Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, March 13, 2010

विश्वविद्यालयका पुस्तकमा बुद्धबारे भ्रामक कुरा

-  त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ँअ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । अहिले ँसस्पेन्स्सन’मा परेको छ ।
-  त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ँकम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । ँनेपाल’ देशको कतै उल्लेख छैन ।

यी त केही उदाहरण मात्र हुन् । नेपालका विश्वविद्यालयमा पाठ्यपुस्तकका रूपमा रहेका पुस्तकमा यस्ता भ्रामक कुरा धेरै भेट्टाउन सकिन्छ । नेपाली विद्यार्थीले नेपालमै जन्मिएका गौतम बुद्धका बारेमा भ्रामक कुरा पढ्नुपरेको छ । विश्वविद्यालयले पाठ्यपुस्तकका रूपमा राखेका विदेशी लेखकका पुस्तकमा बुद्धका बारेमा भ्रामक कुरा पाइने गरेका हुन् । तर, कसैले पनि वास्तविक कुरा लेख्न भारत सरकार र भारतका बुद्धिजीवीसँग कुनै पहलसमेत गरेको छैन ।
त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यपुस्तकका रूपमा राखेको चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’ मा ‘बुद्ध उत्तरभारतमा जम्मेका हुन्’ भन्ने गलत सूचना राखिएको थियो । गत वर्ष नयाँ पत्रिकामा समाचार प्रकाशित र विद्यार्थीको विरोध भएपछि सो पुस्तक नै पढाउन छाडिएको छ । सो पुस्तक पढाइएको पनि छैन र त्यसको ठाउँमा अर्को नयाँ विषय पनि राखिएको छैन ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यपुस्तकमा पनि बुद्धका बारेमा विद्यार्थीलाई अलमलमा पार्ने कुरा छन् । त्रिविको आमसञ्चार तथा पत्रकारिता विभागले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीलाई अनिवार्य रूपमा पढाउने ‘कम्युनिकेसन फर द डेभलपमेन्ट इन द थर्ड वल्र्ड’ किताबमा पनि बुद्धका विषयमा दोहोरो अर्थ लाग्ने कुरा समेटिएका छन् । पृष्ठ २८८मा रहेको ‘बुद्धिजम एन्ड लिबरेसन’ शीर्षकको पाठमा बुद्धिजमको ‘ओरिजिन’ र ‘बुद्ध लिभ्ड इन एन्सियन्ट नर्थन इन्डिया’ उल्लेख छ ।
सो पुस्तकमा बुद्धिस्ट भएका देशको सूचीमा समेत नेपालको नाम उल्लेख गरिएको छैन । सो पेजको अन्तिम अनुच्छेदमा बुद्धिजमको विभिन्न क्षेत्र समेटिएको छ । विश्वभरि तीन सय मिलियन बुद्धिस्ट बस्छन् । तीनमा पनि मुख्यगरी श्रीलंका म्यानमार, लावस, क्याम्बोडिया, थाइल्यान्ड, चीन, भुटान, मंगोलिया  र जापान उल्लेख छ । तर, नेपालको नाम भने उल्लेख  गरिएको छैन ।
विद्यार्थीले सो विषयमा अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सय पूणर्ांक रहेको छ । सोही विषय पढाउने प्राध्यापक लालदेउसा राईले ‘स्पि्रचुआलिजम थ्योरी’मा जोड दिने भएकाले कमी-कमजोरी थाहा नपाएको बताए ।
अघिल्लो वर्ष नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि त्रिवि केन्द्रीय अंग्रेजी विभागले दोस्रो वर्षको पाठ्यसामग्रीमा भएको बुद्धसम्बन्धी भ्रामक कुरालाई हटाएको थियो । चाल्र्स भान डोरेको ‘अ हिस्ट्री अफ नलेज’मा बुद्धसम्बन्धी आपत्तिजनक कुरा भएको भन्दै पढाउन थालेको दस वर्षपछि सो कुरा हटाएको थियो । सो पुस्तकमा ‘बुद्ध उत्तरभारतमा जन्मेका हुन्’ भन्ने लेखिएको छ ।

अंग्रेजी विषय समितिको अध्यक्षका हैसियतले विभागीय प्रमुख कृष्णचन्द्र शर्माले ‘पूर्ण बैठकबाट अनुमोदन गराउनेगरी’ विस्डम अफ द एन्सिएन्ट शीर्षक पठनपाठन र परीक्षा प्रयोजनका लागि समेत तत्काल लागू हुनेगरी हटाइएको सूचना निकालेका थिए ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले यस्ता भ्रामक कुरा भएका पुस्तक पाठ्यपुस्तकका रूपमा ‘प्रेस्किप्सन’ गर्नु गल्ती भएको बताउँछन् । शिक्षाविद् कोइराला भन्छन्, ‘आफूले नै नपढेको किताब प्रेस्किप्सन गर्नेकै गल्ती हो ।’ बुद्ध, सगरमाथाका बारेमा आउने विवादास्पद कुरामा राजनीतिक रूपमै सशक्त कुरा उठाउनुपर्ने उनको ठहर छ । भन्छन्, ‘बुद्ध जन्मिँदा त्यो कोलीय राज्य थियो, कुन देश भन्ने पत्तो थिएन, अहिले लुम्बीनीमा पर्छ । यसबारे प्रचार-प्रसार धेरै गर्नुपर्छ ।’ बुद्ध उत्तरभारतमा जन्मेका हुन्, बुद्धको बारेमा लेख्दा नेपाल नै उल्लेख नगर्नु भारतीयको बेइमानी रहेको उनको ठहर छ । राष्ट्रवादी, भूगोल, पौराणिक दृष्टिकोणबाट हेर्नुपर्ने उनको धारणा छ ।
त्रिविका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा बुद्धका बारेमा भ्रामक कुरा भएका पुस्तक त्रिविमा पढाइ हुनु गम्भीर त्रुटि भएको बताउँछन् । उपकुलपति शर्मा भन्छन्, ‘यो राम्रो कुरा होइन, त्यस्ता किताब हटाउनुपर्छ ।’ शर्मा पनि यस विषयमा राजनीतिक रूपमा छलफल गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालको सिमाना सुगौली सन्धिपछिको हो, बुद्ध लुम्बीनीमा जन्मेका हुन्, लुम्बीनी नेपालको भूभाग हो । यसलाई राजनीतिक रूपमा भारतसँग छलफल गर्नुपर्छ ।’
Source: Nayapatrika

No comments: