लुम्बिनीको शान्तिदीप चीनको साङ्घाईमा भइरहेको वल्र्ड एक्स्पोमा प्रदर्शनका लागि लैजाने क्रममा लुम्बिनीबाट बिहीबार दीप प्रज्ज्वलनका अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला । तस्बिरः लक्ष्मण पौडेल/गोरखापत्र
(Source : http://www.gorkhapatra.org.np/)
भैरहवा, भदौ ३ गते । चीनको साङ्घाईमा सञ्चालन भइरहेको साङ्घाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा प्रदर्शनका लागि लुम्बिनीमा अवस्थित विश्व शान्तिदीपलाई बिहीबार विशेष कार्यक्रम आयोजना गरी र्यालीका साथ त्यसतर्फ लगिएको छ ।
गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्छ भनी विश्वव्यापी रूपमा प्रचारप्रसारका लागि गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्व शान्तिदीप चीनको साङ्घाईतर्फ लगिएको हो । साङ्घाई एक्स्पोमा नेपाल पेभेलियनको आयोजक इम्प्िलमेन्टिङ एक्सपर्ट गु्रप -आईआईजी)ले शान्तिदीपलाई त्यहाँ लग्ने व्यवस्था मिलाएको हो । बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट शान्तिदीपलाई विशेष प्रकारले बनाइएको पानसमा प्रज्ज्वलित गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले शुभारम्भ गर्नुभयो ।
लुम्बिनीमा बिहीबार बिहान विश्व शान्तिदीप रहेको ठाउँबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कोइराला, चीनलगायत विभिन्न मुलुकका भिक्षुभिक्षुणीहरूले शान्तिदीप प्रज्ज्वलित गरी मायादेवी मन्दिर परिसरमा लगिएको थियो ।
शान्तिदीप प्रज्ज्वलित गर्दै मन्त्री कोइरालाले यसले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धको विश्वस्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने बताउनुभयो । शान्तिदीप प्रज्ज्वलितपछि दीपका साथ परराष्ट्रमन्त्री, भिक्षु सङ्घका वरिष्ठ भिक्षुहरू, आयोजक, विभिन्न देशका बौद्ध अनुयायी, चिनियाँ दूतावासका प्रतिनिधि सहभागी बाजागाजासहितको टोली मायादेवी मन्दिर पुगेको थियो । त्यहाँ विशेष पूजाआजा भएको थियो ।