Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, June 19, 2010

वेलायतमा २५५४ औं वुद्ध जयन्ती भब्यताका साथ संपन्न

वेलायत । बिसिसी युकेको संयोजकत्वमा मे २७ तारिखका दिन २५५४ औं वुद्ध जयन्ती मिचेट क्याम्बर्लीमा धुमधामका साथ मनाइयो । कार्यक्रममा थाइलैण्ड, जापान, श्रीलंकाका भिक्षुहरु समेत आउनु भएका थिए । कार्यक्रमको शुरुवात लामा गुरुहरुद्धारा पूजा पाठबाट शुरु गरिएको थियो र आयोजित सो कार्यक्रममा उपस्थित भक्तजनहरुले फूल प्रसाद अर्पण गरी भगवान वुद्धको पुजा गरेका थिए । कार्यक्रममा अधिकांश बक्ताहरुले आजको अशान्त बिस्व परिबेशमा बुद्धको सन्देश फैलाउन सकिएको खण्डमा यस्ले बिस्व शान्तिमा उल्लेख्य भूमिका निर्बाह गर्न सक्ने, आफैभित्र कसरी आनन्दानुभूति प्राप्त गर्न सकिने, वुद्ध जयन्तीको महत्व प्रकाश पार्ने र शान्तिका प्रतिमूर्ति बुद्धको प्रसिद्धिबाट लालायितद्धारा सत्यका पर्यायबाची बुद्धमाथि झूटको खेती गर्ने जुन काम भएको छ सत्यको रक्षाकै लागि सो भ्रम निस्तेज पारिनु पर्ने कुराहरुमा जोड दिइएको थियो ।

पेरिसमा बुद्ध जयन्ती

२५५४ औं बुद्ध जयन्तीका दिन फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडिबाट नेपालीहरुले शान्ति र्‍याली गरे। हात हातमा बुद्धका  वाणी र सन्देश अंकित प्लेकार्ड र बुद्धका  फोटाहरु लिएर र्‍याली गरियो । नेपाली दुतावास पेरिसको सहयोग र समर्थनमा नेपाली एकता समाज, फ्रान्सले यो र्‍याली आयोजना गरेको हो । विश्वभरिका पर्यटकहरुको आइफल टावर हेर्न भिड लाग्ने हुनाले यहाँबाट बुद्धका अहिंसाका सन्देशहरु एकै पटक विश्वभरि फैलाउनका लागि यो ठाउँ रोजिएको आयोजकहरुको भनाई थियो ।
फ्रान्सेली पत्रकार पियरले कर्यक्रमबारे चासो राखेपछि आयोजकका सहभागीहरुले नेपाल र फ्रान्सको सद्भावकालागि नेपालीले फ्रान्सेली झण्डा बोक्छन्, तिमीले पनि बोक नेपाली झण्डा भन्नासाथ नेपाली झण्डा बोक्न कस्सिए । बिदेशमा नेपाली झण्डाको झन मान र शान अनि पहिचान बिछट्टै हुने गर्छ ।
बुद्धका अहिंसाका सन्देश र वाणीहरु आकर्षक तरिकाले तयार पारेका थिए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठले । कार्यक्रममा दूतावासका सबै कर्मचारी खटिएका थिए ।
पेरिसको भूमिगत रेलवे सेवाका ढोकामा बसेर एकता समाजले बुद्ध जयन्तीबारे जानकारी भएका पम्प्लेटहरु बाँडेको थियो ।

सिड्नीमा बुद्ध जयन्ती – नक्कली कपिलबस्तुको ब्यापक बिरोध

सानु घिमिरे, सिड्नी । २५५४ औं बुद्धजयन्ती सिड्नीमा भब्यताका साथ मनाइयो । गत शनिबार बुद्ध तदर्थ समिती सिड्नी आयोजनामा संपन्न भएको कार्यक्रममा गौतम बुद्धको उपदेश, प्रेम, अंहिसा, करुणा र शांतीको बारेमा ब्यापक चर्चा भयो ।
बिपस्यना ध्यानबाट शुभारम्भ गरिएको कार्यक्रममा डा. नाबांग साम्प्तेन र हिसी न्याम्न्गेलले पबित्र बुद्ध मंत्रोच्चारण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्स, ऑस्ट्रेलियाका लागी नेपाली महाबाणिज्यदूत महामहिम दीपक खड्काले आजको अशांत समयमा बुद्धको सन्देशलाई ब्यबहारमा लागू गर्न सके मात्र शांतीको अपेक्षा गर्न सकिने बताउनु भयो । उहाँले बुद्ध  जन्मेको देशमा जन्मेको नागरिक भनेर मात्र होइन बुद्धको सन्देशहरु ब्यबहारमा उतार्ने नागरिक भएर बिश्व समुदाय माझ चिनिनका लागि सबैलाई आव्हान गर्नु भयो । साथै उहाँले भारतले दक्षिण भारतमा बनाउदै गरेको नक्कली कपिलबस्तुलाई बुद्धको नाममा भारतले गरेको ब्यापारको संज्ञा दिदै त्यसलाई रोक्नको लागि अनुरोध गर्नु भयो ।

नेपाली आवाजले कपिलबस्तु दिवस अभियान बिषयमा गरिएको कुराकानी

कपिलबस्तु दिवस बिस्व कार्य समितिका सदस्य (अस्ट्रेलिया) सुजन न्यौपानेसंग नेपाली आवाजले कपिलबस्तु दिवस अभियान बिषयमा गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होस ।

मलेशियामा बुद्ध जयन्ती भब्य रुपमा संपन्न

क्वालालम्पुर – यहाँस्थित बौद्ध धर्मावलम्बीहरुको संस्थाको आयोजनामा २५५४ औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न भयो । शुक्रबार बिहान क्वालालम्पुर ब्रेकफिल्डस्थित बुद्ध मन्दिरमा एक बृहत समारोहबीच मलेसियाका प्रधान मन्त्री दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रमिती दातीन रोशमा मनसोरको उपस्थितीमा समुदघाटित सो समारोहमा नेपाल लगायत दर्जनौं देशले सहभागिता जनाएका थिए । मलेसियाका तेस्रो प्रधानमन्त्री नाजिव तुन राजाकले एक मलेसियाको नारामा सबै बाँधिन र विभिन्न धर्म र जातिहरु एक्यवद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण धर्मवालम्वी जातजाति र संघ-संस्थाको सहयोग पाएर नै यस्तो समारोहमा उपस्थिती हुन पाएको कुरामा खुशी व्याक्त गर्नुभयो । उहाँको उपस्थितीलाई प्रवेशद्धारबाट विभिन्न देशका झ्याकी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।

Interview with Ujyalo 90 Network FM Radio about KDM

To listen to the interview with Ujyalo 90 Network FM Radio about Kapilvastu Day Movement click here

भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न

नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (NCSBC) को आयोजना र नेपाली कल्चरल हेरिटेज फाउण्डेशनका सचिव ऋषि बस्ताकोटीको विशेष सकृयतामा भेनक्युवरमा मे ३१ तारीखका दिन २५५४ औं बुद्ध जयन्ती मनाईयो। सोही दिन नेपाली कल्चरल हेरिटेज फाउण्डेशनले भेनक्युवरका सुकुम्वासीहरुलाई खाना खुवाने कार्यक्रम गरेको थियो। भेनक्युवरवाट प्रसारित हुने रेडियो हिमालले बुद्ध र लुम्बिनी सम्बन्धि विशेष कार्यक्रम प्रसारण गरेको थियो जुन http://radiohimal.com/content/saturday-may-29-2010-radio-himal-audio मा सुन्न सकिन्छ।

जापानमा वुद्ध जयन्ती संपन्न

जापानमा नेवा इण्टरनेशनल फोरुम जापान, NEFIN र तमुधिं जापानको आयोजनामा २५५४ औं बुद्ध जयन्ती तीन पटकसम्म मनाइयो ।  NIFJ र NEFIN ले कार्यक्रम मन्दिरमा आयोजना गरेकोले लामाहरुबाट पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो ।  तमुधिं जापानले भने कार्यक्रम हलमा आयोजना गरेको थियो र उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियानका जापान संयोजक ओम गुरुङले  कपिल बस्तु अभियान, बुद्ध र लुम्बिनिको बारेमा तयार गरिएको १४ मिनेटको भिडिओ प्रिजेन्टेसन गर्नु भएको थियो जस्को अधिकांश सहभागीहरुले प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती उल्लेख्य थियो ।

कपिलवस्तु दिवस अभियान: किन, कसरी र कता?‏

By रामकुमार श्रेष्ठ

पृष्ठभूमि:
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा  रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्‍टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्‍टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ ।

राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान

By हरि नेपाली [1]
केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा  पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन ।

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।

Buddhist Insights for Accepting and Respecting Our Emotions

By Dzogchen Ponlop Rinpoche [1]
You would certainly recognize your signature on a piece of paper, but do you know your own emotional signature? We all have one. It’s our predictable way of reacting to situations. Your friends probably recognize your emotional signature better than you do. When you get into a fight with your partner, for example, they can predict just how it will go. They know if you’re likely to slam a door, storm out of the house, or call your mother. They know if you’ll be processing the argument for days or immediately shut down and clam up. How do they know so much? They know because they’ve seen it all before. Our behavior may seem spontaneous to us, but to those who know us, we’re not too surprising.
Why don’t we pay more attention to understanding our own patterns? We may have a solid financial plan worked out that will buy us a house and pay for our kids’ college and our retirement, but we don’t give much thought to getting the most benefit out of one of the most precious resources for happiness — our emotions. Often, we just leave it to chance.

Two Buddhist Truths for the Class of 2010

By Barun Soni
I was excited to be able to address Lafayette College’s Class of 2010 on the topic of “Awakening the Buddha Within.” This very well might be the first time in Lafayette’s history that the Baccalaureate Sermon was rendered from a Buddhist perspective, so I was thankful for this unique opportunity.
The Baccalaureate Sermon has a long and proud tradition at Lafayette College. On June 16th, 1895, the Reverend Dr. John Balcom Shaw of the West End Presbyterian Church in New York delivered the Baccalaureate Sermon to graduating students there.
He asked the students, “Would you plan for yourselves a great career? Is it your desire to begin a noble life-work?” In order to do this, he advised the graduating students to: “Know Thyself!”

चीनमा भेटियो शाक्यमुनि बुद्धको हड्डी

ekantipur
ध्रुव पौडेल
चीन, अषाढ ४ –  चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको

भर्ती केन्द्र नबनोस्

ekantipur
माधव ढुंगाना
चार वर्षका निम्ति लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा राजनीतिक नियुक्ति पाएका राजेन्द्र थापाले चार महिनामै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनुपर्‍यो । कारण हो, सरकारको फेरबदल भएपछि नयाँ आएका संस्कृतिमन्त्रीले उक्त पदमा आफ्नो नजिकको व्यक्तिलाई राख्न खोज्नु । कोषका उपाध्यक्ष कर्मा साङ्वो पनि सर्वोच्च अदालतकै शरण लिन बाध्य भए ।
थापा र साङ्वो मात्रै होइन, सरकार परिवर्तन हुनासाथ कोषको महत्त्वपूर्ण पदमा रहेका पदाधिकारी हटाई मन्त्रीले आफ्ना नजिकको कार्यकर्ता राख्ने परिपाटीको यस अगाडि पनि धेरै पदाधिकारी सिकार भए ।