Posted by Ram Kumar Shrestha on February 4, 2012
नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि
भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
सोल -दक्षिण कोरिया, माघ १५ – कोरियाली नयाँ वर्ष -सलनाल) को दिन यहाँ सर्वाधिक चिसो हुन्छ । परदेश पसेका नेपालीहरू भने भेटघाट र आत्मीयताको तातोमा रमाइरहेका छन् । जब गत शनिबार कोरियाली सञ्चारमाध्यमहरूले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरू गाउँ र्फकदै छन् भनेर ट्राफिक जामसहितको समाचार प्रसारण गरिरहेका थिए, दशैताका काठमाडौं रित्तो भएजस्तै सोलमा पनि देखियो । यही मौकालाई नेपालीले भने आफ्नै देशका कला, संस्कृति र गीतसंगीतको मज्जा लिने अवसरका रूपमा सदुपयोग गरे । तुङदेमुन र यङदम्फोजस्ता क्षेत्र त मिनी नेपाल नै बने ।
आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसो तापक्रम भए पनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीको भीड त्यतिकै थियो । तिनै नेपालीहरू कोरियाली नयाँ वर्ष सलनालको दुईदिने बिदामा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूमा दुःख, पीडा भुलेर नाचिरहेका थिए, हाँसिरहेका थिए ।