Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Friday, March 9, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अभिनन्दनले प्रचन्डलाई जिम्मेवारी थपिएको महसूस

Posted by Ram Kumar Shrestha on December 2, 2011
काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रकृया मौलिक ढङ्गले अगाडि बढेको चर्चा गर्दै २१औं शताब्दीमा संविधान सभाबाटै संविधान बनाउने पहिलो देश नेपाल हुने बताएका छन्। लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्वारा आयोजित बिहीबार तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उनले सबै विचार, राजनीतिक दल, सम्पूर्ण धर्मावलम्बी, बुद्धिजीवीलाई एकताको सन्देशसहित शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न आह्‍वान गरे।
बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका अध्यक्ष दाहालले लुम्बिनी विकासको गुरुयोजनाको जुन प्रयत्न भएको छ, त्यो आफैंमा नेपाल र नेपालीका निम्ति केही गर्ने उद्धेस्यसंग जोडिएको छ भने।
लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुनलाई भेटेर विश्वव्यापीरुपमा सो अभियानलाई अगाडि लैजान सकारात्मक र उत्साहप्रद ढङ्गले कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले उहाँ छिट्टै नेपाल आउने कार्यक्रम रहेकाले पनि यसको महत्व विश्वव्यापीरुपमा स्थापित भएको बताए। शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन शान्ति प्रक्रियाकै प्रमुख पक्ष भएको नाताले आफ्नो पार्टी हदैसम्मको त्याग गर्न तयार रहेको उनले बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको अभिन्दनको सन्दर्भमा अध्यक्ष दाहालले सम्मान आफूलाई गरिएको सम्मानभन्दा पनि नेपाली जनताको शान्तिको चाहना, गौतम बुद्धको शान्तिको सन्देश बिस्वभरि छर्ने र आँफैलाई भन्दा एउटा नयाँ भारी बोकाएको सन्देशको रुपमा बुझेको बताउनु भयो । 
कार्यक्रममा रक्षा राज्यमन्त्री रामवच्चन यादवले लुम्बिनीको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केन्द्रिय सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पूर्व मन्त्री राजेन्द्र श्रेष्ठले विभिन्न देशहरुमा बुद्धकोजन्मस्थलको बारेमा विवाद हुनु नेपालका लागि दुर्भाग्य रहेको बताए। भारतमा नेपालको लुम्बिनीजस्तै बनाएर विवाद खडा गरेको उल्लेख गर्दै यो कुरामा हामीले सतर्कताका साथ अगाडि बढ्नुपर्ने र हरेक देशको पाठ्यपुस्तक, सङ्ग्रहालय, पत्रपत्रिकामा बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार गर्नु जरुरी छ भने।
बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका सदस्य मीनेन्द्र रिजालले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालको हो भनेर कहीँ कतै विवाद नभएको बताउँदै हामी आफैँले विवाद गर्नु उपयुक्त हुँदैन भने। उनले गुरु योजना बिना लुम्बिनीको विकास गर्न खोजियो भने बिग्रन सक्नेतर्फ सचेत भई कार्य थालनी गर्न पहिलो विस्तृत गुरुयोजना बनाउनेतर्फ लागेको बताए।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक ई रामकुमार श्रेष्ठले भारतद्धारा नक्कली कपिलबस्तु निर्माण कार्य अन्तिम चरणमा पुग्दा समेत कतैबाट आवाज नउठेका कारण नागरिकीय कर्तब्य बोधका कारण बिभिन्न देशमा रहेका नेपालीहरुको पहलकदमीमा जे जति सकिन्छ गर्दै जाने अठोटले गर्दा अभियानको जन्म हुन गएको बताउँदै बिभिन्न अन्तरराष्ट्रिय उदाहरणहरु पेश गरेर बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले विस्वब्यापी रुप लिएको दावी गरे । अभियान शुरु गरेपस्चात बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले लिएको विस्वब्यापी

Lumbini-Kapilvastu Day Movement Global Committee

Posted by Ram Kumar Shrestha on December 2, 2011
Latest Update:
As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Lumbini-Kapilvastu Day (before Kapilvastu Day) as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Lumbini-Kapilvastu Day every year.
Originally, on December 1, 1896, Dr Anton Führer, a German archaeologist, had discovered the Buddha’s birthplace when he found the Asoka Pillar at Lumbini.  Even though this site was first discovered by Khadga Shamsher Rana before Führer had reached the site but Führer is credited for this discovery as he brought it into light and made it known to the international community.
The Asoka Pillar is the most important evidence that Buddha was born in Lumbini. Therefore, it was decided to observe December 1 as Lumbini-Kapilavastu Day. The historic Kapilavastu, located close to Lumbini, is considered to be another holy pilgrimage for the Buddhists since it was the place where the Buddha grew up and which he later renounced seeking to understand the cause of human sufferings. The result of years of excavations and researches by numerous national and international teams has been that Tilaurakot is the historic Kapilvastu which UNESCO should certify as another World Heritage, next to Lumbini.

THIRD LUMBINI-KAPILVASTU DAY NEPAL PROGRAM BY SCHOOLS

Posted by Ram Kumar Shrestha on December 1, 2011

नेपालमा आयोजित तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रममा अभियानका बिस्व संयोजकद्धारा दिइएको सन्देशको पूर्ण विवरण

Posted by Ram Kumar Shrestha on December 1, 2011
सभाका सभा नायकज्यू, पहिला स्वत: स्फूर्त रुपमा र अहिले मन्त्री परिषदको निर्णयनुसार प्राप्त जिम्मेवारीका कारण लुम्बिनीको बिकासमा लागि पर्नु हुने यस कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचन्डज्यू, माननीय मन्त्री लोकेन्द्र बिष्टज्यू, माननीय मन्त्री सुष्मा शर्माज्यू, पूर्व मन्त्रीज्यूहरु, सांसदज्यूहरु, महामहिम बाणिज्य महादूत एब यस अभियानका सांस्कृतिक दूत प्रेम राजा महतज्यू, बिभिन्न संघ सस्थाबाट तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस कार्यक्रमलाई सफल पार्न पाल्नु हुने प्रतिनिधिज्यूहरु, दाजु भाई तथा दिदी बहिनीहरु

कपिलवस्तु दिवस अभियानको नाम परिवर्तन

Posted by Ram Kumar Shrestha on November 30, 2011
२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर पत्रिकामा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” शिर्षकमा सो निर्माण कार्य सन २०१२ मा सम्पन्न गर्ने गरी करीब अन्तिम अबस्थामा पुगेको समाचार प्रकाशित हुँदासम्म बुद्ध जन्मनु भएको देशका तर्फबाट भने कुनै पनि किसिमको  आवाज नउठेकोले बिभिन्न देशमा छरिएर रहेका नेपाली बीच यसरी मौन बस्न नहुने ठहर गरी “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा जे जसरी हुन्छ मनाएर आवाज उठाइनु पर्ने सहमति भए अनुरुप उपयुक्त दिन खोज्ने क्रममा अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण नै अशोक स्तम्भ हो । नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मनु भएको प्रमाण विस्व सामू सार्वजनिक गरिएको सो दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना

Posted by Ram Kumar Shrestha on November 30, 2011

China eager to bring train service to Lumbini

Posted by Ram Kumar Shrestha on November 29, 2011
Republica
Deputy Prime Minister and Foreign Minister Narayankaji Shrestha is back after wrapping up his week-long visit to China in the wake of Chinese Premier Wen Jiabao´s impending visit to Nepal in mid-December. OurSpecial Correspondent Purna Basnet met Shrestha in Hong Kong on his way back to Kathmandu. Excerpts:
How did your first China visit as a foreign minister go?
After becoming foreign minister, I have been to UN General Assembly, India and SAARC summit under the leadership of prime minister. This is the first formal foreign visit under my leadership and it has been very fruitful. We held cordial discussions on all aspects of bilateral relations and I am confident that we will see positive results soon.
What would such positive results be?
Nepal-China friendship should not be seen as just another neighborly relation. It holds great significance. We could convince China to expand financial help to Nepal which was one of the two major agendas of my visit. China is likely to announce an increment in its annual grant to Nepal during the Chinese premier´s visit in December. We have also sought a one-time special grant at a time when we are approaching the final stage of the peace process and constitution drafting.
Did you have any discussion on reducing the massive trade deficit with China?
We had serious discussion on increasing bilateral trade and reducing the trade deficit. We have not been able to capitalize on the duty waiver offered by China on export of around 400 goods. Therefore, this time we urged China to provide waiver on those goods that we can export. They have asked us to provide a list of such items.
How keen are the Chinese investing in Nepal?
We have reached agreements on investing Chinese grant on building north-south roads, especially the Kimathangka-Biratnagar, Hilsa-Simikot and Jomsom-Beni roads. Similarly we have agreed to conduct a survey for the rail link between Kathmandu and Tatopani via Kerung. China has agreed to give priority to the rail link.

बुद्ध जन्मस्थलबारे दिग्भ्रम निस्तेज पार्न स्वाभिमानको नयाँ ईतिहास आरम्भ गरौं

Posted by Ram Kumar Shrestha on November 27, 2011

अन्तर्राष्ट्रिय मञ्चमा गौतम बुद्धको कथा

Posted by Ram Kumar Shrestha on November 25, 2011
शंकर खरेल
बनारस (भारत), मंसिर ७ – संसारको विकास शान्तिबाट मात्र सम्भवछ । जहाँ शान्ति छैन त्यहाँ विकास छैन अनि चैन पनि छैन । यो संसारलाई उजाड बनाउने हो भने हिंसा काफी छ । अब मान्छेले शान्ति रोज्ने हो की हिंसा पछि दगुर्ने ?
दरवारीया शौखमा हुर्किएका सिद्धार्थ गौतम कसरी सांसारिक सुख छाडेर विश्वलाई शान्तिको सन्देश दिन सफल भए ? उनैलाई पात्र बनाएर देखाइएको नाटक ‘बुद्धम शरण्म गच्छामी’ ले दिएको सन्देश यहि हो । सम्राट अशोकलाई हिंसाबाट शान्तिको बाटोमा ल्याउँदा होस या भृकुटीले चीनमा गएर बुद्धको यहि सन्देश प्रचार गरेका दृश्य हुन, सटीक प्रस्तुतीलाई दर्शकले खुबै सराहना गरे ।
भारत दिल्लीबाट सहभागि ‘दिल्लीका किस्सा’ नाटकका निर्देशक इरसद अलाम खुबीले भने-’शान्तिबाहेक अर्को विकल्प छैन, विषयलाई गहिराईमा पुर्‍याएर नयाँ कलाकारद्धारा अभिनय गराइएको नाटकले मन छोयो ।’

Saturday, March 3, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा बिभिन्न राजदूतहरुको नियुक्ति


Posted by Ram Kumar Shrestha on March 4, 2012
भारतले करीब असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्बपक्षीय मौनता दर्शाइएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान  विस्व कार्य समिति गठन गरेर सेप्टेम्बर १६, २०१० मा दुई जना थपी २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुका प्रतिष्ठित ब्यक्तित्वहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी आठ जनाको सल्लाहकार मण्डल पनि बनाइएको छ । सार्कको सल्लाहकारमा गोरखापत्रका पूर्व सम्पादक एबं लुम्बिनी-बुद्ध विस्वबिद्यालयका पूर्व रजिस्टार केदार शाक्य हुनुहुन्छ ।
बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको र त्यस्तो निर्णयका कारण यस क्षेत्रको बिकासको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याइ अन्तत्वगत्वा नेपालको बिकासमा नै सहयोग पुर्याउने मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको रुपमा मनाउने निर्णय गरिएको हो ।
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द जोडनका लागि आएका धेरै सुझाबहरुलाई ध्यानमा राखेर अभियानले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रचन्ड प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणापस्चात सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
ब्यापक जन दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने लन्डनस्थित ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ । यसरी अभियान शुरु गरेपस्चात बुद्ध जन्मस्थलबारेको दिग्भ्रमले लिएको यस किसिमका विस्वब्यापी समस्याबारे जानकारी गराइंदा समेत राज्यका महत्वपूर्ण अंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरी यथार्थताबोधको अभावमा यो अभियानको औचित्य नै नभएको भ्रममा अझै पनि धेरै नेपाली रहनु पनि अभियानको उद्धेस्य प्राप्तीमा कठीनाइ भएको महसूस गरिएको छ ।

Another Pressure to British Museum on Buddha’s Birthplace Issue


Posted by Ram Kumar Shrestha on March 3, 2012
Let’s give another pressure to British Museum. Please click here to go to the relevant link
British Museum on 4th of November, 2011 at 3:46 pm wrote on its Facebook page:
“In light of recent comments about the Buddha’s birthplace, we would like to reassure you that the Museum does not state that the Buddha was born in India. We state that the Buddha was born into a small kingdom that flourished in north-eastern India in about 500 BC. The kingdom covered a reasonably wide area in the northern plains, along with several others of the time. When the Buddha’s mother was expecting, the family decided that she should proceed north to the hills to give birth. This she did, but gave birth along the way, in Lumbini at foot of the Himalayas. The site of Lumbini is in Nepal about 20 miles from the modern border with the Republic of India. If you are aware of an instance where the incorrect information is written or posted please let us know where so we can look into it. You are welcome to leave comments about this subject on the main wall but please note that comments about this subject on unrelated posts will be deleted as they are off topic. Please see further information about commenting in the info

Wednesday, February 29, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियान टोलीको लुम्बिनी क्षेत्र भ्रमण परिणामहरु


Posted by Ram Kumar Shrestha on February 29, 2012
Posting the banner in Gate no 6 of Lumbini garden
Update on 1st of March, 2012
फाल्गुण १८ काठमाण्डौको गोकर्ण स्थित स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल सहयोगी उच्च मा.वि.मा खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनीबाट शुरु गरिएको यस अभियानलाई राजधानीका अन्य विद्यालयमा समेत निरन्तरता दिइनेछ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले करीब २ महिना अघिदेखि पत्रकार, शिक्षक, बिद्यार्थी, पर्यटन ब्यबसायी सहितको ३७ जनाको टोली लिएर आफ्नै खर्चमा बिभिन्न किसिमका कार्यक्रम गरी सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी कपिलवस्तु देवदह र राम ग्राम गएर प्रवद्धर्न कार्य गर्न जुटेको थियो । छोटो समयमा धेरै कार्यक्रम गर्ने अभिप्रायले टोलीलाई आबस्यक पर्ने गाडिको माग पर्यटन मन्त्रालय समक्ष राख्यो । त्यताबाट लुम्बिनी विकास कोषले सजिलो गाडि देला भन्ने संकेत भयो । तर त्यताबाट पनि गाडि उपलव्ध नहुने कुरा मन्त्रिबाटै ज्ञात भयो । यो अभियान लुम्बिनी भ्रमण वर्ष १२ लाई सघाउने हेतुसाथ आयोजना भएको थियो । यस सहयात्रामा सरकार साथ रहन सक्दैन भने पनि अभियान आफ्नै हिसाबमा सरकारलाई छाडेर अघि बढ्नेछ भनेर वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्री प्रचन्डको प्रमुख आतिथ्यमा भएको तेस्रो लुम्बिनी-कपिलवस्तु दिवसको उद्घाटन सभामा डिसेम्बर १ को दिन नेपाल पर्यटन बोर्डको हलमा घोषणा गरिए अनुरुप साधनको कमीको कारण तयार भएर रहेका ३७ जनाबाट १५ जनाको टोली लिएर तीन दिनको कार्यक्रम बनाएर त्यसतर्फ लाग्यो । छोटो समयमा धेरै काम गर्न टोली ३ समूहमा विभाजित गरियो । समूह १ मा अभियानका नेपाल संयोजक लक्ष्मण पुरीको साथमा पत्रकार र पर्यटन सम्बद्ध ब्यक्तिहरु निलेश अधिकारी (पर्यटन दूत), प्रकाश पाठक, रुपक आचार्य, मीना पाण्डे, राजेश तिमिल्सिना र अरु २ जना हुनुहुन्थो । यो समूहको प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन र डकुमेन्ट्रीको लागि छायांकन । समूह २ मा अभियानका शिक्षक दुत श्री कुमार श्रेष्ठ र अभियानका तीन विद्यार्थीहरु दुतहरु किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत) र कलेज स्टुडेन्ट अम्बेसडर सविता भट्ट हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो स्थानीय स्कूल, स्काउट, तथा पर्यावरणसम्बद्ध सहकार्य गर्न व्यवस्थापन गर्ने । समूह ३ मा अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, सारक सल्लाहकार केदार शाक्य र नेपाल सल्लाहकार गुह्यरत्न शाक्य हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन तथा संगठन विस्तार ।

Saturday, February 25, 2012

LUMBINI REBORN, NEPAL REBORN, BUDDHA REBORN


Posted by Ram Kumar Shrestha on February 25, 2012
[Lumbini-Kapilvastu Day Movement does not endorse the opinions of the author.]
NEPAL: THE NEW RAINBOW NATION?
By Gabriel Lafitte
Among Tibetans and their supporters worldwide, Nepal evokes dread. The news out of Nepal is invariably bad. The 20,000 Tibetan refugees in settlements are prisoners, unable to move freely, unable to obtain certification of their refugee status, unable to find employment or get an education, stigmatized and excluded. They may not publicly vote, protest or even hold religious celebrations of the birthdays of their most revered lamas.
China’s power over Nepal extends to equipping and financing the armed forces to patrol the border with Tibet, to apprehend Tibetans using the only route of escape. China’s ability to get the Nepali army to do its security work is aided by the willingness of Nepali politicians to be seduced by the largesse of China’s aid program, no strings attached, no accountability auditing of where the money went. From the outside, it seems that Nepal, riven by revolution, is agreed on only one thing, right across the spectrum, from Maoists to royalists: no-one likes the Tibetans.

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पहलमा सरकारलाई विद्याथीहरुबाट खाजा रकमबाट जनही १ रु चन्दा अभियान


Posted by Ram Kumar Shrestha on February 24, 2012
नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी, कपिलवस्तु, देवदह र राम ग्राम गएर प्रवर्द्धन कार्य गर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियान १५ जनाको टोली लिएर फागुन ११ गते त्यसतर्फ प्रस्थान गर्‍यो । भ्रमण दलमा अभियानका केन्द्रिय सल्लाहकार डा कबिताराम श्रेष्ठ, गोरखापत्रका पूर्व संपादक एबं संस्कृत विस्व बिद्यालयका पूर्व रजिस्टार र अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल सल्लाहकार गुह्यरत्न शाक्य, अभियानका पर्यटन, स्कूल स्काउट, कलेज विद्यार्थी, ग्रीन र शिक्षक राजदूतहरु क्रमश: निलेश अधिकारी, किशोर कुइंकेल, सबिता भट्ट, अल्फा श्रेष्ठ र श्रीकुमार श्रेष्ठ, अभियानका बिस्व कार्य समितिका नेपाल संयोजक लक्ष्मण पुरी, पत्रकारहरु सुमन श्रेष्ठ, सुमन केसी, मीना पाण्डे  आदि हुनुहुन्छ । थोरै समयमा धेरै कार्यक्रमहरु गर्न पन्ध्र जनाको टोलीलाई तीन समूहमा बिभाजन गरी तीन दिनसम्म लुम्बिनी वर्ष ०१२ लाई सघाउ पुर्याउन बिभिन्न किसिमले कार्य गर्दैछन । यो कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस अभियानको विश्व समितिका लागि नेपाल राष्ट्रिय समिति, जिल्ला समिति र स्थानीय  समितिले संयुक्त रुपमा अयोजना गरे