउने समयमा झनै महत्वपूर्ण साबित हुँदै जानेछ ।
दुःखका साथ भन्नुपर्छ तिनै महामानवले पाइला टेकेको भूमीमा उनले छाडेका सन्देश अहिले राजनीति गर्ने विषय भएको छ । स्वार्थले अन्धो हुँदा तिनकै आँगन हिंसाले पोतिएको छ र बुद्धत्व मात्र हराएको छैन अपितु स्वयं बुद्धको आपुनै आँगन खोस्ने होडबाजी चलेको छ । हिंसा कदापि जायज हुँदैंन । हिंसा गर्नुनै छ भने कमजोर चेतना अन्धविश्वास गलत संस्कृति र चिन्तनमाथि गर्नुपर्दछ नकि प्राणीको नैसर्गिक अस्तित्वमाथि । हिंसालाई जति नै जायज मानेपनि अन्ततः हरेक हिंसावादी मानसिकताले शान्ति र अहिंसाकै बाटोमा फर्कनु पर्दछ । सत्य आखिर सत्य नै हो जति नै ढाकेपनि प्रकट हुन्छ नै । तर दुःखलाग्दो तथ्य शान्ति अिहंसा एवं मानवीयताको सन्देश दिने महामानव भगवान बुद्ध जसले टेकेको आँगन भाग्यवश हाम्रै भूमिमा परेको छ । त्यसलाई केही कुत्सित मनसाय बोकेका विभिन्न षडयन्त्रहरुबाट अन्यत्र साबित गर्ने प्रयास भैरहेको छ । हाम्रो नेपाली स्वाभिमान मौन छ । हाम्रो स्वाभिमान स्वाधिनता र भूगोलमाथि विदेशीहरुबाट खुलेआम हस्तक्षेप भैरहेको छ । जनता नेपाली भावनामा भन्दा दलीय भावनामा विभाजित भएका छन् । देश कमजोर अवस्थामा पुगेको बेला देशको अस्तित्व समाप्त गर्न विभिन्न षडयन्त्रहरु सल्बलाइरहेका छन् । सम्भवतः अहिले हामी नेपाली रहेका छैनौ कुनै वर्ग दल गुट-उपगुटहरुबाट प्रेरित भएका छौं । हरेक कुरा राजनीतिले पोतिएको छ । राजनीति त मुलुक र आपुनो पहिचानका लागि हुनुपर्ने हो तर हामी त्यहि मेटेर राजनीति गरिरहेका छौं । होइन भने आज देशको पहिचान बोकेका सम्पदाहरु विस्तारै लोप हुँदै जाने थिएनन् । आज बुद्ध कसैले दावी गरेको छ । भोलि सगरमाथा र भृकुटी पनि कसैले दावी गर्ला । अनि के आधारमा हामीले आफूलाई संसार सामू नेपाली भनेर चिनाउन सकौंला आपुनो हक अधिकार प्राप्त गर्न विदेशी सामु डराउनु र झुक्नुपर्ने किन के हामीले अरुको भुगोल दावी गरेका छौं के अरुको सम्पदा माथि आक्रमण गरेका छौं के अरुको पहिचान खोस्ने प्रयास गरेका छौं होइन भने यसरी अरुको सम्पदा भुगोल र गौरवमाथि निर्लज्ज आक्रमण हुँदा हाम्रो स्वाभिमान किन सुतेर बस्छ किन राजनीतिको मसाला बन्छ यस्ता थुप्रै प्रश्नहरु अनुत्तरित छन् । हाम्रा इतिहास एवं गौरवहरु निरर्थक हुँदैं गएका छन् । तर पनि हामी विभाजित भएका छौं । धिक्कार्ने छन् ति आउने नेपाली पूस्ताले जसका लागि स्वार्थ राखिएको छ ।
आजपनि हामीले बुद्धको गुणगान गरेर बुद्धजयन्त मनाउने छौं । तर तिनैले पाइला टेकेको भूमिको प्रतिलिपी उनकै आँगनको प्रतिविम्बमा निर्माण भैरहेको छ । सन् २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण गरी विश्वमाझ प्रस्तुत गर्दा हाम्रो लुम्बिनी भने पुर्पुरोमा हात राखी आँसु बगाईरहने छ । हाम्रा सरोकारवाला र स्वयं सरकारले समेत आधिकारिक रुपमा यसको प्रतिवाद गर्न सकेको छैन । ३२ वर्ष अघि शुरुवात भएको गुरुयोजना यहाँ अलपत्र परेको छ । वर्षेनि भ्रष्टाचारले आपुना छवि धमिल्याउन यहाँका राजनीतिज्ञहरु सक्षम छन् तर ६-७ अर्बको बजेट अभावले अलपत्र परेको लुम्बिनी गुरुयोजनाले लुम्बिनीलाई गिज्याईरहेको छ र आज वर्षेनि २-३ लाख पर्यटक लागि रोइकराई गर्नुपरिरहेको छ । संसारभरका बुद्धिष्टहरुको पवित्र तिर्थस्थल आज संरक्षण संवद्र्धन प्रचार-प्रसार र विकासको अभावमा छटपटाइरहेको छ । बुद्धकै जन्मस्थल र उनको दरबार भएको क्षेत्र तिलौराकोट लगायत थुप्रै स्थानहरु भौतिक विकासको अभावमा रङ्गहीन र दयनीय अवस्थामा रहेको छ । लुम्बिनी गुरुयोजनाको ३२ वर्षको अवधिमा करिब ३५ प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । यो भन्दा लज्जाबोध सरोकारवालाहरुका लागि अरु के हुन सक्छ उचित प्रसार प्रसारको अभावमा वर्षेनि लाखौं पर्यटक भारतबाट नै फर्किन्छन् । कतिपयले भारतमा नै लुम्बिनी भ्रमण गरेको भ्रम पालेर फर्केका छन् । वर्षौदेखि एउटा अन्तर्राष्ट्रिय विमानस्थलको माग हुँदा समेत विभिन्न बहानामा टार्ने प्रयास भैरहेको छ । अनि कसका लागि भैरहेको छ आजसम्मको राजनीति प्रसिद्ध न्युजविक साप्ताहिकका सम्पादक अन्तर्राष्ट्रिय गतिविधिका नियमित लेखक एवं प्रसिद्ध अमेरिकी टेलिभिजन च्यानलका संचालक फरिद जाकरियाले आपुनो पछिल्लो पुस्तक ुअमेरिका पछिको विश्वु मा बुद्ध भारतमा जन्मेको उल्लेख गरेका छन् । त्यसै गरी प्रसिद्ध अन्तर्राष्ट्रिय भिडियो निर्माण कम्पनी पीबीएसले समेत आपुनो पछिल्लो निर्माण “द बुद्ध” मा राजनकुमार सिद्धार्थ भारतमा जन्मेको उल्लेख गरेको छ । यसैगरी विभिन्न देशहरुमा पढाइने पाठ्यक्रमहरुमा समेत बुद्ध भारतमा जन्मेको उल्लेख पाइएको छ । स्वामी रामदेवले समेत आपुनो पुस्तक जीवन दर्शनमा बुद्धलाई भारतपुत्र भनि उल्लेख गरेका छन् । भारतीय मिडिया र चलचित्र क्षेत्रले त यसबारेमा व्यापक भ्रम नै छरिरहेको छ । यसको पछिल्लो उदाहरण “चाँदनी चोक टु चाइना” नामक चलचित्र छ जुन नेपालमा विवादित भैसकेको छ । केही समय अघि गुगलले सार्वजनिक गरिरहेको नक्सामा समेत लुम्बिनी भारतमा देखाइएको थियो । नेपाली साथीहरुको व्यापक अनुरोध र प्रतिवाद पछि अहिले भने नक्शा सच्चाएको छ । सूचना प्रविधिको व्यापक दुरुपयोग गर्दै र अन्तर्राष्ट्रिय माचमा नेपालको कमजोर उपस्थिति सूचना प्रविधिमा समेत पछि परेका कारण विश्वका विभिन्न संचारमाध्यम सूचना प्रविधिहरु पाठ्य सामाग्रीहरु मार्फत बुद्ध नेपालमा होइन भारतमा जन्मेका हुन् भनि संसारमा भ्रम छर्ने प्रयास भैरहेको छ तर यसलाई चिर्ने प्रयास किहंकतै बाट भएको पाइदैंन ।
