Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Thursday, February 23, 2012

Vote for “NEPAL”


Posted by Ram Kumar Shrestha on February 23, 2012
This is the time to show your love for your country..!!
Vote for “NEPAL”..
click the link and vote to Nepal….http://www.pothiq.com/country/info/nepal Nepal leading
Popular Country – Nepal
Please vote for Nepal. Help rank this country higher in Popular Country ranking.

Wednesday, February 22, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पर्यटन प्रबर्द्धन समूह र संचार समूह गठन


Posted by Ram Kumar Shrestha on February 22, 2012
भारतले झन्डै असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्ब पक्षीय मौनता दर्शाएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जति सकिन्छ त्यो रुपमा अन्तरराष्ट्रिय कार्यक्रम गर्ने अभिप्रायले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान  विस्व कार्य समिति गठन गरी सेप्टेम्बर १६, २०१० मा दुई जना थपी बिस्व कार्य समितिलाई २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइएको छ । यसै बीच दुई बरिस्ठ कलाकार महामहिम प्रेम राजा महत र मनोज गजुरेललाई सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ ।
अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
त्यसरी नै अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ । 
अभियानको लुम्बिनी पर्यटन प्रबर्द्धन समूह रुपक राज आचार्यको मूल संयोजकत्वमा गठन गरिएको छ । यस्का संयोजकहरुमा सुमन कुमार सिग्देल, हरिबोल सत्याल, सुशिल केसी, केशब मणि पाठक, राजन पोखरेल, सुमन श्रेष्ठ, मीना पाण्डे र निलेश अधिकारी हुनुहुन्छ । त्यसरी नै ऐक्यबद्धताका महाप्रबन्धक निलकण्ठ तिवारीको मूल संयोजकत्वमा संचार समूह गठन गरिएको छ । यस्का संयोजकहरुमा नेपाल १ टिभिका क्रन्दन चापागाईं, माउण्टेन टिभिका गणेश पाण्डे, मूल प्रबाहका बलराम थापा, उज्यालो एफएमकी मीना पाण्डे (एफएम संयोजक), शिवराज गौतम ( अन्तरराष्ट्रिय संचार संयोजक), बासु सत्याल (एभेन्यूज), नेपाल टिभिका सरोज ओझा, एबिसी टिभिका निर्मल अर्याल, हिमालयन टाइम्सका सुरेन्द्र सुबेदी, नेपाल प्रिस्ठभूमिका देबेन्द्र खापुङ, नयाँ पत्रिकाका सुमन सिग्देल, लाइट अफ एशियाका म्रिगेन्द्र बिक्रम थापा र नमस्ते एफ एमका सुमन श्रेष्ठ हुनुहुन्छ ।

Tuesday, February 21, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको थप तीन देशमा राष्ट्रिय समिति गठन


Posted by Ram Kumar Shrestha on February 21, 2012
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।
कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ

Monday, February 13, 2012

अभियानको नयाँ स्लोगान


Posted by Ram Kumar Shrestha on February 13, 2012
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं

Wednesday, February 8, 2012

Buddhism in the West


Posted by Ram Kumar Shrestha on February 8, 2012
By Kishore Sherchand (ksherchand@yahoo.com)
The religion of the future will be a cosmic religion. It should transcend personal God and avoid dogma and theology. Covering both the natural and the spiritual, it should be based on a religious sense arising from the experience of all things natural and spiritual as a meaningful unity. Buddhism answers this description. If there is any religion that could cope with modern scientific needs it would be Buddhism. ~Albert Einstein

Many in Nepal, my country of birth, have basic understanding of Buddhism.  I came to the US in 1979 and then again in 2006. I have tried to study how Buddhism is practiced in the US. I found people practicing Buddhism with great enthusiasm as compared to my fellow Nepalese back home. I have been more than a little disappointed with this observation in the past. Also, I put some sort of uncomfortable questions when we don’t dare to adore some of Buddha’s teachings.  The major reason for this subdued approach toward Buddhism has been the action of erstwhile rulers of Nepal, who tried to effectively banish Buddhism by expelling everyone who practiced Buddhism; and who threatened Buddhist monks and nuns with the choice of disrobing or leave the country.
Buddha’s ideas were based on his observation of human behavior starting with his experience when he ventured outside his palace and saw an old man, a sick man, and a dead man. Buddha taught that any human being can attain Buddhahood provided he or she follows the Eightfold Paths which are included in the Four Noble Truths. His teachings of the Four Noble Truths which included the Eight Fold Path are:
1.     There is suffering in the world.
2.     Suffering occurs because of too great an attachment to one’s desires.
3.     By eliminating the cause-attachment-you can eliminate suffering.
4.     There is a method to eliminating the cause, called the Eightfold Path, a guide to “right” behavior and thoughts. The Eightfold Path is a moral compass leading to a life of wisdom (right views, right intent), virtue (right speech, conduct, livelihood), and mental discipline (effort, mindfulness, concentration).

Saturday, February 4, 2012

कोरियामा मनोज गजुरेलको बिषयबस्तु भारतले गरेको बुद्धको जन्मस्थलबारे भ्रम


Posted by Ram Kumar Shrestha on February 4, 2012
 नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
सोल -दक्षिण कोरिया, माघ १५ –  कोरियाली नयाँ वर्ष -सलनाल) को दिन यहाँ सर्वाधिक चिसो हुन्छ । परदेश पसेका नेपालीहरू भने भेटघाट र आत्मीयताको तातोमा रमाइरहेका छन् । जब गत शनिबार कोरियाली सञ्चारमाध्यमहरूले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरू गाउँ र्फकदै छन् भनेर ट्राफिक जामसहितको समाचार प्रसारण गरिरहेका थिए, दशैताका काठमाडौं रित्तो भएजस्तै सोलमा पनि देखियो । यही मौकालाई नेपालीले भने आफ्नै देशका कला, संस्कृति र गीतसंगीतको मज्जा लिने अवसरका रूपमा सदुपयोग गरे । तुङदेमुन र यङदम्फोजस्ता क्षेत्र त मिनी नेपाल नै बने ।
आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसो तापक्रम भए पनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीको भीड त्यतिकै थियो । तिनै नेपालीहरू कोरियाली नयाँ वर्ष सलनालको दुईदिने बिदामा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूमा दुःख, पीडा भुलेर नाचिरहेका थिए, हाँसिरहेका थिए ।

Monday, January 16, 2012

कपिलवस्तु दिवस अभियान नेपाल समितिमा सल्लाहकार थप

Posted by Ram Kumar Shrestha on November 20, 2011
३० कार्तिक पिमबहाल, ललितपुर: आज भएको एक कार्यक्रममा कपिलवस्तु दिवस अभियान नेपाल राष्ट्रिय समितिका लागि एक जना सल्लाहकारको रुपमा धर्म बहादुर शाक्यलाई थप गर्ने निर्णय गरिएको छ । स्मरण रहोस माघ ८ २०६७ का दिन काठमाण्डौंमा अभियानको नेपाल रास्ट्रिय समिति गठन गर्दा निम्न ब्यक्तिहरुलाई सल्लाहकारमा राखिएको थियो:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यकार
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

Posted by Ram Kumar Shrestha on November 30, 2011
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।

THIRD LUMBINI-KAPILVASTU DAY NEPAL PROGRAM BY SCHOOLS

Posted by Ram Kumar Shrestha on December 1, 2011

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन्। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, राजनीतिक दल, सम्पूर्ण धर्मावलम्बी, बुद्धिजीवीलाई एकताको सन्देशसहित शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न आह्‍वान गरे।
बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष दाहालले लुम्बिनी विकासको गुरुयोजनाको जुन प्रयत्न भएको छ, त्यो आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।
लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुनलाई भेटेर विश्वव्यापीरुपमा सो अभियानलाई अगाडि लैजान सकारात्मक र उत्साहप्रद ढङ्गले कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ छिट्टै नेपाल आउने कार्यक्रम रहेकाले पनि यसको महत्व विश्वव्यापीरुपमा स्थापित भएको बताए। शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन शान्ति प्रक्रियाकै प्रमुख पक्ष भएको नाताले आफ्नो पार्टी हदैसम्मको त्याग गर्न तयार रहेको उनले बताए।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको अभिन्दनको सन्दर्भमा अध्यक्ष दाहालले सम्मान आफूलाई गरिएको सम्मानभन्दा पनि नेपाली जनताको शान्तिको चाहना, गौतम बुद्धको शान्तिको सन्देश बिस्वभरि छर्ने र आँफैलाई भन्दा एउटा नयाँ भारी बोकाएको सन्देशको रुपमा बुझेको बताउनु भयो । 
कार्यक्रममा रक्षा राज्यमन्त्री रामवच्चन यादवले लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केन्द्रिय सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले विभिन्न देशहरुमा

