Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, January 26, 2013

सौरवले ईयूमा चिनाए गौतम बुद्ध र सगरमाथालाई


Saurabh
बेल्जियम - विश्व साईकलयात्री सौर दाहालले बेल्जियम स्थित यूरोपियन यूनियनका प्रतिनिधिसँग भेट गरेका छन् । उनले यूनियनका एसिया विभाग निर्देशक मारिआ कास्तिलो फेर्नान्डेज र उपनिर्देशक रिन्से तिरिङ्क सँग भेट गरि "सगरमाथा नेपालमा पर्छ, गौतम बुद्ध नेपालमा जन्मिएका हुन" भन्ने जानकारी गराउँदै सगरमाथाको फोटो र बुद्धनेपालमा जन्मिएको लुम्बिनीको पोस्टर उपहार स्वरुप प्रदान गरे ।
 Saurabh2

भेटको क्रममा उनीहरुले दाहालको अभियानको प्रशंसा गर्दै वातावरण संरक्षणको लागि ईयुले नेपालको सुदुर पश्चिममा हालै दश मिलियन लागतको ईयू नविकरणीय उर्जाको परियोजना सम्पन्न गरेको समेत जानकारी गराए । नेपाली दूतावास बेल्जियमले भेटको यो अवसर मिलाईदिएको थियो ।


दूतावासका दिप्तिय सचिव लक्ष्मण खनाल सँगै दाहाल ईयू कार्यलय पुगेका थिए । उनले यस भन्दा अगाडी उनले जेनेभास्थित राष्ट्रसंघको कार्यालयको साथै यूरोपियन देशहरु अष्ट्रिया, स्विजरल्याण्ड, जर्मन, फ्रान्स र लक्जेम्वरका विभिन्न निकायका उच्च व्यक्तिसँग भेट गरि बुद्ध बारे प्रचार गरेका थिए । उनले प्रचार अभियानमा थुप्रै स्थानीयहरुलाई पनि भेटेका छन् 


भेटका क्रममा बुद्ध भन्ने बित्तिकै कतिपयले दलाई लामा र तिब्बत भनेर चिन्ने, सगरमाथा भन्ने बित्तिकै चीन भनेर चिन्ने गरेको बताउँदै कतिपयले त नेपाल भन्ने बित्तिकै ईटालीको नाप्लेस/नापोली (Naples/Napoli) सहरलाई समेत बुझ्ने गरेको आफ्नो अनुभव सुनाए ।

साइकलको किलोमिटर बढाउनु भन्दा पनि नेपाल चिनाउनु आफ्नो उद्देश्य रहेको जानकारी गराउँदै दाहालले प्रवासमा स्थापित संगठन एनआरएनले आफ्नो सेमिनार वा गोष्ठीमा लाग्ने रकम कटौती गरेर भए पनि बि.बि.सी तथा सी.एन.एन जस्ता विश्वकै सशक्त संचारमाध्यमबाट सगरमाथा रबुद्धको जन्मस्थल सम्न्धि रहेको भ्रमलाई चिर्दै नेपालको प्रकृतिक सुन्दरताको बारेमा जानकारी गराउन सकेमा पर्यटकीय किसिमले पनि नेपालको प्रवर्दनमा टेवा पुग्ने बताउँछन् । उनी गत अगस्त १ तारिख देखि नै यूरोप यात्रामा छन् । यो उनको ५५ औं भ्रमण राष्ट्र हो।

No comments: