Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, February 6, 2010

Basu’s Seriousness for the Sovereignty

Usually people ignore the mistakes encountered in books or media, however; depending upon the situation, importance of the matter and the market of the source,  ignoring them could give unexpected negative results. Due to Indian activities and its strong media impact in the world, huge fraction of the world population are misinformed about the birth place of Gautam Buddha. During Kapilvastu Day programme,  when Raho Joe Bornhost – residing in France and German – was helping the programme requesting his colleagues to participate in and help to this programme, he did mistake. (Click here to see the unknowingly done mistake). For the sovereignty of the country, our intellectuals must be careful in this sort of sensitive issue.

Newsweek Editor Fareed Zakaria Apologised Tactfully

In response to an email by rana1616@gmail.com, the author of controversial book “THE POST-AMERICAN  WORLD” and the editor of Newsweek,  Fareed Zakaria apologized, but not whole heartily, for what he mentioned in page 154 of his book.
Q: I HAVE NOT READ THE BOOK – THE POST-AMERICAN WORLD BUT HAS THE WRITER WRITTEN BUDDHA BORN IN INDIA? HE SHOULD HAVE RESEARCHED BEFORE HE HAD WRITTEN SO. HAVE YOU HEARD THE BOOK HAS BEEN BURNT DOWN IN NEPAL? Fareed’s  response:
Thank you for taking the time out of your day to write to me. I understand that you were displeased by one section, particularly with my saying that “Buddha was Indian.” You rightly point out that the Buddha was born in Lumbini, in modern-day Nepal—not in India.
Please know that I meant no disrespect to Nepal, a country that I love. The Buddha was born and lived 2,500 years ago, in an age before modern-day boundaries were drawn and before the idea of a nation-state even existed. When I referred to the Buddha as “Indian” I meant it only in the geographic sense of the word, as a person hailing from the Indian subcontinent—not as a citizen of a particular state. I apologize if I offended you.
All best
Fareed Zakaria

Interview on Kapilvastu Day Movement

Some Buddha and Buddhism Related Clips

Wednesday, February 3, 2010

कपिलवस्तुको पीडा- लुम्बिनी बिनाको कपिलवस्तु र कपिलवस्तु बिनाको लुम्बिनी

*नारायणप्रसाद पौडेल


कमजोर घरको छोराले छरछिमेकमा ज्याला-मजदुरी गरेर परिवार पाल्छ। मुग्लान, अरब या कोरियातिर गई कमाइ गरेर विदेशी मुद्रा पठाउँछ र घर चलाउँछ। नेपालका गाउँघरको चलन यस्तै छ। २ हजार ५ सय वर्षपहिले एक रात अकस्मात् घर छाडेर पर्देशिएको छोराले अहिले पनि विश्वका विभिन्न देशबाट विदेशी मुद्रा पठाउँदै छ। घर चलाउन सघाउँदै छ। त्यो छोरो हो गौतम बुद्ध। उसको घर हो कपिलवस्तु। तर दुःखका साथ भन्नुपर्छ- गौतमबुद्धले पठाइदिएको त्यो रकम बीचैमा हराउँछ, कपिलवस्तुसम्म पुग्दैन। आफ्नै सन्तानले कमाएको कमाइबाट कपिलवस्तु वञ्चित छ। त्यसैले कपिलवस्तु सधैं चिन्तित र पीडित छ। कपिलवस्तुको यो चिन्ता र पीडा कसले बुझ्ने?
गौतमबुद्ध सिंगो नेपालका सन्तति हुन्; कहिल्यै नअस्ताउने एसियाका तारा हुन्; धर्मावलम्बीहरूका भगवान् हुन्; भौतिकवादीहरूका दार्शनिक हुन्; योगीहरूका गुरु हुन्; त्याग, तपस्या र समर्पणका नायक हुन्; सामाजिक न्याय र समानताका प्रतिक हुन्; सामाजिक जागरण अभियानका अभियन्ता हुन्; विश्वशान्तिका अग्रदूत र मानअधिकारका प्रणेता हुन्; अहिंसा, दया, क्षमा र करुणाका खानी हुन्। उनलाई कुनै एउटा जिल्ला, क्षेत्र र देशको सीमामा बाँध्न सकिँदैन। तर सकिँदैन भन्दैमा उनको घरलाई उजाड बनाएर उनका नाउँमा आएको रकम अन्यत्र दुरुपयोग गर्न पनि पाइँदैन।

गौतम बुद्ध संघीय राज्य

*लक्ष्मण पुरी
संविधान सभाको अवधि समाप्त हुने क्रम नजिकिदैं जाँदा नेपालमा संघीय संविधान निर्माणका बारेमा चर्को बहस शुरु भएको छ । संघीय स्वरुपको स्पष्ट खाका नकोरिदै विभिन्न दल, गुट एवं वर्गहरुले समेत संविधान निर्माण प्रभावित हुने गरी आ–आप्mनै जाति विशेषका आधारमा स्वघोषित रुपमा राज्य घोषणा समेत शुरु भैसकेको छ । बिना आधार यसरी राज्य घोषणा गर्दै जाँदा त्यसले संविधान सभाबाट मूर्त रुप पाउला नपाउला हेर्न बाँकी नै छ । राष्ट्र एवं राष्ट्रियता कुनै वर्ग वा गुटको जाति विशेषका आधारमा हुँदैंन र हुनु पनि हुँदैंन । राष्ट्र भनेको सबै वर्ग, सम्प्रदायको साझा स्थल र राष्ट्रियता भनेको ति सम्पूर्ण वर्गको साझा पहिचान हो । यसलाई जाति, वर्ग, धर्म वा नश्लका आधारमा परिभाषित गर्नु एक्काइसौं शताब्दीमा पनि बाह्रौं शताब्दीतिर समाजलाई डो-याउनु होइन र ?
विश्वव्यापीकरण, बढ्दो सूचना सञ्जाल, आर्थिक अन्तरनिर्भरता एवं विनिमय, सामाजिक–सांस्कृतिक विनिमयका कारण क्रमशः समाजबाट विभिन्न नश्ल, गुट, जातिहरु बीचमा सह–सम्बन्ध, पारस्परिक सहयोग एवं सदभाव बढ्दै गएको र विभिन्न धार्मिक, जातिगत एवं रंगभेदबाट मुक्त हुँदै आर्थिक–सामाजिक विकास तर्फ अगाढि बढिरहेको र सारा विश्वले नै आफुलाई खुला रुपमा प्रस्तुत गर्दै सबैलाई स्वतन्त्र रुपमा उदार आवागमन र बसाईंसराईंको सुविधाका कारण पुरातन रुपमा रहेको सीमानाहरुको पाबन्द नै संकटमा पर्दै गएको वर्तमान समयमा नेपाल भने पुनः अग्रगमनका नाममा जातिवादी राज्य कायम गर्दै पश्चगामी मार्गमा अगाडि बढ्दै छ । यसले देशको ऐतिहासिक महत्व, पहिचान र गौरवलाई नै संकटमा पार्दै नेपाली वीर योद्धाहरुका कारण आजसम्म अक्षुण्ण रुपमा रहेको देशको स्वाधिनता, सार्वभौमिकता, अखण्डता र अस्तित्व नै खतरामा पर्ने खतरनाक प्रवृत्तितर्फ बढ्दैछ ।

लुम्बिनी : विकासको काममा विनास

संसारका पौने दुई अर्ब बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल, अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र, ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक विश्वसम्पदा लुम्बिनी अहिले फेरि चर्चामा छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीन सरकारले आठ अर्वको लगानीमा विभिन्न विकास निर्माणका काम गर्ने भएपछि यसरी चर्चामा आएको हो । हालसम्म लुम्बिनीको विकासका लागि अर्बाैंको लगानी पनि भित्रिएको छ । सो लगानी सत्तापक्षद्वारा विपक्षीलाई मातदिन गरिने आमसभा, तारेहोटलका सेमिनार, भत्ता र भोज-भतेरमै सकिने गरेको छ । सम्बन्धित देशले आफैँ बनाएका स्तूप, चैत्य, बिहार, गुम्बा, पुस्तकालय र मन्दिरबाहेक सबैलाई देखाउन सकिने अन्य संरचना तयार गर्न भएको छैन । २० वर्षअघि सम्पन्न हुनुपर्ने गुरुयोजनाका आधा काम पनि पूरा भएका छैनन्, जसले हाम्रो दक्षता, कार्यक्षमता र विश्वसनीयतामा शंका जन्माएको छ, दाताको मन कुँडाएको छ । एकीकृत र योजनाबद्ध विकासमा भ्रम पैदा गरेको छ । कपिलवस्तु र रामग्रामलाई ओझेलमा पारेको छ । दुःखका साथ भन्नुपर्छ- अन्तर्राष्ट्रिय तीर्थस्थलको विकासमा पनि दलीय राजनीतिको ग्रहण लाग्दा प्रगतिको उकालो चढ्नुपर्ने वेलामा पनि बर्सेनि ओरालो झरेको छ ।
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि उनकै पहलमा एसियाका १५ देश सम्मिलित लुम्बिनी विकास समिति गठन गरियो । राष्ट्रसंघ मातहतको सो समितिको आग्रहमा सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रो. केन्जो टाँगेले लुम्बिनी विकास गुरुयोजना तयार पारे । उक्त योजना सफल पार्न ज्ञानेन्द्रको अध्यक्षतामा लुम्बिनी विकास कोषको स्थापना गरियो । कोषको स्थापनासँगै विदेशी रकमको ओइरिने र पहिरो जाने क्रम पनि दोहोरियो । कोष पञ्चायतकालमा पञ्च र बहुदलपछि सत्ताधारी दलको कार्यकर्ता भर्तीकेन्द्र बन्यो । र, विकासको काममा विनासलीला थालियो । सरकारी सुविधाविना, आप\mनै मानो खाएर लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका लागि अहोरात्र खट्नेहरूलाई अवमूल्यन गरियो ।

बुद्धजन्मस्थलबारे जकरियाको भ्रामक सन्देश

फरिद जकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक पनि ।
जकरियाले धेरै किताब लेखेका छन् । ती मध्ये स्वतन्त्रताको भविष्य (The Future of Freedom) सर्वाधिक बिक्री हुने किताब मध्ये एक हो । नोवल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जर लगायतले उक्त पुस्तकको मुक्तकण्ठलेे प्रशंसा गरेपछि उनको कद ह्वात्तै बढ्यो ।
मैले केही समय पहिले उनको पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) भन्ने पुस्तक प्रकाशित हुंदैछ भन्ने विज्ञापन पढेको थिएं र त्यो किताव प्रति मेरो लगाव बढेको थियो । एक दिन एक जना कुटनीतिक नियोगमा काम गर्ने मित्रसित ठमेलको कफी हाउसमा भेट भयो । अध्यक्ष क. प्रचण्डको हालैको चीन भ्रमण बारे समीक्षा भयो ।  नेपालको भारत र चीन सितको कुटनीतिक सम्बन्ध कस्तो हुनु पर्ला भन्नेबारे पनि कुरा भयो । कुरा तन्किदै गयो । एशिया र विश्वकै आर्थिक राजनीतिक भविष्यबारे केहिबेर छलफल भयो ।

नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु (लुम्बिनी र कपिलवस्तुमाथि भारतीय अतिक्रमण)

By राज श्रेष्ठ
कीर्तिपुर, काठमाडौ, rajshrestha2002@hotmail.com

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोक स्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दीभन्दा केही वर्ष भैसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।
बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थलमध्ये एक, भगवान् बुद्धको जन्मस्थल, लुम्बिनीमा भारतको राष्ट्रिय गान बज्ने रहेछ भन्ने समाचार काठमाडौं उपत्यकामा प्रसारण हुने इमेज न्यूज एफ.एमले पुष ६ गते साँझ प्रसारण गरेको छ। उक्त रेडियो रिपोर्ट अनुसार बौद्ध धर्मावलम्बी पर्यटकहरू भारतको बाटो हुँदै लुम्बिनी भ्रमण गर्न आउँदा भारतीय पथप्रदर्शकहरूले लुम्बिनी भारतीय भूमि हो भन्दै भारतको राष्ट्रिय गान सुनाइदो रहेछ। लुम्बिनीलाई भारतीय भूमि मान्दै ती बौद्ध धर्मावलम्बी श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउने गर्दा रहेछन्। अशोक स्तम्भ अगाडि सम्मानपूर्वक भारतको राष्ट्रिय गान गाइंदा पनि यो भारतीय भूमि होइन, नेपाली भूमि हो भन्ने आँट लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गर्न सक्दा रहेनछन्।

कपिलवस्तु दिवस र मेरो अनुभव

*भानु पौड्याल*
सन २००९ संसारभरी छरिएर रहेका नेपालीहरुले मातृभूमिको सम्मान र संरक्षणमा एकिकृत रुपले कार्यक्रमहरु गर्ने थालनीका हिसावले महत्वपूर्ण रह्यो। ईतिहासमा पहिलो पल्ट बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले दाङ जिल्ला लगायतका सीमा क्षेत्रहरुमा भारतीय सीमा शसस्त्र बलले गरेको ठाडो हस्तक्षेपको र नेपालका आन्तरिक मामलामा निरन्तर बढिरहेको बिदेशी हस्तक्षेपको बिरोधमा जुन १५ लाई बिश्व बिरोध दिवसका रुपमा मनाए। यस प्रकृयाले भूमण्डलका बिभिन्न कुनामा समाहित देशभक्त नेपालीहरुलाई एकजुट गराउने काम गर्‍यो। हामीले एउटा कार्यक्रम सफल गर्दैमा समस्याहरु सकिनेवाला थिएनन्। भारतीय शासक बर्गले लुम्बिनीको आधिकारिकतामाथि प्रश्न चिह्न उठाइरहेका घटनाहरु जिबितै थिए। भारतीय शासक बर्ग र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ भन्ने सहमति बन्यो। त्यसैको प्रतिफलको रुपमा डिसेम्बर १ लाई कपिलवस्तु दिबस घोषणा गर्ने र बिश्वभरी प्रचारात्मक कार्यक्रमहरु गरी कपिलवस्तु दिवस मनाईयो।
कपिलवस्तु दिवस मनाउनुको पछाडि मूलत: ३ वटा कारणहरु थिए। पहिलो, नेपाली राष्ट्रियता सर्वाधिक कमजोर भएको वर्तमान परिप्रेक्षमा शाक्यमुनी बुद्धलाई नेपाली राष्ट्रिय एकताको प्रतिकको रुपमा स्थापित गर्न प्रयास गर्ने। दोश्रो, नेपाली राष्ट्रियताका अमूल्य निधि बुद्धको जन्मस्थललाई संसार भरी नै अरु बढी चिनाउने र यस स्थान माथिको नेपाली सार्वभौमिकतालाई मजबुत बनाउने। यस प्रकृयाले भारतीय शासक बर्गले छरेका भ्रमहरुलाई चिर्न सघाउ पुर्‍याउने कुरा निश्चित थियो। र तेस्रो, नेपाली जनमानसमा राष्ट्रियता र राष्ट्रिय गौरवलाई प्रतिस्थापित गर्ने। कपिलवस्तु दिवसको सफलताले हामी आफ्ना तीनवटै उद्देश्यमा केही हदसम्न सफल रह्यौं।

बुद्धको देशमा बौद्ध धर्मावलम्बीको दुर्दशा

By नेपाल बौद्ध महासंघ 
विश्वमा नेपाललाई गौतम बुद्धको देश भनेर लिए तापनि गत दुइ सय ४० वर्षता बौद्ध धर्मको उत्थान, संरक्षण र सम्बर्धनमा खासै उपलब्धि हासिल गर्न सकेन । यसमा मुख्य कारण अदूरदर्शी राजनीतिक प्रणाली रहेको देखिन्छ । साधारणतया बौद्ध धर्मलाई सधैं दमन गरिएको छ र विशेष गरी केही समय यता र्सवजन हितायको महत्त्व बोकेको महायान बौद्ध धर्मलाई सुनियोजित रूपमा ध्वस्त पार्ने योजना भएको देखिन्छ । नेपाल एक धर्म निरपेक्ष संघीय गणतन्त्र राष्ट्र घोषणा भएको दुइ वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट आम धर्मवलम्बीहरूलाई त्यसको अनुभूति दिलाउन सकेको छैन । बौद्ध धर्मको अहिंसावादी सिद्धान्त आज विश्वमा शान्ति स्थापना गर्न र द्वन्द्व समाधानको माध्यम बनेको छ । संपूर्ण बौद्धमार्गीहरू शान्ति स्थापना, भ्रातृत्वको विकाससँगै रचनात्मक समाजको विकास गर्न सधैं लागिपरेका छन् ।
तर, केही महिना यता बुद्ध जन्मेको देशमा बौद्ध विद्यालयको रूपमा स्थापित गुम्बाहरूका विरुद्धमा केही सञ्चार माध्यमहरू लागिपरेको देखिएको छ भने अर्कोतिर बुद्धको अनुयायी भिक्षु-भिक्षुणीलाई प्रहरीले अनावश्यक दुःख पनि दिँदै आएको छ । बौद्ध धर्मसँग असम्बन्धित केही व्यक्तिहरूले बौद्ध गुम्बाहरूको विरुद्ध भ्रामक, तथ्यहीन वक्तव्य दिने र त्यसैको आसपासमा रहेर राष्ट्रिय अनुसन्धान विभागले पनि झुटो, आधारहीन रिर्पोट तयार गरी गृह मन्त्रालयलाई बुझाउने अनि त्यसलाई पत्रिका मार्फत प्रकाशित गर्ने जस्ता अति निन्दनीय कार्य गराएको छ । बौद्ध गुम्बाहरूलाई अति संवेदनशील, संवेदनशील र अनुगमन गर्नुपर्ने सूचीमा सूचीकृत गरी यी गुम्बाहरूमा हातहतियार भण्डारण गर्ने गरेको र ‘स्वतन्त्र तिब्बतको गतिविधि’ समेत सञ्चालन गरेको भन्ने मिथ्या र भ्रामक आरोप लगाइरहेका छन् । नेपालमा राजनीतिक परिवर्तनका साथसाथै बौद्ध धर्मलाई दमन गर्ने नीति पनि बदलिरहन्छ । राज्य पक्षको बौद्धहरूलाई हेर्ने दृष्टिकोणमा पटक्कै बद्लाव आएको छैन । नेपालका भिक्षु-भिक्षुणीहरूलाई आङ्खनो धार्मिक वस्त्र लगाएर हिँड्डुल गर्नमा समेत रोक लगाउने प्रयास भएको छ । यस सम्बन्धमा पहिले पनि प्रेस विज्ञप्ति र ज्ञापनपत्रमा नेपालका बौद्ध गुम्बाहरूलाई ’तिब्बत गतिविधि’सँग जोडेर बौद्ध धर्मलाई सखाप पार्ने षड्यन्त्र नगर्न अनुरोध गरिएको थियो ।