देशले विकास मागेको छ । समृद्धि मागेको छ । तर यसका आधारहरु आफै भत्काइएका छन् । लुम्बिनीको मात्र उचित संवद्र्धन र विकास गर्न सक्ने हो भने वर्षेनि बीसौं लाख पर्यटक भित्र्याउन सकिन्छ । जसले अर्थतन्त्रको ठूलो भाग एक्लै बेहोर्न सक्छ । यथार्थ थाहा हुँदाहुँदै पनि खोइ को कहाँबाट साचालित छन् योजना पूरा गर्ने प्रयास गर्न कोही चाँहदैंनन् । बुद्धकै आँगनमा रगतको होली खेल्न यहाँ लाज मानिदैंन । बुद्ध सन्देशलाई सम्मान गर्दै आपुनो आँगन सुन्दर र शान्त बनाउँदै बाँकी विश्वलाई शान्तिको सन्देश दिनुपर्नेमा हतियारले विवेक कब्जा गर्ने दुष्प्रयास भैरहेको छ । बुद्धको सन्देश हरेक मानवको पहुँचमा पुर् याउनु पर्ने बेला आपुनै देशको शान्ति प्रकि्रया र भविष्य जोखिममा परेको छ । अब सांच्चिकै नेपाली एकता र पहल चाहिएको छ । अन्तर्राष्ट्रिय जगतमा फैंलदो भ्रमलाई निस्तेज गर्नै पर्दछ । सूचना प्रविधिको दुरुपयोग गर्दै भैरहेको गलत सूचना प्रवाहलाई रोक्नै पर्दछ । अन्यथा गोयबल्स शैलीमा हाम्रो पहिचान नखोसिएला भन्न सकिन्न । वर्षौदेखि राष्ट्रिय सरोकारका विषयहरुभन्दा केवल राजनीति दलहरु नेतागणलाई मात्र प्रमुखता बनाउदैं आएका नेपाली मिडियाहरु समेत अब सचेत हुनुपर्दछ । अन्र्तराष्ट्रिय मिडियाहरुबाट शिक्षा लिदैं गलत तथ्यहरुको भण्डाफोरमा एक्यवद्धता जनाउन सकेनन् भने कालान्तरमा उनिहरुकै भविष्य र पेशा समेत खतरामा पर्नेछ । राजनीति साधन हो साध्य होइन ।
हामी सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने संघारमा छौं । तर ठूलो पर्यटक संख्या भित्राउन सक्ने लुम्बिनीले त्यति महत्व पाएको छैन । त्यसले मागेका आधारभूत संरचनाहरुको विकासमा राज्यले पनि गम्भीरता देखाएको छैन । देश-विदेशबाट आपुनो मातृभूमिलाई माया गर्ने नेपालीहरुबाट विभिन्न माध्यम मार्फत भ्रमहरु हटाउने र प्रतिवाद गर्ने प्रयास त भैरहेको छ तथापि पर्याप्त सहयोग र सद्भाव नपाउँदा विस्तारै बामे सर्नु परेकोछ । विचार र दर्शन फरक हुन सक्छन् तर सबैको उद्देश्य देश र जनताप्रति सेवाभाव नै हो र हुनुपर्दछ । हाम्रा बुद्धिजीवी पत्रकार राजनीतिज्ञहरु विभिन्न पेशागत महानुभावहरु एवं आम जनताहरु समेत बुद्ध जयन्तीलाई केवल औपचारिकता मात्र प्रदान नगरी यसलाई पहिचान संरक्षण प्रचार-प्रसार एवं विकासमा समेत पहल गर्ने आवश्यकता समयले देखाएको छ ।
लक्ष्मण पुरी
काठमाडौं ।

No comments:
Post a Comment