Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, July 11, 2011

बरिस्ठ हास्य कलाकार मनोज गजुरेल कपिलबस्तु दिवस अभियानका सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on July 11, 2011
 
Rate This
फानबोरो, युके,  जुलाइ ९,  २०११ । फानबोरोमा तमुधी, युकेको आयोजनामा भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रसिद्ध प्रहसन कलाकार श्री मनोज गजुरेललाई “कपिलवस्तु दिवस अभियान” विश्व कार्यसमितिले “कपिलवस्तु दिवस अभियानको साँस्कृतिक दूत” को रुपमा ससम्मान नियुक्ति प्रदान गरेको छ । तमुधिका अध्यक्ष मुछेन्द्र गुरुङ्को स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा कपिलवस्तु अभियानका विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले अभियानको परिचय दिनुका अतिरिक्त नेपाललाई संसारमा चिनाउने दुई आधार सगरमाथा र बुद्ध भएकोमा बुद्धको विश्वब्यापी महत्वबाट लालायित भारतले सन २०१२ सम्ममा अरबौं रुपयाँ खर्चेर नक्कली लुम्बिनी बनाउने कार्य तिब्र गतिले अगाडि बढाउँदा समेत देखा परेको  सर्वपक्षीय मौनताको कारण अभियान शुरु गरिनु परेको प्रस्टाउँदै विश्व कार्य समिति गठन भएपस्चात यति छोटो समयमा नै स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन भएको जानकारी दिनु भयो भने सम्मान तथा नियुक्तिको प्रमाण पत्र यसै विश्व समितिका विश्व सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठले प्रदान गर्नुभएको थियो । साथै तमुधीका अध्यक्ष तथा यस अभियानका युके राष्ट्रिय समितिका सल्लाहकार श्री मुछेन्द्र गुरूंग र विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले पनि खादा ओढाएर कलाकार मनोज गजुरेललाई सम्मान प्रदान गर्नुभएको थियो । तमुधी युकेद्वारा आयोजित यस कार्यक्रममा  मनोज गजुरेललगायत बरिस्ठ गायिका कोमल ओली र स्थानीय कलाकारहरुको पनि गायन र नृत्यहरु प्रस्तुत थिए । कार्यक्रमको अन्त्यमा सम्मानित मनोज गजुरेलले नेपाललाई संसारमा चिनाउने एउटा आधार बुद्धको बारेमा भारतद्धारा गरिएको राजनीतिको प्रत्युत्तरमा अभियानले शुरु गरेको कार्यमा आफूले सक्दो सहयोग गर्ने  प्रतिवद्धता जाहेर गर्दै यसको भावनालाई बुझेर सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो । 
उपलब्ध सिटभन्दा बढी दर्शकहरुको उपस्थितिका कारण सयौं दर्शकहरु सो कार्यक्रममा उभिएरै पनि कार्यक्रममा शुरुदेखि अन्तसम्म पनि सहभागी भएको देखिन्थ्यो । दर्शक दीर्घाबाट पनि नाचेर र गाएर कलाकारहरुको कार्यक्रममा सक्रिय सहभागी हुनेहरुको संख्या पनि उल्लेख्य देखिन्थ्यो ।

स्मरण रहोस् गत चैत्र २६ का दिन नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेन्सिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महतलाई पनि कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सांस्कृतिक दूतको रुपमा काठमाण्डौंमा सम्मान प्रदान गरिएको थियो ।
 

No comments: