Posted by Ram Kumar Shrestha on November 30, 2011
ब्यापक जन दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि गुगल र वर्षेनी विश्वभरका करिव ६०लाख पर्यटकले अवलोकन गर्ने लन्डनस्थित
ब्रिटिश संग्रहालयले पनि वुद्धलाई भारतीय परिचय दिएको, लाखौंबुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तैसम्मानित मानिने रिङपोछेद्धारा समेत विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइनपत्रिका हफिङ्टन पोस्टमा बुद्धबारे भ्रामक जानकारी सहित लेखहरु प्रकाशित गरिएको, मासिक संसारभरिका११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जालपिबिएसले “द बुद्ध” फिल्ममा उहाँलाई भारती परिचय दिएको, थुप्रै देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमानभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोताजाकारीया जस्ता ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती भनिएको जस्ता यथार्तताले बुद्ध जन्मस्थलबारेसिर्जित दिग्भ्रम विस्वब्यापी समस्या बनिसकेको प्रमाणित हुन्छ । यसरी अभियान शुरु गरेपस्चात बुद्धजन्मस्थलबारेको दिग्भ्रमले लिएको विस्वब्यापी समस्याबारे जानकारी हुँदै गयो, तर राज्यका महत्वपूर्णअंगहरुबाट समेत यस्तो संबेदनशील बिषय प्राथमिकतामा नपर्नाले कैयौं नेपाली युनेस्कोले समेत लुम्बिनीलाईविस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरीयथार्थताबोधको अभावमा यो अभियानको औचित्य नै नभएको भ्रममा अझै पनि धेरै नेपाली रहनु पनिअभियानको उद्धेस्य प्राप्तीमा कठीनाइ भएको महसूस गरिएको छ ।
संयुक्त राष्ट्र संघलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत बुद्धको जन्मभूमिलुम्बिनीको बिकासको लागि अन्तराष्ट्रिय सहयोग र सदभाब र अन्तराष्ट्रिय समितिको यथाशीघ्र पुन: सकृयताकोलागि गरिएको आह्वानपस्चात ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिकमहत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायकोध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउने निर्णय गरी बैठकले रुपन्देही, कपिलबस्तु रनवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोसंयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डको नेतृत्वमा गएकोनेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्तराष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता सु-समाचारहरुले गर्दा अभियानले आफ्ना उद्धेस्य प्राप्तीधेरै सहज हुन सक्ने महसूस गरेको छ । यसरी लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मकसंकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभचिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले नाम परिवर्तन गर्ने निर्णय गरेको छयद्यपि नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापकरुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोकोविस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । तसर्थकपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिको निर्णयानुसार तेश्रो कपिलवस्तु दिवसको आजको पावनदिनदेखि यो अभियानको नाम ”लुम्बिनी-कपिलवस्तु दिवस अभियान” हुने जानकारी गराइन्छ ।
रामकुमार श्रेष्ठ
बिस्व संयोजक
लुम्बिनी-कपिलवस्तु दिवस अभियान
बिस्व संयोजक
लुम्बिनी-कपिलवस्तु दिवस अभियान
Published Links:
No comments:
Post a Comment