तेश्रो लुम्बिनी–कपिलवस्तु दिवसका अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाण्डौं, मंसिर १५ : तेश्रो लुम्बिनी–कपिलवस्तु दिवस (डिसेम्बर १) का अवसरमा लुम्बिनी–कपिलवस्तु अभियानका तर्फबाट काठमाण्डौमा आयोजना गरिएको बिशेष कार्यक्रमको दोश्रो सत्रको रुपमा एउटा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरियो । कार्यक्रमको पहिलो सत्र पूर्व प्रधानमन्त्री, लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु, बुद्धिजिबी, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, पर्यटन ब्यबसायीहरु, बिभिन्न स्कूलका बिद्यार्थीहरु र शिक्षाकहरुको उपस्थिति थियो ।
उक्त गोस्ठीमा कपिलवस्तु क्षेत्र नं. १ का सभासद् एवं पूर्व पर्यटन तथा संस्कृति मन्त्री दीपकुमार उपाध्याय, क्षेत्र नं. ५ का सभासद् अभिषेक प्रताप शाह, पूर्व मन्त्री एवं नेकपा एमालेका नेता हिरण्यलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, स्कुल÷कलेजका विद्यार्थी शिक्षक प्रतिनिधि, बुद्धिजीबि, अभियानका बिभिन्न देशका प्रतिनिधिहरु, नेपाल प्रतिनिधिहरु र पर्यवेक्षक रहनु भएको थियो । उक्त अवसरमा इतिहास तथा सम्पदा विषयमा गोरखापत्रका पूर्व सम्पादक एवं बौद्ध संस्कृतिविद् केदार शाक्य, मिडिया तथा प्रचार प्रसार सम्बन्धमा वरिष्ठ पत्रकार एवं एक्यवद्धता मासिकका सम्पादक नीलकण्ठ तिवारी, अन्तर्राष्ट्रिय अवस्थाका सम्बन्धमा विदेश प्रतिनिधिहरुका तर्फबाट डा. हरि कुमार श्रेष्ठ, सांस्कृतिक अवस्थाका बारेमा हास्य कलाकार मनोज गजुरेल एवं स्थानीयवासीका तर्फबाट दुर्गा अर्यालले तयार पार्नुभएको कार्यपत्रलाई निलेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा श्री दीपकुमार उपाध्यायले अति महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

क्यानाडामा तेस्रो लुम्बिनी-कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 3, 2011
अशोक खड्का, टोरोन्टो, क्यानाडा २८ नोभेम्बर – क्यानडाको मिसासागा, टोरोन्टोमा लुम्बिनी-कपिलबस्तु दिवस अभियान क्यानडा राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। अपरान्ह २ बजे केन्द्रीय पुस्तकालयको हलमा शुरु भएको कार्यक्रम पाँच बजेसम्म चलेको थियो। कार्यक्रमको संचालन लुम्बिनी-कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति सदस्य गोबिन्द सिवाकोटीले गर्नु भएको थियो भने अर्का सदस्य आङवरु शेर्पाले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।
अभियानका विश्व समिति सदस्य तथा क्यानाडा संयोजक चन्द्र राइले कार्यक्रमको औचित्व र अभियानबारे प्रकाश पार्दै, “हामी देश विदेशमा रहेका नेपालीहरु विभिन्न समुदाय, सामुदायिक संजाल बनाएर सामुदायिक सेवा र गतिबिधीमा मात्र लागेका हुन्छौं, तर हाम्रो सिंगै देश, राष्ट्रियता, पहिचान, इज्जत र राष्ट्रिय समृद्धिको महत्वपूर्ण कर्तब्य भुलिरहेका हुन्छौं। यसो भनिरहदा गैह्र आबासीय नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल (एन.आर.एन) मा राष्ट्रियता, राष्ट्रिय सार्बभौमसत्ताको सबालमा थोरै पनि एजेन्डा नआउँदा हामी हाम्रा आफ्नै बाध्यता र ब्यस्तताको बाबजुद पनि माटोको ऋणको निम्ति यस पबित्र अभियानमा छौ” भन्दै सबैलाई एकजुट हन आब्हान गर्नु भयो।

“लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तर्कृयाका साथ सिडनीमा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 13, 2011
सानु घिमिरे, ११ डिसेम्बर, सिडनी, अस्ट्रेलिया: गौतम बुद्धको जन्मस्थल लुम्बिनी – कपिलबस्तुको प्रचार र प्रबर्द्धनको लागि लुम्बिनि-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रम गरी मानाइएको छ । कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार र प्रबर्द्धनको लागि एनआरएनको सहभागीताको सम्बन्धमा ब्यापक छलफल भयो ।
लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिले सिड्नीको क्यान्टेबरिमा आयोजना गरेको “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रममा बिदेशमा रहेका कुटनैतिक नियोगहरु र नेपाली ब्यबसायीहरुले आफ्नो कार्यालयमा लुम्बिनीको प्रबर्द्धन गर्ने खालको पोस्टर , बिलबोर्ड तथा सोवेनियर राख्नु पर्ने सुझाब दिईएकोछ ।
त्यस्तै व्यक्तिगत संचारमा पनि आफ्नो देशको पहिचान बोकेको कपिलबस्तु लुम्बिनीको बारेमा चर्चा गर्ने, बिदेशमा तथा नेपालमै पनि बिद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने निकायहरुमा गौतम बुद्धको जन्म स्थलबारे भएका गलत जानकारी सच्याउन पैरबी गर्ने , अस्ट्रेलियामा २०१२ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको क्षेत्रीय सम्मेलनमा लुम्बिनी, कपिलबस्तुको प्रबर्द्धनको बारेमा एउटा सेसन आयोजना गर्न आग्रह गर्ने, बिभिन्न चाड पर्बको अबसरहरुमा यो अभियानको तर्फबाट बिभिन्न कुटनीतिक निकायहरुमा लुम्बिनीको प्रबर्ध्दन गर्ने वाक्य तथा तस्विरहरु राखेर शुभकामना आदान प्रदान गर्न आग्रह गर्ने जस्ता सुझाबहरु कार्यक्रममा सहभागीहरुबाट आएका थिए । यसै गरि अस्ट्रेलियामा बिभिन्न समयमा शहरमा हुने गरेका वृत्तचित्र प्रदर्शनका स्थलहरुमा लुम्बिनीको वृत्तचित्र प्रस्तुत गर्ने, लुम्बिनी प्रबर्द्धनको बारेमा रेडियो जिंगल तयार गरि स्थानीय रेडियोहरुमा प्रसारण गर्न अनुरोध गर्ने, समाजिक संजालहरूमा “लुम्बिनी ,नेपाल, बुद्धको जन्मस्थल हो” भन्ने भन्ने आशय झल्कने किसिमका बिभिन्न पोस्टहरु राख्ने, नेपाल सरकारलाई लुम्बिनीलाई नेपालको प्रमुख पर्यटकीय बिन्दुको रुपमा राख्न आग्रह गर्ने, नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा कम्तिमा सन् २०१२ भरि हरेक ब्यानरको छेउमा “बुद्ध वाज बोर्न इन नेपाल” भनेर लेख्न आग्रह गर्ने,बुद्धको सानो मुर्तिमा “भिजिट नेपाल, बर्थ प्लेस अफ बुद्ध ” भनिएको अथवा त्यस्तै आशय झल्कने सामग्री लेखी बिदेशी कुतैनिक नियोगहरुमा उपहार दिने, अंग्रेजी र नेपाली मिडियाहरुमा लुम्बिनी -कपिलबस्तु सम्बन्धि एउटा कोलम छुट्याएर हरेक प्रकाशनमा यससम्बन्धि सामाग्री राख्न आग्रह गर्ने लगायतका सुझाबहरु सहभागीहरुबाट प्राप्त भएका छन ।
सोही कार्यक्रममा लुम्बिनी कपिलबस्तु प्रबर्द्धन गर्ने स्टिकरहरु आ- आफ्ना गाडीहरुमा राखेर यसको प्रचार -प्रसार गर्ने अभियानलाई तिब्रता दिनु पर्ने पनि बताइएको छ ।

अभियानका अस्ट्रेलियाका रास्ट्रीय संयोजक निमा शेर्पाले अध्यक्षयता गर्नु भएको सो कार्यक्रममा एनआरएन आइसीसीका सल्लाहकार समाजसेवी इन्द्रा बनले लुम्बिनी – कपिलबस्तु दिवस अभियानको बिशुद्ध भावनाको प्रशंशा गर्दै यसलाई एनआरएन अन्तरास्ट्रिय समन्वय समिति तथा अस्ट्रेलियाको मुख्य मुद्धामा पार्न पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।