कपिलवस्तु दिवसमा मेरो दिन चर्या


१ डिसेम्बर २००९ आजको दिनलाई मैले आफ्नो नियमित कामधन्दालाई एकातिर पन्छाएर कपिलवस्तु दिवसको प्रचार प्रसारमा सरिक हुनको लागि छुट्याएको थिएँ । औपचारिक रुपमा कार्यक्रम लान नसके पनि मैले केही साथीहरुको सहयोगमा कपिलवस्तु दिवसको लागि तयार गरिएको लोगो र यो दिनको सम्झनामा वितरणको लागि तयार गरिएको लेखहरु, जुन मैले www.worldamity.wordpress.com बाट डाउनलोड गरेको थिएँ, र मैले आफैले तयार गरेको दुई लेख समेत केही प्रति फोटोकपि गरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष प्रेमशान्ति तुलाधर र अन्य गण्यमान्य व्यक्तित्वहरु ( उहाँहरुको नाम सम्झन सकिनं) लाई अनौपचारिक रुपमा हस्तान्तरण गरें । उहाँहरु नेपालभाषा एकेडेमी कीर्तिपुरमा पुस्तक विमोचन कार्यक्रममा पाल्नुभएको थियो र मैले यही मौकाको उपयोग गरेको थिएँ । मैले  केही साथीहरुलाई औपचारिक कार्यक्रम नै आयोजना गर्न सकिन्छ कि भनेर सहयोग पनि मागेको थिएँ केही दिन अगावै । तर साथीहरुबाट भने जस्तो सहयोग पाउन नसकेको कारणले औपचारिक कार्यक्रम गर्ने सपना अधुरै रह्यो । श्रद्धेय रामकुमार श्रेष्ठज्यूबाट पनि ईमेलमा मलाई कुनै औपचारिक कार्यक्रम छ भने कही प्रस्तावित गरिएको छ भने सूचना उपलब्ध गराउन भन्नु भएको थियो
By राज श्रेष्ठ, किर्तिपुर
आजै नेपाल टुरिज्म बोर्डमा आइटिसम्बन्धि वरिष्ठ अधिकृत श्री समिर वज्राचार्यजीलाई पुस्तिका हस्तान्तरण गरेँ । उहाँले केही दिन अगाडि नै थाहा पाउन सकेको भए केही प्रोमोशनल पनि गर्न सकिन्थ्यो कि भन्नुभयो र बोर्डको वेवसाइटमा सामाग्री राख्न कोशिस गर्नेछु भन्नु भयो । केही दिन अघि नै उहाँलाई जानकारी गराउनु पर्ने मौका गुम्न गयो भन्ने लाग्यो । त्यसपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पाठकहरुले पढुन भनेर केही पुस्तिका छोड्ने विचारले म भृकुटीमण्डपतिर लागेँ । आज विहानदेखि फेसबुक अपडेट गर्न नपाएको र झन आजै कपिलवस्तु दिवसमा साथीहरुलाई सामाग्री अपलोड गर्न भ्याइनभ्याइ होला भन्ने विचार लिई ठमेलमा साथी शालिकराम डंगोलकहाँ साइबरमा पसें । फेसबुकमा कपिलवस्तु दिवसलाई विशेष महत्वका साथ सार्थीहरुले पोस्टिङ् गरिरहेको देखेर मनभित्र असीम शान्तिको अनुभव भयो । महिनौं अगाडिदेखि श्रद्धेय रामकुमार सर, कविताराम सर लगायत अन्य साथीहरुबाट अथक रुपमा गरिएको प्रयासले लाग्यो कपिलवस्तु साँचिक्कै सजीव भएर उठेको छ र आफ्नो अस्तित्व यस संसारमा पुनः प्रमाणित भएको यो दिनमा सयकडौं नेपाली आत्माहरुको अभिवादन स्वीकार्दै यो हिमालय फेदीमा अजर अमर भएर स्थापित भएको छ । अपूर्व सन्तुष्टीको अनुभव गर्दै केही पोस्टिङ् मैले पनि गरेँ । समय बितेको पत्तै नपाइने २ घण्टा भन्दा बढी फेसबुक ब्लग मै हराइरहेँ ।

कपिलवस्तु: प्रकाश मुनिको अँध्यारो

(सन्दर्भःकपिलवस्तु दिवस)
By लक्ष्मण पुरी
मोतिपुर–४, कपिलवस्तु ।
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल अन्तर्गत रहेको कपिलवस्तु जिल्ला भगवान गौतम बुद्धको जन्मस्थलको रुपमा रहेको तथ्य विदितै छ । इशापूर्व ५६३ मा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट तत्कालिन शाक्य गणराज्य (आजको कपिलवस्तु)मा सिद्दार्थ गौतमको जन्म भएको थियो । जसले गर्दा पनि यसले ठूलो ऐतिहासिक महत्व बोकेको छ ।
नेपालको कूल क्षेत्रफलको १७३८ वर्ग मि. मा फैलिएको यस जिल्लाको पूर्व तर्फ रुपन्देही, उत्तर तर्फ अर्घाखाँची, पश्चिम तर्फ दाङ र भारतको उत्तर प्रदेश तथा दक्षिण तर्फ भारतको उत्तर प्रदेश रहेको छ । सन् २००१ को जनगणना अनुसार करिब ४ लाख ८१ हजार रहेको छ । मधेसी समुदायको बाहुल्य रहेता पनि यहाँ मिश्रित बसोबास रहिआएको छ । करिब १९.४ प्रतिशत मुसलमान, १२.६ प्रतिशत थारु समुदाय, ९.२ प्रतिशत यादव समुदाय तथा करिब ८.४ प्रतिशत पहाडी ब्राम्हणहरुको मुख्य बसोबास रहेपनि अन्य विविध जातजातिको समेत बसोबास रहदैं आएको छ । अवधि, भोजपुरी, थारु एवं नेपाली मुख्य भाषा रहेको यस क्षेत्रको कृषि नै प्रमुख पेशा रहदैं आएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग प्रत्यक्ष जोडिएको भएपनि मानव विकास प्रतिवेदन अनुसार यो जिल्ला जीवनस्तरका रुपमा निकै दयनीय र पिछडिएको अवस्थामा रहेको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत “लुम्बिनी” अन्तर्गतको यस ऐतिहासिक जिल्लाको जीवनस्तरलाई विश्लेषण गर्दा गौतम बुद्धको प्रकाश मुनिको अँध्यारोका रुपमा चित्रित गर्न सकिन्छ ।
इस्वी सन् १८९६ डिसेम्बर १ तारिखका दिन एकजना जर्मन आर्कियोलोजिस्ट डा. एन्टोन फुहररले सर्वप्रथम अशोक स्तम्भ पत्ता लगाई बुद्धको जन्मस्थल कपिलवस्तु भएको दावी गरेको र आजसम्म पनि सोही स्तम्भ नै प्रमाणको रुपमा रहेकाले डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

कलमकर्मी र संचारकर्मीहरुमा बिशेष अनुरोध

(सन्दर्भ: कपिलबस्तु दिबस)
By रामकुमार श्रेष्ठ
आज समय यसो निकालेर फेसबुक सर्सर्ती यात्रा गरें कपिलबस्तु दिबसको हालखबर बुझ्न । केही साथीहरु खुब भिडेको देखें, मेरा केही बिदेशी मित्रहरु नेपाली मित्रहरुभन्दा बढी लागेको देखेर खुशी र दु:ख एकै साथ लाग्यो । खुशी यस अर्थमा कि केही बिदेशी साथीहरु हाम्रो कार्यक्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर सोधी सोधी आ-आफ्ना साथीहरुलाई समेत यस कार्यक्रममा सहभागी बनाउन तल्लिन छन अनि दु:ख यस अर्थमा कि कतिपय नेपाली मित्रहरु यस किसिमको कार्यक्रमलाई महत्वहीन ठानी रहेछन । यत्ति गर्दैमा के लछारपाटो लगाउन सकिन्छ र भन्ने मानसिकतामा होलान शायद अथबा फेसबुकको आफ्नो दैनिक दिनचर्या जसरी चलिरहेछ त्यस्मा ब्यबधान किन ल्याउने भन्ने सोंचमा होलान । जे होस समुद्रको अस्तित्वको आधार भनेकै पानीको थोपा थोपा हो भन्ने कुरालाई राम्ररी सबैले बुझिदिए समस्या समस्याको रुपमा रहन सक्तैन थियो  ।

सन्दर्भ: कपिलवस्तु दिवस (१ डिसेम्बर २००९ )

By राज श्रेष्ठ, कीर्तिपुर
संसारभर अध्ययन र विभिन्न कामको सिलसिलामा विदेश पुगेका नेपालीहरुले आपुनो मातृभूमिलाई चिनाउन सक्दो योगदान दिने गरेकाछन् । नेपाललाई विश्व सामु परिचित गर्दा उनीहरुले मूलतः आपुनो देशलाई भगवान् गौतम वुद्ध जन्मेको देश र संसारको सबैभन्दा उच्च पर्वत सगरमाथाको देश भनेर परिचय दिने गरेकाछन् । तर उनीहरु त्यतिबेला अचम्भित र दुःखी हुन्छन् जुनबेला विदेशी साथीहरुले भगवान् वुद्ध त भारतमा जन्मेका हुन् भनेर आपुूहरुले पढने गरेको सुनाउँछन् । निश्चय पनि करीब २५५० वर्ष अगाडि यस उपमहाद्विपमा थुप्रै स्वतन्त्र गणराज्यहरुको अस्तित्व थियो । तर आधुनिक राजनीतिक सिमाङ्कनबाट भगवान् गौतम वुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तु नेपालको सिमा भित्र रहेको पुष्टि भइसक्दा पनि अन्तरराष्ट्रिय जगतमा धेरै विदेशीहरुलाई यी पवित्रस्थलहरु भारतीय भूमि भित्र पर्छन भन्ने भ्रम रहन गएको छ । यसै भ्रमलाई निवारण गर्न विदेशमा रहेका नेपाली देशभक्तहरुको एक समूहले भगवान् वुद्धको जन्मस्थल कपिलवस्तुलाई संसारभर चिनाउन र उहाँका मानवतावादी शान्ति सन्देशलाई विश्वभर फैलाउन १ डिसेम्बर २००९ का दिनलाई अन्तरराष्ट्रिय कपिलवस्तु दिवसको रुपमा मनाउने निर्णय गरेकाछन् ।
१ डिसेम्बर १८९६ का दिन जर्मन पुरातत्वविद् डा।फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गरेका थिए । पत्ता लगाइएको अशोक स्तम्भमा भगवान् वुद्धको जन्म यही लुम्बिनीग्राममा भएको हो भनेर उल्लेख गरिएको छ । अशोक स्तम्भ पत्ता लागेको सो दिनको सम्झनामा विदेशस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना गरिने भएको छ भने नेपालमा पनि स्थानीय स्तरमा कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमलाई सफल बनाउन र अधिक भन्दा अधिक सहभागिता बढाउन प्रचार प्रसारमा अत्याधुनिक प्रविधि इन्टरनेटको प्रयोग व्यापक रुपमा गरिएको छ । एउटै सामाजिक साजाल फेसबुकमा आवद्ध फेसबुक प्रयोगकर्ता माझ कार्यक्रमले व्यापकता पाएको छ । भगवान् वुद्धसँग सम्बन्धित सामाग्रीहरु कपिलवस्तुसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक तथ्यहरु र १ डिसेम्बर २००९ का दिन मनाइने अन्तरराष्ट्रिय कपिलवस्तु दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरु र सो दिवसलाई सफल बनाउन भए गरेका प्रयासहरु इन्टरनेटका सामाजिक साजाल फेसबुक ट्विटर ब्लग वेवसाइटहरुमा प्रशस्तै राखिएका छन् । उदाहरणको लागि धधध।धयचमिबुष्तथ।धयचमउचभकक।अयु हेर्न हुन ।
सन् २०११ लाई नेपालले पर्यटन वर्षको रुपमा मनाउने सन्दर्भमा समेत विदेशस्थित राजदूतावास मार्पुत कपिलवस्तु दिवसको रुपमा कार्यक्रम संचालनले विदेशी पर्यटक माझ कपिलवस्तु भ्रमणलाई प्रोत्साहन गर्न योगदान दिनेछ भन्ने विश्वास गर्न सकिन्छ । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आपुनो स्तरबाट सक्दो सहयोग गर्न हुन र जुनसुकै किसिमबाट भएपनि सहभागिता जनाउन हुन सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका देशभक्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आव्हान गर्दछौं ।